Josué 24
npioncb (NPIONCB) vs NVT
1 तब यहोशूले इस्राएलका सबै कुलहरूलाई शेकेममा भेला गराए। तिनले इस्राएलका प्रधानहरू, अगुवाहरू, न्यायकर्ताहरू र अधिकृतहरूलाई बोलाए। अनि तिनीहरूले आफैँलाई परमेश्वरको सामु उपस्थित गराए।
1 Então Josué reuniu todas as tribos de Israel em Siquém. Convocou também os líderes, os chefes, os juízes e os oficiais de Israel, e todos vieram e se apresentaram diante de Deus.
2 यहोशूले ती सबै मानिसहरूलाई भने, “याहवेह इस्राएलका परमेश्वर यसो भन्नुहुन्छ: ‘धेरै वर्षअगि अब्राहाम र नाहोरका बुबा तेरह लगायत तिमीहरूका पितापुर्खाहरू यूफ्रेटिस नदीपारि बस्दथे। अनि अरू देवी-देवताहरू पुज्दथे।
2 Josué disse a todo o povo: “Assim diz o S enhor , o Deus de Israel: ‘Muito tempo atrás, seus antepassados, incluindo Terá, pai de Abraão e de Naor, viviam além do rio Eufrates e serviam outros deuses.
3 तर मैले तिमीहरूका पिता अब्राहामलाई त्यस नदी पारिको देशबाट ल्याएँ। अनि कनान देशभरि डोर्याएँ र उसलाई धेरै सन्तानहरू दिएँ। अनि मैले उसलाई इसहाक दिएँ।
3 Mas eu tirei seu antepassado Abraão da terra além do Eufrates e o conduzi à terra de Canaã. Dei-lhe muitos descendentes por meio de seu filho Isaque.
4 इसहाकलाई मैले याकोब र एसाव दिएँ। मैले एसावलाई सेइरको पहाडी देश अधिकार गर्न दिएँ। तर याकोब र उसका छोराहरू तल इजिप्टतिर गए।
4 A Isaque dei Jacó e Esaú. A Esaú dei os montes de Seir como propriedade, mas Jacó e seus filhos desceram para o Egito.
5 “ ‘तब मैले मोशा र हारूनलाई पठाएँ। अनि मैले इजिप्टमा विपत्तिहरू ल्याएर त्यहाँका मानिसहरूलाई कष्ट दिएँ। मैले तिमीहरूलाई बाहिर निकालेर ल्याएँ।
5 “‘Então enviei Moisés e Arão e lancei pragas terríveis sobre o Egito; depois, tirei vocês de lá.
6 जब मैले तिमीहरूका पितापुर्खाहरूलाई इजिप्टबाट बाहिर निकालेर ल्याएँ, तब तिमीहरू लाल समुद्रमा आइपुग्यौ। अनि इजिप्टियनहरूले घोडचढीहरू र रथहरूसहित तिमीहरूलाई समुद्रसम्मै पछ्याए।
6 Quando tirei seus antepassados do Egito e eles chegaram ao mar Vermelho, os egípcios os perseguiram com carros de guerra e cavaleiros.
7 तर तिनीहरूले सहायताको निम्ति याहवेहसँग पुकार गरे। अनि मैले तिमीहरू र इजिप्टियनहरूको बीचमा अन्धकार पारेँ। मैले समुद्रलाई तिनीहरूमाथि घोप्ट्याइदिएँ; र तिनीहरूलाई डुबाइदिएँ। मैले इजिप्टियनहरूलाई गरेका कुरा तिमीहरूले आफ्नै आँखाले देख्यौ। त्यसपछि तिमीहरू उजाडस्थानमा लामो समयसम्म बस्यौ।
7 Seus antepassados clamaram ao S enhor , e eu coloquei escuridão entre os israelitas e os egípcios. Fiz o mar desabar sobre eles e os afoguei. Vocês viram com os próprios olhos o que eu fiz contra os egípcios. Depois, vocês viveram muitos anos no deserto.
8 “ ‘मैले तिमीहरूलाई यर्दनको पूर्वमा बस्ने एमोरीहरूको देशमा ल्याएँ। तिनीहरूले तिमीहरू विरुद्ध युद्ध गरे। तर मैले तिनीहरूलाई तिमीहरूका हातमा सुम्पिदिएँ। मैले तिनीहरूलाई तिमीहरूको सामुबाट नाश गरिदिएँ। अनि तिमीहरूले तिनीहरूको देशमा अधिकार गर्यौ।
8 “‘Por fim, eu os trouxe à terra dos amorreus, a leste do Jordão. Os amorreus lutaram contra vocês, mas eu os destruí diante de vocês. Eu os entreguei em suas mãos, e vocês tomaram posse da terra deles.
9 जब मोआबको राजा सिप्पोरको छोरा बालाकले इस्राएलको विरुद्धमा युद्ध गर्ने तयारी गर्यो, तब त्यसले तिमीहरूलाई सराप्न भनी बओरको छोरा बालामलाई बोलायो।
9 Então Balaque, rei de Moabe e filho de Zipor, declarou guerra contra Israel. Mandou chamar Balaão, filho de Beor, para amaldiçoá-los,
10 तर मैले बालामको कुरा सुनिनँ। यसैकारण त्यसले तिमीहरूलाई बारम्बार आशिष् दियो। अनि मैले तिमीहरूलाई बालकको हातबाट छुटाएँ।
10 mas eu não dei ouvidos a Balaão. Em vez disso, fiz que ele os abençoasse e, desse modo, os livrei de Balaque.
11 “ ‘त्यसपछि तिमीहरू यर्दन पार गरेर यरीहोमा आयौ। अनि यरीहोका मानिसहरूले तिमीहरूको विरुद्धमा युद्ध गरे। तिनीहरूले जस्तै तिमीहरूको विरुद्धमा एमोरीहरू, परिज्जीहरू, कनानीहरू, हित्तीहरू, गिर्गाशीहरू, हिव्वीहरू र यबूसीहरूले पनि युद्ध गरे। तर मैले तिनीहरूलाई तिमीहरूका हातमा सुम्पिदिएँ।
11 “‘Quando vocês atravessaram o Jordão e chegaram a Jericó, os habitantes de Jericó lutaram contra vocês, como fizeram os amorreus, os ferezeus, os cananeus, os hititas, os girgaseus, os heveus e os jebuseus. Mas eu os entreguei nas mãos de vocês.
12 मैले तिमीहरूको अगि-अगि अरिङ्गाल पठाइदिएँ; जसले तिनीहरूलाई र दुई एमोरी राजाहरूलाई पनि तिमीहरूको सामुबाट धपाइदिएँ। त्यो तिमीहरूको आफ्नै तरवार र धनुकाँडले गरेका थिएनौ।
12 Enviei terror adiante de vocês para expulsar os dois reis dos amorreus. Não foram espadas nem arcos que lhes deram a vitória.
13 यसरी मैले तिमीहरूलाई तिमीहरूले परिश्रम नै नगरेको देश र तिमीहरूले नबनाएका सहरहरू दिएँ। अनि तिमीहरू त्यहाँ बस्यौ र तिमीहरूले नरोपेका दाखबारी र जैतुनबारीका फल खाइरहेका छौ।’
13 Eu lhes dei uma terra que vocês não cultivaram, e cidades que não construíram, as cidades onde agora habitam. Eu lhes dei vinhedos e olivais para alimentá-los, embora vocês não os tenham plantado’.
14 “यसकारण अब याहवेहको डर मानेर पूर्ण विश्वासयोग्यतामा उहाँको सेवा गर। तिमीहरूका पितापुर्खाहरूले नदीपारि र इजिप्टमा पुजेका देवी-देवताहरू फ्याँक र याहवेहको सेवा गर।
14 “Portanto, temam o S enhor e sirvam-no de todo o coração. Lancem fora os ídolos que seus antepassados serviam quando viviam além do Eufrates e no Egito. Sirvam somente ao S enhor .
15 तर यदि याहवेहको सेवा गर्न तिमीहरूलाई इच्छा लाग्दैन भने तिमीहरूले कसको सेवा गर्ने हो, नदीपारि तिमीहरूका पितापुर्खाहरूले पुजेका देवी-देवताहरू या तिमीहरू अहिले बसिरहेका एमोरीहरूका ठाउँका देवी-देवताहरू, सो रोज। तर म र मेरो घरानाले चाहिँ याहवेहकै सेवा गर्नेछौँ।”
15 Mas, se vocês se recusarem a servir ao S enhor , escolham hoje a quem servirão. Escolherão servir os deuses aos quais seus antepassados serviam além do Eufrates? Ou os deuses dos amorreus, em cuja terra vocês habitam? Quanto a mim, eu e minha família serviremos ao S enhor ”.
16 तब मानिसहरूले जवाफ दिए, “हामीले याहवेहलाई त्यागेर अरू देवी-देवताहरूको सेवा गर्ने, यस्तो काम हामीबाट कदापि नहोस्!
16 O povo respondeu: “Jamais abandonaríamos o S enhor para servir outros deuses!
17 हामी र हाम्रा पितापुर्खाहरूलाई दासत्वको देश इजिप्टबाट ल्याउनुहुने र हाम्रा आँखाकै सामु ती अलौकिक चिन्हहरू गर्नुहुने याहवेह हाम्रा परमेश्वर आफैँ हुनुहुन्छ। जब हामी ती सबै जातिहरूका बीचबाट भएर आयौँ, तब उहाँले नै हामीलाई हाम्रो यात्राभरि सुरक्षा गर्नुभयो।
17 Pois foi o S enhor , nosso Deus, que nos libertou e a nossos antepassados da escravidão na terra do Egito. Ele realizou grandes milagres diante de nossos olhos. Enquanto andávamos pelo deserto, cercados de inimigos, ele nos protegeu.
18 अनि याहवेहले हाम्रो सामुबाट यस देशमा बस्ने एमोरीहरू लगायत सबै जातिहरूलाई धपाइदिनुभयो। हामी पनि याहवेहकै सेवा गर्नेछौँ; किनकि उहाँ हाम्रा परमेश्वर हुनुहुन्छ।”
18 O S enhor expulsou de diante de nós os amorreus e todas as nações que viviam nesta terra. Portanto, nós também serviremos ao S enhor , pois só ele é o nosso Deus”.
19 यहोशूले मानिसहरूलाई भने, “तिमीहरूले याहवेहको सेवा गर्न सक्दैनौ; किनकि उहाँ पवित्र परमेश्वर हुनुहुन्छ। उहाँ डाह गर्ने परमेश्वर हुनुहुन्छ। उहाँले तिमीहरूका विद्रोह र पापहरू क्षमा गर्नुहुन्न।
19 Então Josué advertiu o povo: “Vocês não são capazes de servir ao S enhor , pois ele é Deus santo e zeloso. Não perdoará sua rebeldia e seus pecados.
20 यदि तिमीहरूले याहवेहलाई त्यागेर विदेशी देवी-देवताहरूलाई सेवा गर्यौ भने उहाँले तिमीहरूमाथि अहिलेसम्म गर्नुभएको भलाइबाट फर्कनुहुनेछ। अनि उहाँले तिमीहरूमाथि विपत्ति ल्याएर तिमीहरूलाई भष्म पारिदिनुहुनेछ।”
20 Se abandonarem o S enhor e servirem outros deuses, ele se voltará contra vocês e os exterminará, apesar de todo o bem que ele lhes fez”.
21 तर मानिसहरूले यहोशूलाई भने, “होइन! हामी याहवेहकै सेवा गर्नेछौँ।”
21 Mas o povo respondeu a Josué: “Não! Nós serviremos ao S enhor !”.
22 तब यहोशूले भने, “तिमीहरूले याहवेहको सेवा गर्न रोजेकोमा तिमीहरू आफैँ आफ्नो विरुद्धमा साक्षी छौ।”
22 “Vocês são testemunhas de sua própria decisão”, disse Josué. “Escolheram servir ao S enhor .” “Sim”, responderam eles. “Somos testemunhas daquilo que dissemos.”
23 यहोशूले भने, “त्यसो भए अब तिमीहरूसँग भएका विदेशी देवी-देवताहरू हटाओ। अनि तिमीहरूका हृदय याहवेह इस्राएलका परमेश्वरतर्फ लगाओ।”
23 “Pois bem”, disse Josué. “Então lancem fora os falsos deuses que estão em seu meio e voltem o coração para o S enhor , o Deus de Israel.”
24 अनि मानिसहरूले यहोशूलाई भने, “हामी याहवेह हाम्रा परमेश्वरकै सेवा गर्नेछौँ; र उहाँकै आज्ञापालन गर्नेछौँ।”
24 O povo disse a Josué: “Serviremos ao S enhor , nosso Deus, e obedeceremos somente a ele!”.
25 त्यस दिन यहोशूले मानिसहरूका निम्ति करार बाँधे। अनि शेकेममा तिनीहरूका निम्ति उर्दी र नियमहरू बनाए।
25 Naquele dia, Josué fez uma aliança com o povo em Siquém e lhes deu decretos e estatutos para obedecerem.
26 अनि यहोशूले ती कुराहरू परमेश्वरको व्यवस्थाको पुस्तकमा लेखे। त्यसपछि तिनले एउटा ठूलो ढुङ्गा लिए। अनि त्यसलाई याहवेहको पवित्र ठाउँको छेउमा फलाँटको रूखमुनि खडा गरे।
26 Josué registrou todas essas coisas no Livro da Lei de Deus. Como lembrança do pacto, pegou uma grande pedra e a ergueu debaixo do carvalho junto ao santuário do S enhor .
27 तिनले सबै मानिसहरूलाई भने, “हेर! यो ढुङ्गा हाम्रो विरुद्धमा साक्षी हुनेछ। याहवेहले हामीलाई भन्नुभएका सबै कुराहरू यसले सुनेको छ। तिमीहरू आफ्ना परमेश्वरप्रति विश्वासयोग्य रहेनौ भने यो तिमीहरूको विरुद्धमा साक्षी हुनेछ।”
27 Josué disse a todo o povo: “Esta pedra ouviu tudo que o S enhor nos disse. Ela será testemunha contra vocês se não cumprirem o que prometeram a Deus”.
28 त्यसपछि यहोशूले प्रत्येक मानिसहरूलाई तिनीहरूका आ-आफ्नै उत्तराधिकारको ठाउँमा पठाइदिए।
28 Então Josué se despediu de todo o povo, e cada um voltou para a terra que havia recebido como herança.
29 यी कुराहरूपछि याहवेहका सेवक, नूनका छोरा यहोशूको एक सय दश वर्षको उमेरमा मृत्यु भयो।
29 Depois de algum tempo, Josué, filho de Num, servo do S enhor , morreu aos 110 anos.
30 अनि तिनीहरूले उनलाई उनको उत्तराधिकारको ठाउँ गाश पर्वतको उत्तरमा भएको एफ्राइमको पहाडी मुलुकमा रहेको तिम्नथ-सेरहमा गाडे।
30 Sepultaram-no na terra que ele havia recebido como herança, em Timnate-Sera, na região montanhosa de Efraim, ao norte do monte Gaás.
31 इस्राएलले यहोशूको र उनीभन्दा धेरै बाँचेका प्रधानहरूका जीवनकालभरि नै याहवेहको सेवा गर्दैरहे जसले इस्राएलका निम्ति याहवेहले गर्नुभएको हरेक कुराहरूको अनुभव गरेका थिए।
31 O povo de Israel serviu ao S enhor durante toda a vida de Josué e das autoridades que morreram depois dele e que sabiam pessoalmente tudo que o S enhor tinha feito por Israel.
32 इस्राएलीहरूले इजिप्टबाट ल्याएका योसेफका हड्डीहरू शेकेमका पिता हामोरका छोराहरूबाट एक सय चाँदीका टुक्राहरूमा याकोबले किनेको जमिन शेकेममा गाडे। त्यो शेकेम योसेफका सन्तानको उत्तराधिकार भयो।
32 Os ossos de José, que os israelitas haviam trazido consigo quando saíram do Egito, foram sepultados em Siquém, no terreno que Jacó havia comprado dos filhos de Hamor por cem peças de prata. Esse terreno ficava dentro do território da herança dos descendentes de José.
33 अनि हारूनका छोरा एलाजारको पनि मृत्यु भयो। तब तिनका छोरा पीनहासलाई दिइएको भाग एफ्राइमको पहाडी मुलुकको गेबामा तिनलाई गाडियो।
33 Eleazar, filho de Arão, também morreu. Foi sepultado na região montanhosa de Efraim, na cidade de Gibeá, que havia sido entregue a seu filho, Fineias.
Atalhos do teclado
- Capítulo anterior←
- Próximo capítulo→
- Versículo anteriork
- Próximo versículoj
- Limpar seleçãoEsc
- Esta ajuda?
Estude este capítulo no WhatsApp
Peça à IA da Bíblia Fala para explicar Josué 24, comparar traduções ou montar um estudo — tudo direto pelo WhatsApp.