1 “ ‘याहवेह घोषणा गर्नुहुन्छ: त्यस बेला यहूदाका राजाहरू र अधिकारीहरू, पुजारीहरू र अगमवक्ताहरूका हड्डीहरू र यरूशलेमका मानिसहरूका हड्डीहरू तिनीहरूका चिहानहरूबाट हटाइनेछन्।
2 तिनीहरूका हड्डीहरू घाम, जुन र आकाशका ताराहरूमुनि फिँजाइनेछन्, जसलाई तिनीहरूले प्रेम गरेका थिए, सेवा गरेका थिए; अनि जसलाई तिनीहरूले पछ्याएका थिए, त्यससँग सल्लाह मागेका थिए र पूजा गरेका थिए। ती हड्डीहरू बटुलिने छैनन्, अथवा गाडिनेछैनन्, तर ती हड्डीहरू जमिनमा जनावरका मलजस्तै फिँजाइनेछन्।
3 म जहाँ-जहाँ तिनीहरूलाई निर्वासनमा पठाउँछु, यस दुष्ट जातिका बाँचेकाहरू सबैले जीवनभन्दा मृत्यु नै रुचाउनेछन्, सेनाहरूका याहवेह घोषणा गर्नुहुन्छ।’
4 “तिनीहरूलाई यो पनि भन्, ‘याहवेह यसो भन्नुहुन्छ:
5 त्यसो भए यी मानिसहरू किन तर्किगएका छन्?
6 मैले ध्यानपूर्वक सुनेको छु,
7 आकाशका सारसले पनि
8 “ ‘तिमीहरूले कसरी भन्न सक्छौ, “हामी बुद्धिमान् छौँ,
9 बुद्धिमान्हरू शर्ममा पर्नेछन्;
10 यसकारण म तिनीहरूका पत्नीहरू अरू मानिसहरूलाई
11 तिनीहरूले मेरा मानिसहरूका घाउहरूमा
12 के तिनीहरू आफ्ना घृणित आचरणहरूप्रति लज्जित छन् र?
13 “ ‘याहवेह घोषणा गर्नुहुन्छ:
14 हामी यहाँ किन चुप लागेर बसिरहेका छौँ?
15 हामीले शान्तिको आशा गरेका थियौँ,
16 दानबाट शत्रुका घोडाहरूका आवाज
17 “हेर, म तिमीहरूका बीचमा विषालु सर्पहरू पठाउनेछु।
18 हे मेरा दुःखमा सान्त्वना दिने,
19 टाढाबाट मेरा मानिसहरूको चिच्याहट,
20 “कटनीको समय बितिसकेको छ;
21 मेरा मानिसहरू चकनाचुर पारिएका छन्; अनि म पनि चकनाचुर भएको छु।
22 के गिलादमा निको पार्ने मलम छैन?