Jeremias 21

NPIONCB

1 याहवेहको यो वचन यर्मियाकहाँ त्यस बेला आयो, जब राजा सिदकियाहले मल्कियाहका छोरा पशहूर र मासेयाहका छोरा पुजारी सपन्याहलाई यर्मियाकहाँ पठाएका थिए। तिनीहरूले भने:

2 “बेबिलोनका राजा नबूकदनेसर हामीलाई आक्रमण गर्न आउँदैछन्; त्यसैले याहवेहसँग हाम्रा निम्ति सोधखोज गरिदिनुहोस्। सायद याहवेहले बितेका समयमा गरेझैँ, हाम्रा निम्ति अद्‌भुत कार्यहरू गर्नुहुनेछ, र नबूकदनेसर हामीबाट फिर्ता जानेछन्।”

3 तर यर्मियाले तिनीहरूलाई जवाफ दिए, “सिदकियाहलाई भन,

4 ‘याहवेह इस्राएलका परमेश्‍वर यसो भन्‍नुहुन्छ: तिमीहरूका हातमा जुन हतियारहरू छन्, जसद्वारा पर्खालबाहिर तिमीहरूलाई घेरा हाल्ने बेबिलोनको राजा र बेबिलोनीहरूको विरुद्धमा तिमीहरू लडाइँ लड्छौ, ती हतियारहरूलाई तिमीहरूकै विरुद्धमा म फर्काउन लागेको छु। अब म तिनीहरूलाई यस सहरभित्र भेला गराउनेछु।

5 मेरो आफ्नै पसारिएको हात र शक्तिशाली पाखुराले भयानक रिस र प्रचण्ड क्रोधमा तिमीहरूको विरुद्धमा लडाइँ गर्नेछु।

6 म यस सहरमा बस्‍नेहरू: के मानिसहरू, के पशुहरू दुवैलाई प्रहार गर्नेछु; अनि तिनीहरू भयानक रूढीले मर्नेछन्।

7 त्यसपछि याहवेह घोषणा गर्नुहुन्छ, यहूदाका राजा सिदकियाह, त्यसका अधिकारीहरू र यस सहरका सबै मानिसहरू, जो विपत्ति, तरवार र अनिकालबाट बाँच्नेछन्, म तिनीहरूलाई बेबिलोनका राजा नबूकदनेसर र तिनीहरूका शत्रुहरूकहाँ सुम्पिदिनेछु। शत्रुहरूले तिनीहरूलाई तरवारले मार्नेछन्। यी मानिसहरूले तिनीहरूलाई कुनै दया, माया र करुणा देखाउनेछैनन्।’

8 “यी मानिसहरूलाई अझै भन्, ‘याहवेह यसो भन्‍नुहुन्छ: हेर, म तिमीहरूका निम्ति जीवनको बाटो र मृत्युको बाटो राख्दैछु।

9 यस सहरमा बस्‍ने सबै तरवार, अनिकाल र विपत्तिद्वारा मर्नेछन्। तर यस सहरबाट बाहिर निस्कने र तिमीहरूलाई घेरेर बसिरहेका बेबिलोनीहरूकहाँ आत्मसमर्पण गर्ने सबै बाँच्नेछन्। तिनीहरू आफ्नो ज्यान जोगाएर भाग्न सक्छन्।

10 मैले यस सहरलाई भलाइ होइन, तर हानि गर्ने निर्णय गरेको छु, याहवेह घोषणा गर्नुहुन्छ। यस सहरलाई बेबिलोनका राजा नबूकदनेसरको हातमा सुम्पिदिनेछु; अनि त्यसले यसलाई आगोले भस्म गर्नेछ।’

11 “यसबाहेक यहूदाको राजकीय घरानालाई यसो भन्, ‘याहवेहको वचन सुन!

12 हे दावीदका घराना, याहवेह तिमीहरूलाई यसो भन्‍नुहुन्छ:

13 हे यरूशलेम, म तेरो विरुद्धमा छु;

14 म तिमीहरूका कामहरूको फलअनुसार तिमीहरूलाई दण्ड दिनेछु,

Ler em outra tradução

Comparar lado a lado