Jeremias 20

NPIONCB

1 जब इम्मेरका छोरा पुजारी पशहूर याहवेहको भवनका मुख्य अधिकारी थिए, तब यर्मियाले यी कुराहरू अगमवाणी गरिरहेका सुने;

2 तिनले अगमवक्ता यर्मियालाई पिटे र ठिँगुरोमा हालेर याहवेहको मन्दिरमा बेन्यामीनको माथिल्‍लो मूलढोकामा राख्न लगाए।

3 भोलिपल्ट बिहान, जब पशहूरले तिनलाई ठिँगुरोबाट निकाले, तब यर्मियाले तिनलाई भने, “याहवेहले तिम्रो नाम पशहूर होइन, तर मागोर-मिसाबीब राख्नुभएको छ।

4 किनकि याहवेह यसो भन्‍नुहुन्छ: ‘म तँलाई तेरै निम्ति र तेरा सबै साथीहरूका निम्ति त्रसित तुल्याउनेछु। तेरा आफ्नै आँखाले तिनीहरूलाई तिनीहरूका शत्रुहरूका तरवारले मारेको देख्नेछस्। म समस्त यहूदालाई बेबिलोनको राजाको हातमा सुम्पिदिनेछु, जसले तिनीहरूलाई बेबिलोनमा लैजानेछन् र तरवारले मार्नेछन्।

5 म यरूशलेम सहरको सबै धनसम्पत्ति तिनीहरूका शत्रुहरूका हातमा सुम्पिदिनेछु, अर्थात् यस सहरका सबै फसल, सहरका सबै बहुमूल्य चीजहरू र यहूदाका राजाहरूका सबै भण्डारहरू शत्रुहरूलाई सुम्पिदिनेछु। तिनीहरूले सबै कुराहरूलाई लुटका मालसामानहरूजस्तै बेबिलोनमा लिएर जानेछन्।

6 अनि हे पशहूर, तँ र तेरो घरमा बस्‍ने सबै परिवारचाहिँ देशबाट निकालिएर बेबिलोनको कैदमा जानेछौ। तँ र तेरा सबै साथीहरू मर्नेछौ र त्यहीँ गाडिनेछौ, जसलाई तैँले झूटो अगमवाणी गरेको थिइस्।’ ”

7 हे याहवेह, तपाईंले मलाई धोका दिनुभयो, र म धोकामा परेँ;

8 जब-जब म बोल्छु,

9 तर यदि मैले, “म उहाँको वचन भन्दिनँ

10 धेरैले कानेखुसी गरेको म सुन्दछु,

11 तर याहवेह मसँग एक शक्तिशाली योद्धाझैँ हुनुहुन्छ;

12 हे सेनाहरूका याहवेह, तपाईं धर्मी जनहरूलाई जाँच्नुहुन्छ;

13 याहवेहको स्तुति गाओ!

14 म जन्मेको दिन श्रापित होस्!

15 त्यो मानिस श्रापित होस्, जसले मेरो बुबाकहाँ यो खबर ल्यायो,

16 त्यो मानिस याहवेहले दया नगरी

17 किनकि त्यसले मलाई गर्भमा छँदै मारेन,

18 सङ्कष्‍ट र दुःख देख्न

Ler em outra tradução

Comparar lado a lado