Jeremias 18

NPIONCB

1 यर्मियाकहाँ आएको याहवेहको वचन यही हो:

2 “तल कुमालेको घरमा जा, र त्यहाँ म तँलाई मेरो सन्देश दिनेछु।”

3 यसकारण म कुमालेको घरमा गएँ; अनि मैले उसलाई आफ्नो चक्‍कामा काम गरिरहेको देखेँ।

4 तर उसले बनाइरहेको भाँडा, उसको हातमा बिग्रियो; यसकारण त्यस कुमालेले त्यसबाट आफूलाई मन लागेअनुसार फेरि त्यस्तै अर्को भाँडा बनायो।

5 तब याहवेहको वचन मकहाँ आयो।

6 उहाँले भन्‍नुभयो, “हे इस्राएलको घराना, यस कुमालेले माटोलाई गरेझैँ के म तँलाई गर्न सक्दिनँ र?” याहवेह घोषणा गर्नुहुन्छ। “सुन्, कुमालेको हातमा भएको माटोझैँ तँ इस्राएल पनि मेरो हातमा छस्; मलाई जे गर्न मन लाग्छ, तँसँग त्यस्तै गर्न सक्छु।

7 यदि कुनै समयमा मैले कुनै राष्ट्र अथवा राज्यलाई उखेलिदिन्छु; पतन र नाश गरिदिन्छु भनी घोषणा गरुँला,

8 तर यदि मैले चेतावनी दिएको त्यो राष्ट्रले आफ्नो दुष्‍ट कामबाट पश्‍चात्ताप गर्‍यो भने म मेरो मन बदल्नेछु र मैले त्यसमाथि विचार गरेको विपत्ति ल्याउनेछैनँ।

9 अनि अर्को समयमा कुनै राष्ट्र अथवा राज्यलाई पुनर्निर्माण र पुनर्स्थापित हुनेछ भनेर मैले घोषणा गरुँला,

10 तर यदि त्यस राष्ट्रले मेरो दृष्‍टिमा दुष्‍टता गर्छ र मेरो आज्ञापालन गर्दैन भने, तब मैले त्यसका निम्ति भलाइ गर्न चाहेको योजनामा म पुनर्विचार गर्नेछु।

11 “यसकारण अब यहूदाका मानिसहरू र यरूशलेममा बसोबास गर्ने मानिसहरूलाई भन्, ‘याहवेह यसो भन्‍नुहुन्छ: हेर! म तिमीहरूका निम्ति विपत्ति तयार गरिरहेछु, र तिमीहरूका विरुद्धमा योजना बनाउँदैछु। यसकारण तिमीहरू हरेक आफ्नो दुष्‍ट कामबाट फर्क; अनि तिमीहरूका चालहरू र तिमीहरूका कामहरू सुधार।’

12 तर तिनीहरूले जवाफ दिनेछन्, ‘हामीलाई कुनै फाइदा छैन। हामी हाम्रा आफ्नै युक्तिमा लागिरहनेछौँ; हामी सबै आफ्नै हृदयको हठीपनाको पछि लागिरहनेछौ।’ ”

13 यसकारण याहवेह यसो भन्‍नुहुन्छ:

14 के लेबनानको चट्टानी भिरमा

15 तर मेरा मानिसहरूले मलाई बिर्सेका छन्;

16 तिनीहरूको देश उजाड पारिनेछ,

17 पूर्वबाट आएको बतासझैँ,

18 तिनीहरूले भने; “आओ, हामी यर्मियाको विरुद्धमा योजना बनाऔँ; किनकि न पुजारीद्वारा सिकाइने व्यवस्था न त बुद्धिमान्‌को सल्‍लाह, न त अगमवक्ताहरूबाट आउने वचनको नै अभाव हुनेछ। यसैले आओ हामी त्यसको विरुद्धमा युक्ति रचौँ, र त्यसले भनेको कुनै पनि कुरामा ध्यान नदिऔँ।”

19 हे याहवेह, मेरा कुरामा ध्यान दिनुहोस्;

20 के भलाइको सट्टा खराबी गरिन्छ?

21 यसकारण तिनीहरूका छोराछोरीहरूलाई अनिकालमा सुम्पिदिनुहोस्;

22 जब तपाईंले तिनीहरूको विरुद्धमा अचानक आक्रमण गर्नेहरू ल्याउनुहुन्छ,

23 तर हे याहवेह,

Ler em outra tradução

Comparar lado a lado