1 “यहूदाका पापहरू फलामका हतियारले खोपिएका छन्;
2 तिनीहरूका छोराछोरीहरूले पनि
3 देशभरि नै तिमीहरूले गरेका आफ्ना पापको कारण
4 तिमीहरूका आफ्नै गल्तीको कारण
5 याहवेह यसो भन्नुहुन्छ:
6 त्यो मानिस उजाड ठाउँमा भएको झाडीजस्तै हुनेछ;
7 “धन्य हो त्यो मानिस, जसले याहवेहमा भरोसा राख्दछ,
8 तिनीहरू पानीको छेउमा रोपिएको रूखजस्तै हुनेछन्,
9 मानिसको हृदय सबैभन्दा छली हुन्छ,
10 “म याहवेहले हृदयको खोजी गर्छु,
11 बेइमानीसाथ धन कमाउने मानिस
12 सुरुदेखिकै उच्च पारिएको तपाईंको महिमित सिंहासन,
13 हे याहवेह, इस्राएलका आशा तपाईं नै हुनुहुन्छ;
14 मलाई निको पार्नुहोस्, हे याहवेह, र म निको हुनेछु;
15 हेर्नुहोस्, मानिसहरूले मलाई भनिरहन्छन्,
16 म तपाईंको सेवामा गोठालो हुनदेखि भागेर गएको छैन;
17 तपाईं मेरो त्रासको कारण नबन्नुहोस्;
18 मलाई सताउनेहरू शर्ममा परून्,
19 याहवेहले मलाई यसो भन्नुभयो: “जा, र यहूदाका राजाहरू भित्र र बाहिर गर्ने सेनाहरूको मूलढोकामा उभी; यरूशलेमका अरू सबै मूलढोकाहरूमा पनि उभी।
20 तिनीहरूलाई भन्, ‘हे यहूदाका राजाहरू र यहूदाका सबै मानिसहरू र यी मूलढोकाहरूबाट आउने यरूशलेमका सबै बासिन्दाहरू हो, याहवेहको वचन सुन।
21 याहवेह यसो भन्नुहुन्छ: शब्बाथ दिनमा कुनै भारी नबोक अथवा भारी बोकेर यरूशलेमका मूलढोकाहरू भित्र नल्याओ, यो कुरा होसियारीसाथ पालन गर।
22 शब्बाथ दिनमा कुनै भारी तिमीहरूका घरबाट बाहिर ननिकाल अथवा शब्बाथ दिनमा कुनै काम नगर; अनि मैले तिमीहरूका पितापुर्खाहरूलाई आज्ञा गरेझैँ शब्बाथ दिनलाई पवित्र राख।
23 तर तिनीहरूले यो कुरा सुनेनन् अथवा ध्यानै दिएनन्; तिनीहरू हठी थिए र तिनीहरूले न सुन्न चाहे न त अनुशासनमा नै ध्यान दिए।
24 याहवेह भन्नुहुन्छ, तर यदि तिमीहरूले मेरा आज्ञाहरू पालन गर्यौ भने, र शब्बाथ दिनमा यस सहरका मूलढोकाहरूबाट कुनै भारी ल्याएनौ र कुनै काम नगरी शब्बाथ दिनलाई पवित्र मान्यौ भने,
25 तब दावीदका सिंहासनमा बस्ने राजाहरू, यस सहरका मूलढोकाहरूबाट तिनीहरूका अधिकारीहरूसँग आउनेछन्। राजाहरू र तिनीहरूका अधिकारीहरू घोडाहरू र रथहरूमा सवार भएर यहूदा र यरूशलेमका मानिसहरूसहित आउनेछन्; अनि तिनीहरू यो यरूशलेम सहरमा सधैँका निम्ति बसोबास गर्नेछन्।
26 मानिसहरू यहूदाका सहरहरूबाट र यरूशलेमका वरिपरिका गाउँहरूबाट, बेन्यामीनका प्रान्तहरू र पश्चिमी तराई बेँसीहरूबाट, पहाडी मुलुक र दक्षिणबाट होमबलि र बलिदानहरू, अन्नबलिहरू, धूप र धन्यवादका भेटीहरू लिएर याहवेहको भवनमा आउनेछन्।
27 तर यदि तिमीहरू शब्बाथ दिनमा यरूशलेमका मूलढोकाहरूभित्र आउँदा, भारी बोक्यौ र शब्बाथ दिनलाई पवित्र राख्ने मेरो आज्ञापालन गरेनौ भने म यरूशलेमका मूलढोकाहरूमा निभाउन नसकिने आगो सल्काइदिनेछु, त्यस आगोले त्यसका किल्लाहरू भस्म पारिदिनेछ।’ ”