1 तब इयोबले यस्तो जवाफ दिए:
2 “वास्तवमा यो कुरा सत्य हो भनी म जान्दछु।
3 उहाँसँग कसैले वाद-विवाद गर्न चाह्यो भने तापनि
4 उहाँको बुद्धि अथाह र उहाँको शक्ति विशाल छ।
5 उहाँले पहाडहरूलाई तिनीहरूले चालै नपाई हटाउनुहुन्छ,
6 परमेश्वरले पृथ्वीलाई त्यसको ठाउँबाट हल्लाइदिनुहुन्छ,
7 उहाँले सूर्यलाई आज्ञा गर्नुहुन्छ, र त्यसले प्रकाश दिँदैन;
8 उहाँ एकलैले आकाशहरूलाई फैलाउनुहुन्छ,
9 उहाँ सप्तर्षि, मृगशिरा,
10 उहाँले हाम्रा समझशक्तिभन्दा बाहिरका अद्भुत कार्यहरू
11 जब उहाँ मेरो छेउबाट भएर जानुहुन्छ, म उहाँलाई देख्न सक्दिनँ;
12 यदि उहाँले कसैबाट केही खोस्नुभयो भने, कसले उहाँलाई रोक्न सक्छ र?
13 परमेश्वरले आफ्नो रिस थाम्नुहुन्न;
14 “त्यसो हो भने म कसरी उहाँसँग वाद-विवाद गर्न सक्छु र?
15 यद्यपि म निर्दोष भए तापनि मैले उहाँलाई जवाफ दिन सक्दिनँ;
16 यदि मैले उहाँलाई बोलाएँ, र उहाँले जवाफ दिनुभए तापनि
17 उहाँले मलाई आँधीबेहरीले आक्रमण गर्नुहुन्छ,
18 उहाँले मलाई फेरि सास फेर्न पनि दिनुहुन्न,
19 यदि शक्तिकै कुरा गर्ने हो भने उहाँ शक्तिशाली हुनुहुन्छ!
20 म इमानदार भए तापनि मेरै मुखले मलाई दोषी ठहराउँछ;
21 “यद्यपि म दोषरहित छु,
22 सबै कुरा एउटै हो; त्यसैले म भन्दछु,
23 ठूलो विपत्तिले अचानक मृत्यु ल्याए तापनि
24 जब दुष्ट मानिसको हातमा देश पर्छ;
25 “मेरा दिनहरू त धावक दौडिएको भन्दा पनि छिटो दौडिरहेका छन्;
26 निगालाको डुङ्गा पानीमा सलल बगेझैँ,
27 ‘तपाईंप्रतिको मेरो गुनासो बिर्सनेछु,
28 आफूले भोगेका सबै कष्टहरूको कारण झन् म डराउँछु;
29 म पहिले नै दोषी ठहराइएको छु भने
30 यदि मैले आफूलाई हिउँले नुहाएँ भने पनि,
31 तपाईंले मलाई हिले खाडलमा चोप्नुहुन्छ,
32 “किनकि परमेश्वर मजस्तै मरणशील मानिस हुनुहुन्न,
33 यदि परमेश्वर र मेरो बीचमा मध्यस्थ गर्ने कोही छन् भने,
34 परमेश्वरको लहुरो मबाट कसैले हटाऊन्,
35 तब म उहाँको डरविना नै बोल्नेथिएँ,