1 “के मानिस जातिले पृथ्वीमा कठोर परिश्रम गर्नुपर्दैन र?
2 जसरी एउटा सेवकले बेलुकीको शीतल छायाको चाह गर्छ,
3 त्यसरी नै मेरा निम्ति व्यर्थका महिनाहरू छुट्याइएका छन्,
4 जब म ढल्कन्छु, तब मनमनै आफैँलाई सोध्छु, ‘म कहिले उठूँ?’
5 मेरो शरीर किरा र पाप्राहरूले ढाकिएको छ,
6 “मेरा दिनहरू कपडा बुन्ने तानको थुरी चलेकोभन्दा छिटो बितिरहेका छन्,
7 हे परमेश्वर, स्मरण गर्नुहोस्, मेरो जीवन सास मात्र हो;
8 अहिले मलाई देख्ने आँखाले, अब उसो फेरि कहिल्यै मलाई देख्नेछैन;
9 जसरी बादल लोप भएर जान्छ,
10 त्यो आफ्नो घरमा फेरि कहिल्यै फर्केर आउँदैन;
11 “त्यसैकारण म चुपचाप रहनेछैनँ;
12 के म समुद्र हुँ र, अथवा गहिराइको विशाल जन्तु हुँ र
13 जब मलाई मेरो ओछ्यानले आराम दिनेछ;
14 तर तपाईंले त झन् मलाई सपनाहरूले भयभीत पार्नुहुन्छ;
15 त्यसैले यस्तो कष्ट शरीरमा लिएर बाँच्नुभन्दा,
16 मेरो यस जीवनलाई घृणा गर्दछु; म अनन्तसम्म बाँच्नेछैनँ।
17 “मानिस जाति के हो र तपाईं त्यसको निम्ति यति धेरै महत्त्व राख्नुहुन्छ,
18 किन तपाईं हरेक बिहान तिनीहरूलाई जाँच गर्नुहुन्छ,
19 तपाईंले मलाई हेर्न कहिल्यै छोड्नुहुन्न,
20 मानिसले गरेका सबै कुरा हेर्नुहुने तपाईं नै हुनुहुन्छ भने,
21 तपाईंले किन मेरा अपराधहरू माफ गर्नुहुन्न