1 “के तैँले लिव्यातनलाई माछाको बल्छीले तान्न सक्छस्,
2 के तैँले त्यसको नाकबाट डोरी छिराउन सक्छस्;
3 के त्यसले तँसँग दयाको भीख माग्ला?
4 के जीवनकालभरि नै तेरो कमारो हुनलाई
5 के तैँले त्यसलाई चरालाई झैँ घरमा पाल्न सक्छस्?
6 के व्यापारीहरूले त्यसलाई किन्ने प्रयास गर्लान् र?
7 के तैँले त्यसको छालामा भालाले रोप्न सक्छस्?
8 यदि तैँले त्यसमाथि हात उठाइस् भने
9 त्यसलाई वशमा ल्याउन आशा राख्नु नै बेकार छ;
10 त्यसलाई कसैले उक्साउने साहस गर्दैन भने,
11 मैले फिर्ता गर्नैपर्छ भनेर मेरो विरुद्धमा को उभिन सक्छ?
12 “म लिव्यातनका अङ्गहरू,
13 त्यसको बाहिरी छाला कसले उतार्न सक्छ?
14 डरलाग्दा दाँतहरूले घेरेको त्यसको
15 त्यसका खपटा ढालहरू मिलेर बनेका पङ्क्तिहरू जस्तै
16 एक-अर्कासँग एकदमै खापैखाप टाँसिएकोले,
17 ती एक-आपसमा कस्सिएर जोडिएका छन्;
18 लिव्यातनले हाच्छिउँ गर्दा ज्योतिको ज्वालाझैँ चम्कन्छ;
19 त्यसको मुखबाट आगोका ज्वालाहरू निस्कन्छन्;
20 बलिरहेको आगोमाथि उम्लेको भाँडाबाट निस्केको वाफझैँ
21 त्यसको मुखबाट ज्वालाहरू निस्कन्छन्,
22 त्यसको गर्दनमा बलको बास हुन्छ;
23 त्यसको मासु पत्रैपत्रा परेर कस्सिएर जोडिएको हुन्छ;
24 त्यसको छाती चट्टानजस्तै कडा,
25 जब त्यो खडा भएर उठ्छ, तब शक्तिशालीहरू पनि डराउँछन्;
26 त्यसलाई न तरवार, न भाला न तीर,
27 त्यसले फलामलाई परालझैँ,
28 काँडले त्यसलाई भगाउन सकिँदैन;
29 त्यसले मुङ्ग्रोलाई परालको टुक्राझैँ ठान्छ;
30 त्यसको पेट मुनिको भाग फुटेका भाँडाका तीखा-तीखा खपटाझैँ हुन्छन्;
31 त्यसले गहिरो सागरलाई भाँडामा उम्लेको पानीझैँ बनाउँछ,
32 टलक्क टल्किने धार छोड्दै त्यो हिँड्छ;
33 पृथ्वीमा त्योजस्तो अरू कुनै जीव छैन,
34 त्यसले सबै अहङ्कारी जनावरहरूलाई केही ठान्दैन;