1 “के तैँले घोरलहरू कहिले बियाउँछ भनी जान्दछस्?
2 के तैँले तिनीहरूले बच्चा बियाउँने महिनाहरू गन्दछस्?
3 तिनीहरूले निहुरेर बच्चा बियाउँछन्;
4 तिनीहरूका बच्चाहरू हुर्कन्छन्, र जङ्गलमा बलिया हुँदै जान्छन्;
5 “कसले जङ्गली गधालाई स्वतन्त्र छाडिदियो?
6 गधाका निम्ति मैले मरुभूमिलाई घरको रूपमा,
7 त्यसले सहरको होहल्लालाई खिसी गर्छ;
8 त्यो चरनको निम्ति डाँडातिर घुमिहिँड्छ,
9 “के जङ्गली साँढेले तेरो सेवा गर्न मान्ला र?
10 के तैँले जङ्गली साँढेलाई जुवाको डोरीले बाँध्न सक्छस् र?
11 के तैँले त्यसको ठूलो शक्तिमाथि भरोसा गर्नेछस्?
12 के त्यसले तेरो अन्न जम्मा गर्ला
13 “शुतुरमुर्गका पखेटाहरू आनन्दले फर्फराउँछन्,
14 त्यसले आफ्ना अण्डाहरू बालुवाले तातो पारिदिओस्
15 अनि खुट्टाले तिनलाई कुल्चेला,
16 आफ्ना चल्लाहरू त्यसले आफ्ना होइनन् जस्तै गरी निर्दयी व्यवहार गर्छे;
17 किनकि परमेश्वरले त्यसलाई बुद्धि दिनुभएको छैन,
18 तापनि जब त्यसले दगुर्नलाई आफ्नो पखेटाहरू फैलाउँछे,
19 “के तैँले घोडालाई त्यसको शक्ति दिएको हो र?
20 के तैँले त्यसलाई सलहलाई जस्तै उफार्न सक्छस् र?
21 त्यसले आफ्नो शक्तिमा आनन्दित हुँदै डरलाग्दो गरी टाप मार्छ,
22 त्यसले डरलाई खिसी गर्छ, कुनै कुरासँग डराउँदैन;
23 त्यसको छेउमा काँडको ठोकर बज्दछन्,
24 अति जोशसँग त्यो धेरै वेग गतिका साथ अगि बढ्छ;
25 तुरहीका आवाजहरू गुन्जँदा त्यसले, ‘आह!’ भन्छ,
26 “के तेरो बुद्धिद्वारा बाज उँभो-उँभो उड्छ;
27 के चीलले तेरो हुकुम पाएर उँभो उड्छ,
28 त्यो पहरामा बास गर्छ, र रातमा त्यहीँ नै बस्छ;
29 त्यहाँबाट त्यसले आफ्नो शिकार खोज्छ;
30 त्यसका बचेराहरूले रगत चुस्छन्;