1 तब एलिहूले भने:
2 “के तपाईं यो न्यायसङ्गत हो भनी सोच्नुहुन्छ?
3 अझ पनि तपाईं उहाँलाई यसरी सोध्नुहुन्छ, ‘मलाई के फाइदा छ र,
4 “म तपाईंलाई र
5 आकाशतिर दृष्टि लगाएर हेर्नुहोस्;
6 यदि तपाईंले पाप गर्नुभयो भने त्यसले उहाँलाई कसरी असर गर्छ र?
7 यदि तपाईं धर्मी हुनुहुन्छ भने तापनि तपाईंले उहाँलाई के दिनुहुन्छ,
8 तपाईंको दुष्टताले तपाईंजस्तै मानिसलाई मात्र असर पार्छ,
9 “मानिसहरू अत्याचारको बोझमा परेर कराउँछन्;
10 तर कसैले पनि यसो भन्दैन, ‘मलाई बनाउनुहुने परमेश्वर कहाँ हुनुहुन्छ;
11 जसले हामीलाई पृथ्वीका पशुहरूलाई भन्दा बढी सिकाउनुहुन्छ,
12 दुष्ट मानिसहरूको घमण्डको कारण
13 वास्तवमा परमेश्वरले तिनीहरूको खोक्रो बिन्ती सुन्नुहुन्न;
14 त्यसो भए, जब तपाईंले उहाँलाई देख्दिनँ भन्नुहुन्छ,
15 अनि अझ बढी, जब तपाईंले भन्नुहुन्छ कि उहाँको रिसले कहिल्यै दण्ड दिँदैन,
16 यसकारण इयोबले खोक्रो कुराहरू लिएर आफ्नो मुख खोल्नुहुन्छ;