1 त्यसपछि इयोबले आफ्नो मुख खोले, र आफू जन्मेको दिनलाई धिक्कार्न थाले।
2 तिनले भने:
3 “म जन्मेको त्यो दिनलाई धिक्कार होस्!
4 त्यो दिन अन्धकारमा परिणत होस्;
5 त्यो दिनलाई अँध्यारो र निस्पट्ट अन्धकारले एक पटक फेरि कब्जा गरोस्;
6 त्यो रात निस्पट्ट अँध्यारोले त्यसलाई छोपोस्;
7 त्यो रात बाँझो होस्;
8 दिनलाई सराप्नेहरूले, लिव्यातनलाई उठाउनेहरूले समेत
9 त्यसका बिहानीका ताराहरू अँध्यारो होऊन्;
10 किनभने त्यो रातले मेरी आमाको गर्भका ढोकाहरू मेरा निम्ति बन्द गरेन,
11 “किन म जन्मँदै मरिनँ,
12 किन म जन्मँदा मलाई स्वागत गर्ने घुँडाहरू,
13 नत्रता म अहिले शान्तिमा ढल्किरहेको हुनेथिएँ;
14 पृथ्वीका राजाहरू र राजाका सल्लाहकारहरूसँग,
15 सुन भएका भारदारहरूसँग,
16 अथवा नजन्मँदै मरेको बालकजस्तै म किन गाडिनँ,
17 दुष्ट मानिसहरू पनि चिहानमा दुष्ट्याइँ गर्न छोड्छन्;
18 त्यहाँ कैदीहरू पनि तिनीहरूको सुखमा रमाउँछन्;
19 साना र ठूला मानिसहरू त्यहाँ हुन्छन्;
20 “किन कष्टमा भएकाहरूलाई ज्योति,
21 जो मर्न चाहन्छन्, तर मृत्यु आउँदैन;
22 तिनीहरू मृत्यु आउँदा आनन्दले भरिन्छन्;
23 मानिसलाई जीवन किन दिइन्छ?
24 किनकि मेरा निम्ति प्रत्येक दिनको भोजन सुस्केरा भएको छ;
25 म जेसँग डराउँथे, त्यही कुरा ममाथि आइपरेको छ;
26 न मलाई शान्ति छ, न त सुख नै छ;