1 तब बिल्दद शुहीले यस्तो जवाफ दिए:
2 “तपाईंले यी भाषणहरू कहिले समाप्त गर्नुहुन्छ?
3 हामीलाई किन पशुझैँ व्यवहार गर्नुहुन्छ,
4 तपाईं जसले आफ्नो रिसमा स्वयम्लाई टुक्रा-टुक्रा पार्नुभएको छ;
5 “दुष्ट मानिसको बत्ती निभाइन्छ;
6 त्यसको पालमा भएको उज्यालो अँध्यारो हुन्छ;
7 त्यसको बलियो पाइला कमजोर हुन्छ;
8 त्यसका खुट्टाले त्यसलाई पासोमा पार्छ;
9 धरापले त्यसको कुर्कुच्चामा पक्रन्छ;
10 त्यसका निम्ति एउटा पासो जमिनमा लुकाइएको छ;
11 त्यसलाई त्रासले चारैतिरबाट तर्साउँछ,
12 विपत्ति त्यसको निम्ति भोकाएको छ;
13 रोगले त्यसका छालाका भागहरू खाइदिन्छ;
14 त्यसको पालको सुरक्षाबाट त्यसलाई टाढा लैजान्छ;
15 त्यसको पालमा आगोले बास गर्छ,
16 तल फेदमा त्यसका जराहरू सुकेर जान्छन्,
17 त्यसको सम्झना पृथ्वीबाटै मेटिएर जानेछ;
18 त्यसलाई उज्यालोबाट अन्धकारमा धपाइनेछ
19 त्यसका मानिसहरूको बीचमा त्यसका कुनै सन्तानहरू अथवा वंशहरू छैनन्;
20 त्यसको दशामा पश्चिमका मानिसहरू चकित हुनेछन्;
21 साँच्चै दुष्ट मानिसको घरको दशा यस्तै हुनेछ;