João 5

npioncb (NPIONCB) vs VC

Sair da comparação
VC Versão Católica
1 केही समयपछि येशू यहूदीहरूको एउटा चाडको निम्ति यरूशलेम जानुभयो।
1 Depois disso, houve uma festa dos judeus, e Jesus subiu a Jerusalém.
2 यरूशलेममा भेडा ढोकाको नजिकै एउटा पोखरी थियो, जसलाई आरामाईक भाषामा बेथस्दा भनिन्छ, र यो पाँच वटा दलानहरूले घेरिएको थियो।
2 Há em Jerusalém, junto à porta das Ovelhas, um tanque, chamado em hebraico Betesda, que tem cinco pórticos.
3 त्यसको छेउमा दृष्‍टिविहीन, लङ्गडो, पक्षघाती तथा थुप्रै रोगीहरू पस्रिरहेका हुन्थे। तिनीहरू पानी छचल्किएको पर्खिरहन्थे।
3 Nestes pórticos jazia um grande número de enfermos, de cegos, de coxos e de paralíticos, que esperavam o movimento da água.
4 किनकि बेला-बेलामा प्रभुका दूत तल ओर्लेर पानी हल्‍लाइदिन्थे। अनि हरेकपल्ट पानी छचल्किएपछि जो पहिला पानीभित्र पस्थ्यो, त्यो जस्तोसुकै रोग लागेको भए तापनि निको भइहाल्थ्यो।
4 {Pois de tempos em tempos um anjo do Senhor descia ao tanque e a água se punha em movimento. E o primeiro que entrasse no tanque, depois da agitação da água, ficava curado de qualquer doença que tivesse.}
5 त्यहाँ एक जना मानिस थियो, जो अठतीस वर्षदेखिको पक्षघातको रोगी थियो।
5 Estava ali um homem enfermo havia trinta e oito anos.
6 जब येशूले त्यसलाई त्यहाँ पस्रिएको देख्नुभयो र त्यो लामो समयदेखि त्यस अवस्थामा रहेछ भनी थाहा पाउनुभयो, तब उहाँले त्यसलाई सोध्नुभयो, “के तिमी निको हुन चाहन्छौ?”
6 Vendo-o deitado e sabendo que já havia muito tempo que estava enfermo, perguntou-lhe Jesus: Queres ficar curado?
7 त्यस रोगीले भन्यो, “हजुर, पानी छचल्काइँदा मलाई पोखरीमा हालिदिन सहायता गर्ने कोही पनि छैन। म पस्‍ने कोसिस गर्दागर्दै अर्को मान्छे मभन्दा अगाडि पसिहाल्छ।”
7 O enfermo respondeu-lhe: Senhor, não tenho ninguém que me ponha no tanque, quando a água é agitada; enquanto vou, já outro desceu antes de mim.
8 त्यसपछि येशूले त्यसलाई भन्‍नुभयो, “उठ! तिम्रो ओछ्यान उठाऊ, र हिँड।”
8 Ordenou-lhe Jesus: Levanta-te, toma o teu leito e anda.
9 तुरुन्तै त्यो मानिस निको भयो, र आफ्नो ओछ्यान उठाएर हिँड्यो।
9 No mesmo instante, aquele homem ficou curado, tomou o seu leito e foi andando. Ora, aquele dia era sábado.
10 त्यसकारण यहूदीहरूले त्यो निको भएको मानिसलाई भने, “आज शब्बाथको दिन हो। व्यवस्थाले तिमीलाई ओछ्यान बोक्न समेत निषेध गरेको छ।”
10 E os judeus diziam ao homem curado: E sábado, não te é permitido carregar o teu leito.
11 तर त्यसले जवाफ दियो, “मलाई निको पार्नुहुने व्यक्तिले नै मलाई भन्‍नुभयो, ‘आफ्नो ओछ्यान उठाऊ, र हिँड।’ ”
11 Respondeu-lhes ele: Aquele que me curou disse: Toma o teu leito e anda.
12 तिनीहरूले त्यसलाई सोधे, “तिमीलाई यो उठाएर हिँड भन्‍ने त्यो मानिस को हो?”
12 Perguntaram-lhe eles: Quem é o homem que te disse: Toma o teu leito e anda?
13 निको भएको मानिसलाई उहाँ को हुनुहुन्थ्यो भन्‍ने बारेमा केही थाहा थिएन। किनकि येशू त्यहाँ भएको भीडभित्र पसिसक्नुभएको थियो।
13 O que havia sido curado, porém, não sabia quem era, porque Jesus se havia retirado da multidão que estava naquele lugar.
14 त्यसपछि येशूले त्यस मानिसलाई मन्दिरमा भेट्टाएर भन्‍नुभयो, “हेर, तिमी निको भएका छौ। पाप गर्न छोड, नत्रता तिमीमाथि अझ नराम्रो अवस्था आउनसक्छ।”
14 Mais tarde, Jesus o achou no templo e lhe disse: Eis que ficaste são; já não peques, para não te acontecer coisa pior.
15 त्यो मानिस गयो, र त्यसलाई निको पार्ने व्यक्ति येशू हुनुहुँदोरहेछ भनी यहूदी अगुवाहरूलाई भनिदियो।
15 Aquele homem foi então contar aos judeus que fora Jesus quem o havia curado.
16 त्यसकारण येशूले यी कामहरू शब्बाथको दिनमा गर्नुभएको हुनाले यहूदी अगुवाहरूले उहाँको खेदो गर्न लागे।
16 Por esse motivo, os judeus perseguiam Jesus, porque fazia esses milagres no dia de sábado.
17 येशूले तिनीहरूलाई भन्‍नुभयो, “मेरा पिताले आजको दिनसम्म काम गरिरहनुभएको छ, र म पनि काम गरिरहनेछु।”
17 Mas ele lhes disse: Meu Pai continua agindo até agora, e eu ajo também.
18 यसकारणले गर्दा तिनीहरूले उहाँलाई मार्न झन् धेरै प्रयत्न गर्न लागे। किनकि उहाँले केवल शब्बाथ दिनलाई मात्र भङ्ग गर्नुभएको थिएन। तर आफूलाई परमेश्‍वरको बराबरी तुल्याएर उहाँले परमेश्‍वरलाई पनि आफ्नै पिता भन्‍नुभएको थियो।
18 Por esta razão os judeus, com maior ardor, procuravam tirar-lhe a vida, porque não somente violava o repouso do sábado, mas afirmava ainda que Deus era seu Pai e se fazia igual a Deus.
19 येशूले तिनीहरूलाई यस्तो जवाफ दिनुभयो: “म तिमीहरूलाई साँच्‍चै भन्दछु, पुत्र आफूले केही गर्न सक्दैन। उसले त पिताले जे गरिरहनुभएको देख्छ, त्यही मात्र गर्छ। किनकि पिताले जे गर्नुहुन्छ, पुत्रले पनि त्यही गर्छ।
19 Jesus tomou a palavra e disse-lhes: Em verdade, em verdade vos digo: o Filho de si mesmo não pode fazer coisa alguma; ele só faz o que vê fazer o Pai; e tudo o que o Pai faz, o faz também semelhantemente o Filho.
20 किनकि पिताले पुत्रलाई प्रेम गर्नुहुन्छ र उहाँले जे गर्नुहुन्छ, त्यो सबै पुत्रलाई देखाउनुहुन्छ। तिमीहरूका आश्‍चर्यका निम्ति उहाँले पुत्रलाई यीभन्दा पनि अझै ठूला-ठूला कुराहरू देखाउनुहुनेछ।
20 Pois o Pai ama o Filho e mostra-lhe tudo o que faz; e maiores obras do que esta lhe mostrará, para que fiqueis admirados.
21 किनकि जसरी पिताले मरेकाहरूलाई उठाउनुहुन्छ र तिनीहरूलाई जीवन दिनुहुन्छ, त्यसरी नै पुत्रले पनि जसलाई इच्छा गर्दछ, त्यसैलाई जीवन दिन्छ।
21 Com efeito, como o Pai ressuscita os mortos e lhes dá vida, assim também o Filho dá vida a quem ele quer.
22 यसबाहेक पिताले कसैको न्याय गर्नुहुन्‍न। तर न्यायको सम्पूर्ण काम उहाँले पुत्रलाई सुम्पनुभएको छ,
22 Assim também o Pai não julga ninguém, mas entregou todo o julgamento ao Filho.
23 ताकि पितालाई आदर गरेझैँ तिनीहरू सबैले पुत्रलाई पनि आदर गरून्। जसले पुत्रलाई आदर गर्दैन, त्यसले पुत्रलाई पठाउनुहुने पितालाई पनि आदर गर्दैन।
23 Desse modo, todos honrarão o Filho, bem como honram o Pai. Aquele que não honra o Filho, não honra o Pai, que o enviou.
24 “म तिमीहरूलाई साँच्‍चै भन्दछु, जसले मेरो वचन सुन्छ र मलाई पठाउनुहुनेमाथि विश्‍वास गर्छ, त्यससित अनन्त जीवन छ, र त्यो दोषी ठहराइने छैन। तर त्यो मृत्युबाट जीवनमा प्रवेश गरिसकेको हुन्छ।
24 Em verdade, em verdade vos digo: quem ouve a minha palavra e crê naquele que me enviou tem a vida eterna e não incorre na condenação, mas passou da morte para a vida.
25 म तिमीहरूलाई साँच्‍चै भन्दछु, त्यो समय आइरहेको छ, र त्यो अहिले नै आइसकेको छ। जब मरेकाहरूले परमेश्‍वरका पुत्रको सोर सुन्‍नेछन्; र जसले सुन्छन्, तिनीहरू बाँच्नेछन्।
25 Em verdade, em verdade vos digo: vem a hora, e já está aí, em que os mortos ouvirão a voz do Filho de Deus; e os que a ouvirem viverão.
26 किनकि जसरी पिता आफैँमा जीवन छ, त्यसरी नै उहाँले पुत्रलाई पनि आफैँमा जीवन हुने अधिकार दिनुभएको छ।
26 Pois como o Pai tem a vida em si mesmo, assim também deu ao Filho o ter a vida em si mesmo,
27 अनि उहाँले पुत्रलाई न्याय गर्ने अधिकार दिनुभएको छ; किनकि ऊ मानिसको पुत्र हो।
27 e lhe conferiu o poder de julgar, porque é o Filho do Homem.
28 “यस कुरामा आश्‍चर्य नमान। किनकि समय आइरहेको छ। जब चिहानमा हुनेहरू सबैले उसको सोर सुन्‍नेछन्,
28 Não vos maravilheis disso, porque vem a hora em que todos os que se acham nos sepulcros sairão deles ao som de sua voz:
29 तब बाहिर निस्किआउनेछन्, जसले असल काम गरेका छन्, तिनीहरू अनन्तसम्म जिउनलाई र जसले कुकर्म गरेका छन्, तिनीहरू अनन्तसम्म दण्ड पाउनलाई पुनरुत्थान हुनेछन्।
29 os que praticaram o bem irão para a ressurreição da vida, e aqueles que praticaram o mal ressuscitarão para serem condenados.
30 म आफैँ त केही गर्न सक्दिनँ,” मैले जस्तो सुन्दछु, त्यसैअनुसार न्याय गर्दछु। अनि मेरो न्याय उचित छ; किनकि म आफ्नो इच्छा होइन, तर मलाई पठाउनुहुनेको इच्छा खोज्दछु।
30 De mim mesmo não posso fazer coisa alguma. Julgo como ouço; e o meu julgamento é justo, porque não busco a minha vontade, mas a vontade daquele que me enviou.
31 “यदि मैले आफ्नै विषयमा गवाही दिएँ भने मेरो साक्षी साँचो हुँदैन।
31 Se eu der testemunho de mim mesmo, não é digno de fé o meu testemunho.
32 मेरो पक्षमा गवाही दिने अर्को एक जना हुनुहुन्छ। अनि म जान्दछु, मेरो विषयमा उहाँले दिनुहुने गवाही सत्य ठहर्छ।
32 Há outro que dá testemunho de mim, e sei que é digno de fé o testemunho que dá de mim.
33 “तिमीहरूले यूहन्‍नाकहाँ सोध्न पठायौ, र तिनले सत्यताको गवाही दिएका छन्।
33 Vós enviastes mensageiros a João, e ele deu testemunho da verdade.
34 मैले मानिसको गवाही ग्रहण गर्छु भनेर त होइन, तर तिमीहरूले उद्धार पाउन सक भनेर मैले यो कुरा भनेको हुँ।
34 Não invoco, porém, o testemunho de homem algum. Digo-vos essas coisas, a fim de que sejais salvos.
35 यूहन्‍ना बलिरहने र ज्योति दिइरहने बत्ती थिए, र तिमीहरू केही समय तिनको प्रकाशमा रमाउन खोज्यौ।
35 João era uma lâmpada que arde e ilumina; vós, porém, só por uma hora quisestes alegrar-vos com a sua luz.
36 “मसँग यूहन्‍नाको भन्दा ठूलो गवाही छ; किनकि पिताले मलाई पूरा गर्न भनी दिनुभएको काम, जो मैले गरिरहेको छु, त्यही कामले नै पिताले मलाई पठाउनुभएको हो भनी गवाही दिन्छन्।
36 Mas tenho maior testemunho do que o de João, porque as obras que meu Pai me deu para executar - essas mesmas obras que faço - testemunham a meu respeito que o Pai me enviou.
37 अनि पिता जसले मलाई पठाउनुभयो, उहाँ आफैँले मेरो विषयमा साक्षी दिनुभएको छ। तिमीहरूले कहिल्यै पनि उहाँको सोर सुनेका छैनौ, न उहाँको रूप देखेका छौ।
37 E o Pai que me enviou, ele mesmo deu testemunho de mim. Vós nunca ouvistes a sua voz nem vistes a sua face...
38 न त उहाँको वचन तिमीहरूमा रहन्छ; किनकि उहाँले पठाउनुभएकोलाई तिमीहरूले विश्‍वास गर्दैनौ।
38 e não tendes a sua palavra permanente em vós, pois não credes naquele que ele enviou.
39 तिमीहरू लगनशील भई धर्मशास्त्रमा खोजी गर्दछौ। किनकि तिमीहरूले त्यसद्वारा तिमीहरूलाई अनन्त जीवन मिल्छ भनी विचार गर्दछौ। ती धर्मशास्त्रहरूले नै मेरो विषयमा गवाही दिन्छन्,
39 Vós perscrutais as Escrituras, julgando encontrar nelas a vida eterna. Pois bem! São elas mesmas que dão testemunho de mim.
40 तर पनि जीवन प्राप्‍त गर्न मकहाँ आउन तिमीहरू अस्वीकार गर्छौ।
40 E vós não quereis vir a mim para que tenhais a vida...
41 “म मानिसहरूबाट प्रशंसा ग्रहण गर्दिनँ,”
41 Não espero a minha glória dos homens,
42 तर म तिमीहरूलाई चिन्दछु। तिमीहरूको हृदयमा परमेश्‍वरको प्रेम छैन भनी म जान्दछु।
42 mas sei que não tendes em vós o amor de Deus.
43 म मेरा पिताको नाममा आएको छु, तर तिमीहरू मलाई ग्रहण गर्दैनौ। तर अर्को कोही उसको आफ्नै नाममा आयो भने तिमीहरूले त्यसलाई ग्रहण गर्छौ।
43 Vim em nome de meu Pai, mas não me recebeis. Se vier outro em seu próprio nome, haveis de recebê-lo...
44 यदि तिमीहरूले एका-अर्काबाट प्रशंसा ग्रहण गर्छौ, तर एक मात्र परमेश्‍वरबाट आउने प्रशंसा प्राप्‍त गर्न केही वास्ता नै गर्दैनौ भने तिमीहरूले कसरी विश्‍वास गर्न सक्छौ र?
44 Como podeis crer, vós que recebeis a glória uns dos outros, e não buscais a glória que é só de Deus?
45 “तर तिमीहरूलाई पिताको अगि मैले दोष्याउनेछु भनी नसम्झ। तिमीहरूलाई दोष्याउने त मोशा हुन्, जसमाथि तिमीहरूको आशा रहेको छ।
45 Não julgueis que vos hei de acusar diante do Pai; há quem vos acusa: Moisés, no qual colocais a vossa esperança.
46 यदि तिमीहरूले मोशालाई विश्‍वास गरेका भए तिमीहरूले मलाई पनि विश्‍वास गर्नेथियौ। किनकि तिनले मेरो विषयमा लेखेका थिए।
46 Pois se crêsseis em Moisés, certamente creríeis em mim, porque ele escreveu a meu respeito.
47 तर तिनले लेखेको कुरामा विश्‍वास नगरेपछि मैले भनेका कुराहरू तिमीहरूले कसरी विश्‍वास गर्छौ र?”
47 Mas, se não acreditais nos seus escritos, como acreditareis nas minhas palavras?

Ler em outra tradução

Comparar com outra

Estude este capítulo no WhatsApp

Peça à IA da Bíblia Fala para explicar João 5, comparar traduções ou montar um estudo — tudo direto pelo WhatsApp.