Isaías 8

NPIONCB

1 याहवेहले मलाई भन्‍नुभयो, “एउटा ठूलो पाटी लिएर त्यसमा साधारण कलमले महेर-शालल-हाज-बजको बारेमा लेख्।

2 म पुजारी उरियाह र येबेरक्याहको छोरा जकरियालाई आफ्ना निम्ति विश्‍वासयोग्य साक्षी हुनलाई बोलाउनेछु।”

3 तब म अगमवादिनीकहाँ गएँ; उनी गर्भवती भइन्, र तिनले एउटा छोरा जन्माइन्। याहवेहले मलाई भन्‍नुभयो, “त्यसको नाम महेर-शालल-हाज-बज राख्।

4 यस बालकले ‘मेरा बुबा’ अथवा ‘मेरी आमा’ भनेर ज्ञान पाउनुअगि दमस्कसको धन र सामरियाको लुटको माल अश्शूरको राजाले लैजानेछ।”

5 याहवेहले मलाई फेरि भन्‍नुभयो:

6 “यस जातिले शीलोको

7 यसकारण प्रभुले यहूदाका मानिसहरूको विरुद्धमा

8 अनि यहूदालाई बेगसित बगाएर स्वात्तै लैजानेछ,

9 हे राष्ट्रहरू हो, युद्धको ध्वनि उठाओ, र चकनाचुर होओ!

10 आफ्ना उपायहरू बनाओ, तर ती विफल पारिनेछन्;

11 याहवेहले आफ्नो बलियो हात ममाथि राखेर मलाई यस जातिको मार्गमा नहिँड्न भनी चेतावनी दिँदै मसित बोल्नुभयो। उहाँले भन्‍नुभयो:

12 “जुन कुरालाई यस जातिले षड्यन्त्र भन्छ,

13 तिमीहरूले पवित्र मान्‍नुपर्ने सेनाहरूका याहवेह नै हुनुहुन्छ;

14 उहाँ पवित्रस्थान बन्‍नुहुनेछ;

15 तिनीहरूमध्ये धेरैले ठेस खानेछन्;

16 यस साक्षीलाई बाँधेर राख्;

17 म याहवेहलाई पर्खनेछु,

18 याहवेहले मलाई दिनुभएका छोराछोरीहरूका साथमा म यहीँ नै छु। सियोन पर्वतमा विराजमान हुनुहुने सेनाहरूका याहवेहतर्फबाट इस्राएलमा हामी अलौकिक चिन्ह र सङ्केतहरू हौँ।

19 मानिसहरूले तिमीहरूलाई तन्त्रमन्त्र गर्नेहरू र भूतप्रेत खेलाउनेहरूसित सल्‍लाह लिनुभन्दा के मानिसहरूले आफ्ना परमेश्‍वरसित सोध्नुपर्दैन र? जिउँदाहरूको पक्षमा किन मरेकाहरूसित सल्‍लाह लिने?

20 परमेश्‍वरको निर्देशन र शिक्षालाई हेर्! यदि तिनीहरू यस वचनअनुसार बोल्दैनन् भने तिनीहरूसित प्रकाश छैन।

21 तिनीहरू दुःखी र भोका भई देशभरि घुमिहिँड्नेछन्; तिनीहरू क्रोधित भएपछि तिनीहरू रिसले चुर भएर मास्तिर हेर्दै तिनीहरूका राजा र तिनीहरूका परमेश्‍वरलाई सराप्नेछन्।

22 त्यसपछि तिनीहरूले पृथ्वीतिर हेर्नेछन्; अनि दुःख, अन्धकार, डरलाग्दो नैराश्य देख्नेछन् र तिनीहरू घोर अन्धकारमा फालिनेछन्।

Ler em outra tradução

Comparar lado a lado