1 उज्जियाह राजा मरेको वर्ष मैले प्रभुलाई एउटा अग्लो र उच्च सिंहासनमाथि विराजमान हुनुभएको देखेँ। उहाँको वस्त्रको फेरले मन्दिर ढाकिएको थियो।
2 उहाँका मास्तिर छ-छ वटा पखेटा भएका सराफहरू थिए: तिनीहरूले दुई वटा पखेटाले आफ्ना अनुहार ढाकेका थिए, दुई वटाले तिनीहरूका खुट्टाहरू ढाकेका थिए, र दुई वटाले तिनीहरू उड्दथे।
3 तिनीहरूले एकले अर्कोलाई यसो भन्दैथिए:
4 तिनीहरूका सोरले ढोकाहरू र जगहरू हल्लिए; अनि मन्दिर धुवाँले भरियो।
5 म कराएँ, “धिक्कार छ मलाई! म नाश भएँ! किनकि म अशुद्ध ओठ भएको मानिस हुँ। म अशुद्ध ओठ भएका मानिसहरूको बीचमा बस्छु; अनि मेरा आँखाले राजा, सेनाहरूका याहवेहलाई देखेका छन्।”
6 तब सराफहरूमध्ये एक जना आफ्नो हातमा बल्दैगरेको कोइला लिएर आए, जुन तिनले वेदीबाट चिम्टाले टिपेर ल्याएका थिए।
7 तिनले मेरो मुख छोएर भने, “हेर्, यसले तेरो ओठ छोएको छ; तेरा अपराध हटाइएको छ र तेरो पाप क्षमा भएको छ।”
8 तब मैले यसो भन्ने प्रभुको सोर सुनेँ, “म कसलाई पठाऊँ? र हाम्रा निम्ति को जाला?”
9 उहाँले भन्नुभयो, “जा, र मानिसहरूलाई भन्:
10 यी मानिसहरूका हृदय कठोर तुल्याइदे;
11 तब मैले भनेँ, “हे प्रभु, कहिलेसम्म?”
12 जबसम्म याहवेहले कुनै पनि मानिसलाई टाढा पठाउनुहुन्न,
13 अनि देशमा दसौँ भाग छोडिए तापनि