Isaías 38

NPIONCB

1 ती दिनहरूमा हिजकिया बिरामी भएर मृत्युको मुखैमा पुगे।आमोजका छोरा अगमवक्ता यशैयाले तिनीकहाँ गएर भने, “याहवेह यसो भन्‍नुहुन्छ: आफ्ना घरानालाई ठिक राख्; किनकि तँ मर्नेछस्; तँ निको हुनेछैनस्।”

2 हिजकियाले आफ्नो अनुहार भित्तातिर फर्काएर याहवेहलाई प्रार्थना गरे,

3 “हे याहवेह, म तपाईंको सामु कसरी विश्‍वासयोग्यतामा र सम्पूर्ण हृदयको भक्तिमा हिँडेको छु, र मैले तपाईंको दृष्‍टिमा जे ठिक छ, त्यही गरेको कुरालाई सम्झनुहोस्।” अनि हिजकिया धुरुधुरु रोए।

4 तब याहवेहको वचन यशैयाकहाँ आयो:

5 “जा, र हिजकियालाई भन्, ‘याहवेह तेरा पुर्खा दावीदका परमेश्‍वर यसो भन्‍नुहुन्छ: मैले तेरो प्रार्थना सुनेको छु, र तेरो आँसु देखेको छु; म तेरो आयुमा अरू पन्ध्र वर्ष थपिदिनेछु।

6 अनि तँ र यस सहरलाई अश्शूरको राजाको हातबाट म छुटकारा दिनेछु, र यस सहरको रक्षा गर्नेछु।

7 “ ‘याहवेहले जे प्रतिज्ञा गर्नुभएको छ, सो गर्नुहुनेछ भन्‍ने तेरा निम्ति याहवेहबाट यो चिन्ह हुनेछ:

8 म आहाजको सिँढीमा तल गएको घामले बनाएको छायालाई दश कदम पछि सारिदिनेछु।’ ” यसकारण तल गएको घामको छाया दश कदम पछि सर्‍यो।

9 आफ्नो बिमार निको भएपछि यहूदाका राजा हिजकियाले लेखे:

10 मैले भनेँ, “मेरो जीवनको बीचमा

11 मैले भनेँ, “म फेरि जीवितहरूको देशमा

12 मेरो घर गोठालाको पालझैँ

13 मैले बिहानसम्म धैर्यसाथ पर्खेँ,

14 म गौँथली वा सारसझैँ चिरबिर कराएँ;

15 तर म के भन्‍न सक्छु र?

16 हे प्रभु, यस्तै कुराहरूद्वारा मानिसहरू जिउँछन्;

17 निश्‍चय मेरै शान्तिको निम्ति

18 किनकि चिहानले तपाईंको प्रशंसा गर्न सक्दैन,

19 जिउँदाहरूले मात्र तपाईंको प्रशंसा गर्छन्,

20 याहवेहले मलाई बचाउनुहुनेछ;

21 यशैयाले भनेका थिए, “नेभाराको लेप बनाएर पिलोमा लगाउनू र त्यो निको हुनेछ।”

22 हिजकियाले यसो भनी सोधेका थिए, “म याहवेहको मन्दिरमा जानेछु भन्‍ने के चिन्ह हुनेछ?”

Ler em outra tradução

Comparar lado a lado