1 जब हिजकिया राजाले यो कुरा सुने, तब तिनले आफ्ना लुगा च्याते र भाङ्ग्रा लगाएर याहवेहको मन्दिरभित्र गए।
2 तिनले राजमहलका प्रशासक एल्याकीम, सचिव शेब्ना र प्रमुख पुजारीहरूलाई भाङ्ग्रा लगाएर आमोजका छोरा यशैया अगमवक्ताकहाँ पठाए।
3 तिनीहरूले तिनलाई भने, “हिजकिया यसो भन्नुहुन्छ: आजको दिन छोराछोरी जन्मनै लाग्दा आमामा बच्चा जन्माउन बल नभएकोझैँ कष्ट, निन्दा र तिरस्कारको दिन भएको छ।
4 सायद याहवेह तपाईंका परमेश्वरले मैदानका सेनापतिले भनेका कुरा सुन्नुभएको छ होला, जसलाई तिनका मालिक अश्शूरका राजाले जीवित परमेश्वरलाई ठट्टा गर्न पठाएका छन्। याहवेह तपाईंका परमेश्वरले सुन्नुभएका कुराहरूका निम्ति तिनलाई हपार्नुहुनेछ। यसकारण बाँचेकाहरूका निम्ति प्रार्थना गरिदिनुहोस्।”
5 जब राजा हिजकियाका अधिकृतहरू यशैयाकहाँ आए,
6 तब यशैयाले तिनीहरूलाई भने, “तिमीहरूका मालिकलाई भन, ‘याहवेह यसो भन्नुहुन्छ: तैँले सुनेका ती शब्दहरूका कारण नडरा, जसद्वारा अश्शूरको राजाका अधीनमा रहेका मानिसहरूले मेरो निन्दा गरेका छन्।
7 सुन्! म त्यसभित्र यस्तो आत्मा हालिदिनेछु, र त्यसले केही खबर सुनेर त्यो आफ्नै देशमा फर्केर जानेछ। अनि त्यहीँ त्यसलाई म तरवारले मार्न लाउनेछु।’ ”
8 त्यस मैदानका सेनापतिले अश्शूरका राजा लाकीशबाट गएका कुरा सुने। तब तिनी फर्केर गए, र राजालाई लिब्नाको विरुद्धमा लडाइँ गरिरहेका भेट्टाए।
9 अब सनहेरीबले कूशी राजा तिर्हाकाह आफूसित लडाइँ गर्न आइरहेका छन् भन्ने खबर पाए। त्यो सुनेपछि तिनले यो वचनसहित हिजकियाकहाँ दूतहरू पठाए:
10 “यहूदाका राजा हिजकियालाई यसो भन्नू: तिमीले भर पर्ने परमेश्वरले ‘यरूशलेम अश्शूरका राजाको हातमा दिइनेछैन’ भनेर तिमीलाई छल गर्न नपाऊन्।
11 अश्शूरका राजाहरूले सबै देशहरूलाई के गरेका छन् र कसरी सम्पूर्ण रूपले नाश गरेका छन् भनी तिमीले निश्चय नै सुनेका छौ, तब के तिमी छुटाइने छौ त?
12 के मेरा पितापुर्खाहरूले नाश गरेका जातिहरूका देवताहरूले तिनीहरूलाई छुटाए? अर्थात् गोजान, हारान, रेसेप र तेल-अस्सारमा बस्ने अदनका मानिसहरूलाई तिनीहरूका देवताहरूले छुटाए?
13 हमातका राजा, अर्पादका राजा, लाइर, सपर्बेम, हेना र इव्वाका राजाहरू कहाँ छन्?”
14 हिजकियाले ती दूतहरूबाट पत्र पाए र त्यसलाई पढे। तब तिनी याहवेहको मन्दिरमा गए, र पत्रलाई याहवेहको सामु खोलेर राखिदिए।
15 तब हिजकियाले याहवेहसित प्रार्थना गरे:
16 “हे सेनाहरूका याहवेह, इस्राएलका परमेश्वर, करूबहरूका बीचमा सिंहासनमा विराजमान हुनुहुने, तपाईं मात्र संसारका सबै राज्यहरूमाथि परमेश्वर हुनुहुन्छ। तपाईंले नै स्वर्ग र पृथ्वी बनाउनुभयो।
17 हे याहवेह, आफ्नो कान थापेर सुन्नुहोस्। हे याहवेह, आफ्ना आँखा खोलेर हेर्नुहोस्; सनहेरीबले जीवित परमेश्वरको अपमान गर्न पठाएका सबै कुराहरू सुन्नुहोस्।
18 “हे याहवेह, अश्शूरका राजाहरूले सबै मानिसहरू र तिनका देशहरूलाई उजाड पारेका कुरा साँचो हो।
19 तिनीहरूले उनीहरूका देवताहरूलाई आगोमा हालेर नष्ट गरिदिएका छन्; किनकि तिनीहरूका देवता परमेश्वर थिएनन्, तर मानिसहरूका हातले तयार गरिएका काठ र ढुङ्गा मात्र थिए।
20 अब हे याहवेह, हाम्रा परमेश्वर, हामीलाई त्यसको हातबाट बचाउनुहोस् र पृथ्वीका सम्पूर्ण राज्यहरूले, हे याहवेह, तपाईं मात्र परमेश्वर हुनुहुन्छ भनी जानून्।”
21 तब आमोजका छोरा यशैयाले हिजकियालाई खबर पठाए: “याहवेह, इस्राएलका परमेश्वर यसो भन्नुहुन्छ: तैँले अश्शूरको राजा सनहेरीबको विषयमा मसँग प्रार्थना गरिस्,
22 यसकारण याहवेहले त्यसको विरुद्ध यो कुरा बोल्नुभएको छ:
23 तैँले कसको ठट्टा र निन्दा गरेको छस्?
24 आफ्ना दूतहरूद्वारा
25 मैले परदेशमा इनारहरू खनेको छु,
26 “के तैँले सुनेको छैनस्?
27 त्यसका मानिसहरू शक्तिहीन भई,
28 “तर तँ कहाँ बस्छस्,
29 तँ मेरो विरुद्धमा रिसाएकोले
30 “हे हिजकिया, तेरा निम्ति यो चिन्ह हुनेछ:
31 एकपल्ट फेरि यहूदाका घरानाका बाँकी रहेकाले जमिनमा जरा हाल्नेछन्,
32 किनकि यरूशलेमबाट एउटा बाँचेको भाग
33 “यसकारण अश्शूरको राजाको विषयमा याहवेह यसो भन्नुहुन्छ:
34 त्यो त आफू आएकै बाटो भएर फर्कनेछ;
35 “म यस सहरलाई,
36 त्यस रात याहवेहका दूतले बाहिर गएर अश्शूरहरूको छाउनीमा एक लाख पचासी हजार मानिसहरूलाई मारे। भोलिपल्ट बिहानै मानिसहरू उठ्दा सबै मरेका लासहरू मात्र देखे!
37 यसकारण अश्शूरका राजा सनहेरीब छाउनी भत्काएर हटिगए। तिनी निनवेमा फर्केर त्यहीँ बसे।
38 एक दिन तिनी आफ्ना देवता निस्रोकको मन्दिरमा पूजा गरिरहेको बेला तिनका छोराहरू अद्रम्मलेक र शरेसेरले तिनलाई तरवारले मारे; र तिनीहरू अरारातको देशमा भागे। अनि तिनका छोरा एसरहदोन तिनीपछि राजा भए।