Gênesis 36

NPIONCB

1 एसावको (अर्थात् एदोमको) विवरण यही हो।

2 एसावले कनानी स्त्रीहरूबाट हित्ती एलोनकी छोरी आदा, हिव्वी सिबोनकी नातिनी र अनाकी छोरी ओहोलीबामा,

3 र नबायोतकी बहिनी इश्माएलकी छोरी बासमतलाई पनि आफ्नी पत्नी तुल्याए।

4 एसावको निम्ति आदाले एलीपज, बासमतले रूएल,

5 अनि ओहोलीबामाले येऊश, यालाम र कोरह जन्माइन्। यिनीहरू एसावका छोराहरू थिए, जो कनानमा जन्मेका थिए।

6 एसाव आफ्ना पत्नीहरू, छोराहरू, छोरीहरू, आफ्ना घरानाका सदस्यहरूका साथै गाईबस्तु र आफ्ना सबै जनावरहरू र तिनले कनानमा प्राप्‍त गरेका सबै कुराहरू लिएर आफ्नो भाइ याकोबदेखि टाढा अर्कै देशमा गए।

7 तिनीहरूका धनसम्पत्ति धेरै भएकोले तिनीहरू एकसाथ बस्‍न सकेनन्; तिनीहरूका गाईबस्तुका कारण तिनीहरू बसोबास गरेको देशले दुवैलाई धान्‍न सकेन।

8 यसकारण एसाव (अर्थात् एदोम) सेइरको पहाडी मुलुकमा बसोबास गरे।

9 सेइरको पहाडी मुलुकमा भएका एदोमीहरूका पुर्खा एसावको विवरण यही हो।

10 एसावका छोराहरूका नाम यिनै हुन्:

11 एलीपजका छोराहरू:

12 एसावका छोरा एलीपजकी एउटी उपपत्नी पनि थिइन्; जसको नाम तिम्ना थियो, जसले तिनका निम्ति अमालेकलाई जन्माइन्। यिनीहरू एसावकी पत्नी आदाका नातिहरू थिए।

13 रूएलका छोराहरू:

14 अनाकी छोरी र सिबोनकी नातिनी, ओहोलीबामाले एसावका निम्ति जन्माएका छोराहरू यिनै हुन्:

15 एसावका सन्तानहरूमध्ये मुखियाहरूचाहिँ यिनै हुन्:

16 कोरह, गाताम र अमालेक। यिनीहरू नै एदोममा भएका एलीपजका सन्तानका मुखियाहरू थिए; तिनीहरू आदाका नातिहरू थिए।

17 एसावका छोरा रूएलका छोराहरू:

18 एसावकी पत्नी ओहोलीबामाका छोराहरू:

19 यिनीहरू एसावका (अर्थात् एदोमका) छोराहरू थिए; र यिनीहरू नै तिनीहरूका मुखियाहरू थिए।

20 त्यस इलाकामा बस्‍ने होरीत सेइरका छोराहरू यिनै थिए:

21 दीशोन, एसेर, र दीशान। एदोम देशमा सेइरका यी छोराहरू होरीतवंशीका मुखियाहरू थिए।

22 लोतानका छोराहरू:

23 शोबालका छोराहरू:

24 सिबोनका छोराहरू:

25 अनाका सन्तानहरू:

26 दीशानका छोराहरू:

27 एसेरका छोराहरू:

28 दीशानका छोराहरू:

29 यिनीहरू होरी जातिका मुखियाहरू थिए:

30 दीशोन, एसेर र दीशान।

31 कुनै इस्राएली राजाले राज्य गर्नुभन्दा अगि एदोममा राज्य गर्ने राजाहरू यिनै थिए:

32 बओरका छोरा बेला एदोमका राजा भए। तिनको सहरको नाम दिन्हावा राखियो।

33 बेलाको मृत्युपछि, बोज्रामा बस्‍ने जेरहका छोरा योबाब तिनको ठाउँमा राजा भए।

34 योबाबको मृत्युपछि, तेमानीहरूको देशमा बस्‍ने हूशाम तिनको ठाउँमा राजा भए।

35 हूशामको मृत्युपछि, मोआबको देशमा मिद्यानलाई जित्ने बेददका छोरा हदद तिनको ठाउँमा राजा भए। तिनको सहरको नाम अवीत राखियो।

36 हददको मृत्युपछि, मस्रेकामा बस्‍ने शम्‍ला तिनको ठाउँमा राजा भए।

37 शम्‍लाको मृत्युपछि, यूफ्रेटिस नदी नजिकै बस्‍ने रहोबोतका शौल तिनको ठाउँमा राजा भए।

38 शौलको मृत्युपछि, अक्बोरका छोरा बाल-हानान तिनको ठाउँमा राजा भए।

39 अक्बोरका छोरा बाल-हानानको मृत्युपछि, हदद तिनको ठाउँमा राजा भए। तिनको सहरको नाम पाऊ राखियो। तिनकी पत्नीको नाम महेतबेल थियो, जो मत्रेदकी छोरी र मेजहाबकी नातिनी थिइन्।

40 तिनीहरूका वंश र क्षेत्रअनुसार एसावका सन्तानका मुखियाहरूका नाम यिनै हुन्:

41 ओहोलीबामा, एलाह, पीनोन,

42 कनज, तेमान, मिब्सार,

43 मग्दीएल र ईराम।

Ler em outra tradução

Comparar lado a lado