Ezequiel 32

NPIONCB

1 बाह्रौँ वर्षको बाह्रौँ महिनाको पहिलो दिनमा, याहवेहको यो वचन मकहाँ आयो,

2 “हे मानिसको छोरा, इजिप्टका राजा फारोको बारेमा विलाप गरेर त्यसलाई भन्:

3 “ ‘प्रभु याहवेह यसो भन्‍नुहुन्छ:

4 म तँलाई जमिनमा पछार्नेछु,

5 म तेरो मासु पहाडहरूमाथि फिँजाइदिनेछु,

6 म तेरो बगिरहेको रगतले

7 जब म तेरो अन्त्य गर्नेछु, तब म आकाशलाई ढाकिदिनेछु;

8 आकाशमा सबै चम्कने ज्योतिहरूलाई

9 जब म जातिहरूका बीचमा तैँले नजानेका देशहरूमा

10 जब म जातिहरूको विरुद्धमा तिनीहरूको सामु आफ्नो तरवार चलाउँछु,

11 “ ‘किनकि प्रभु याहवेह यसो भन्‍नुहुन्छ:

12 म तेरो सेना दलहरूलाई

13 म त्यसका सबै गाईबस्तुहरूलाई

14 तब म त्यसका पानीहरूलाई सङ्लो पार्नेछु,

15 जब म इजिप्टलाई उजाड पारेर

16 “यो विलापको गीत तिनीहरूले त्यसका निम्ति गाउनेछन्। जातिहरूका स्त्रीहरूले यसलाई गाउनेछन्; किनकि इजिप्ट र त्यसका सबै सेना दलहरूका निम्ति तिनीहरूले त्यो गाउनेछन्, प्रभु याहवेह घोषणा गर्नुहुन्छ।”

17 बाह्रौँ वर्षको पहिलो महिनाको पन्ध्रौँ दिनमा, याहवेहको वचन मकहाँ आयो:

18 “हे मानिसको छोरा, इजिप्टका सेना दलहरूका निम्ति विलाप गरेर त्यसलाई र शक्तिशाली राष्ट्रहरूका छोरीहरूलाई चिहानमा जानेहरूसँगै पृथ्वीको तलतिर पठाइदे।

19 तिनीहरूलाई भन्, ‘के तिमीहरूले अरूभन्दा बढी निगाह पाएका छौ र? तल जाओ र खतना नभएकाहरूका बीचमा सुतिरहो।’

20 तिनीहरू तरवारले मारिएकाहरूका बीचमा ढल्नेछन्। तरवार निकालिएको छ; त्यो आफ्ना सबै सेना दलहरूसँगै घिसारिओस्।

21 मृत-लोकका शक्तिशाली अगुवाहरूले इजिप्ट र त्यसका मित्रहरूको बारेमा भन्‍नेछन्, ‘तिनीहरू तल आएका छन् र तिनीहरू तरवारले मारिएकाहरू र खतना नभएकाहरूसित सुतिरहेका छन्।’

22 “अश्शूर त्यसका आफ्ना सबै सेनासँग त्यहीँ छ; ती सबै मारिएकाहरूका चिहानहरूले घेरिएका छन्; सबै तरवारद्वारा ढालिएका छन्।

23 तिनीहरूका चिहान पृथ्वीको गहिराइमा छ, र त्यसको सेना चिहानको चारैतिर लडिरहेका छन्। जीवितहरूको देशमा आतङ्क फैलाउनेहरू सबै मारिएका छन्, र तरवारले ढालिएका छन्।

24 “त्यहाँ एलाम छ, र त्यसको चिहानको वरिपरि त्यसका सबै सेना दलहरूले घेरेका छन्। ती सबै मारिएकाहरू तरवारद्वारा ढालिएका हुन्, जो जीवितहरूको देशमा आतङ्क फैलाउनेहरू सबै खतना नगरी तल पृथ्वीमा गएका छन्, जो जीवितहरूका देशमा आतङ्क फैलाउनेहरू थिए; तिनीहरू मृत-लोकमा जानेहरूसँगै शर्ममा परेका छन्।

25 त्यसका निम्ति मारिएकाहरूसित एउटा ओछ्यान बनाइदिएका छन्; त्यसका सेनाहरूका चिहान त्यसकै वरिपरि छन्। तिनीहरू सबै खतना नभएकाहरू र तरवारद्वारा मारिएकाहरू हुन्। जीवितहरूको देशमा तिनीहरूका आतङ्क फैलिएको कारण तिनीहरूले मृत-लोकमा जानेहरूसँग तिनीहरूका शर्म भोग्छन्; तिनीहरू मारिएकाहरूसँग गाडिएका छन्।

26 “मेशेक र तूबल त्यहाँ छन्, र तिनीहरूका सबै सेना दलहरू तिनीहरूका चिहानको वरिपरि छन्। तिनीहरू सबै खतना नभएकाहरू हुन्, र तरवारद्वारा मारिएकाहरू हुन्; किनकि तिनीहरूले जीवितहरूको देशमा आफ्नो आतङ्क फैलाएका थिए।

27 तर तिनीहरू अरू खतना नभएका सेनाहरूसित सुतिरहनेछैनन्, जो आफ्ना लडाइँका हतियारहरूसितै मृत-लोकमा गए। तिनीहरूका तरवारहरू तिनीहरूका शिरमुनि राखिएका छन्, र तिनीहरूका ढाल तिनीहरूका हड्डीहरूसँग रहिरहेको छ। यद्यपि यी योद्धाहरूले पनि जीवितहरूका देशलाई आतङ्कित तुल्याएका थिए।

28 “हे फारो, तँ पनि नष्‍ट हुनेछस् र तरवारद्वारा मारिएकाहरू र खतना नभएकाहरूका बीचमा रहिरहनेछस्।

29 “एदोम, त्यसका राजाहरू र सबै राजकुमारहरू त्यहाँ छन्; तिनीहरू शक्तिशाली भए तापनि तिनीहरू तरवारद्वारा मारिएकाहरूसितै राखिएका छन्। तिनीहरू मृत-लोकमा जाने खतना नभएकाहरूसितै रहिरहेका छन्।

30 “उत्तर दिशाका सबै राजकुमारहरू र सबै सीदोनीहरू त्यहाँ छन्; तिनीहरूका सेनाका शक्तिद्वारा आतङ्क फैलाएका भए तापनि तिनीहरू मारिगएकाहरूसँग भएको कारण अपमानित भएका छन्। तिनीहरू तरवारले मारिएका र खतना नभएकाहरूसँग रहिरहेका छन्; अनि मृत-लोकमा जानेहरूसित शर्ममा परेका छन्।

31 “फारो, त्यो र त्यसका सेनाले तिनीहरूलाई देख्नेछन्, र त्यसका सबै सेना दलहरूले तरवारद्वारा मारिएकाहरूका निम्ति त्यसलाई सान्त्वना दिनेछन्, प्रभु याहवेह घोषणा गर्नुहुन्छ।

32 यद्यपि मैले त्यसलाई जीवितहरूका देशमा आतङ्क फैलाउन दिएको थिएँ, तापनि फारो र त्यसका सबै सेना दलहरू तरवारद्वारा मारिएकाहरू र ती खतना नभएकाहरूका बीचमा रहिरहनेछन्, प्रभु याहवेह घोषणा गर्नुहुन्छ।”

Ler em outra tradução

Comparar lado a lado