Ezequiel 31

NPIONCB

1 एघारौँ वर्षको तेस्रो महिनाको पहिलो दिनमा, याहवेहको यो वचन मकहाँ आयो:

2 “हे मानिसको छोरा, इजिप्टको राजा फारो र त्यसका सेनाका दलहरूलाई भन्:

3 अश्शूरलाई विचार गर्, एक समयमा लेबनानको

4 त्यसलाई पानीले पालनपोषण गर्‍यो;

5 यसरी त्यो खेतका

6 आकाशका सबै पक्षीहरूले

7 त्यसका फैलिएका हाँगाहरूसित

8 परमेश्‍वरको बगैँचामा भएका देवदारुहरूसित

9 प्रशस्त हाँगाहरूसित

10 “ ‘यसकारण प्रभु याहवेह यसो भन्‍नुहुन्छ: त्यो बाक्लो पातहरूमाथि ठूलो अग्लो टुप्पो भएको कारण र आफ्नो उँचाइमाथि त्यसले घमण्ड गरेको हुनाले,

11 त्यसको दुष्‍टताअनुसार त्यसमाथि व्यवहार गरिनका लागि मैले त्यसलाई जाति-जातिहरूका शासकको हातमा सुम्पिदिएँ। मैले त्यसलाई एकातिर फ्याँकिदिएँ;

12 अनि त्यसलाई विदेशी जातिहरूमध्ये अति निर्दयीहरूले काटेर ढालिदिए र छोडिदिए। त्यसका हाँगाहरू पर्वतहरूमा र सबै बेँसीहरूमा खसे; त्यसका हाँगाहरू देशका सबै खोल्साहरूमा भाँचिएर लडिरहे। पृथ्वीका सबै जातिहरू त्यसका छायामुनिबाट निस्के र त्यसलाई छोडिदिए।

13 आकाशका सबै चराचुरुङ्गीहरू ढलेको रूखमाथि बसोबास गरे; अनि जङ्गलका सबै जनावरहरू हाँगाहरूमा बसे।

14 यसकारण पानीको छेउमा भएका अरू कुनै पनि रूखहरू घमण्डसाथ आफ्ना बाक्ला पातहरूमाथि उचाइमा कहिल्यै बढ्नेछैनन्। पानी प्रशस्त पुगेका अरू कुनै पनि रूखहरू कहिल्यै यत्रो उचाइसम्म पुग्नेछैनन्; तिनीहरू तल पृथ्वीमा मानिसहरूको बीचमा जानलाई मृत्युको निम्ति तोकिएका छन्, जो तल मरणशील मानिसहरूमाझ चिहानमा जानेछन्।

15 “ ‘प्रभु याहवेह यसो भन्‍नुहुन्छ: त्यो मृत-लोकमा लगिएको दिन मैले त्यसका निम्ति ठूलो शोकको रूपमा गहिरा झरनाहरूलाई छोपिदिएँ; मैले त्यसका खोलाहरू रोकिदिएँ; अनि त्यसका प्रशस्त पानीका स्रोतहरू रोकिए। यसैकारण मैले लेबनानलाई अन्धकारले छोपिदिएँ र जङ्गलका सबै रूखहरू ओइलाए।

16 जब मैले त्यसलाई तल खाडलमा जानेहरूसित तल मृत-लोकमा झारेँ, त्यसको पतनमा मैले राष्ट्रहरूलाई थरथर काम्न लगाएँ, तब अदनका सबै रूखहरू, लेबनानका सबैभन्दा असल र अति उत्तम रूखहरू, प्रशस्त पानी पाएर सप्रेका सबै रूखहरूले पृथ्वीमुनि सान्त्वना पाए।

17 तिनीहरू पनि महान् देवदारुजस्ता त्यसका छायामा बस्‍ने जाति-जातिहरू, अथवा तरवारले युद्धमा मारिएका सेनाहरूसित नै तल मृत-लोकमा गएका थिए।

18 “ ‘वैभव र गौरवमा अदनका अरू कुन रूखहरू तँसित तुलना गर्न सकिन्छ? तर पनि तँ अदनका रूखहरूसँगै तल पृथ्वीमुनि मृत-लोकमा खसालिनेछस्; तँ ती खतना नभएकाहरूका बीचमा तरवारले मारिएकाहरूका साथमा सुतिरहनेछस्।

Ler em outra tradução

Comparar lado a lado