Eclesiastes 9

NPIONCB

1 यसकारण मैले यी सबै कुरामा सोचविचार गरेँ, र यो निष्कर्षमा पुगेँ: धर्मी र बुद्धिमान् र तिनका कामहरू परमेश्‍वरका हातमा छन्; तर कुनै पनि मानिसलाई प्रेम वा घृणा कुन चाहिँले त्यसलाई पर्खिराखेको हुन्छ भनेर थाहा हुँदैन।

2 सबैको गन्तव्य समान हुन्छ—धर्मी र अधर्मी, असल र खराब, औपचारिक रूपमा शुद्ध र अशुद्ध; बलिदान चढाउने र नचढाउने सबैको।

3 सूर्यमुनि जे जति कुराहरू हुन्छन्, ती सबैमा दुष्‍टता छ: सबैको एउटै गन्तव्य हुन्छ। यसकासाथै मानिसहरूका हृदय खराबीले भरिएका हुन्छन्। तिनीहरू बाँचुन्जेल तिनीहरूका मन पागलपनाले भरिन्छ; त्यसपछि ती सबै मरेकाहरूकहाँ जान्छन्।

4 जो बाँचिरहने मानिसहरूका बीचमा हुन्छ, त्यसका लागि आशा छ—मरेको सिंहभन्दा त जिउँदो कुकुर नै असल हो!

5 किनभने जिउँदाहरूले उनीहरू मर्नेछन् भनेर जान्दछन्;

6 तिनीहरूका प्रेम, घृणा

7 आफ्नो बाटो लाग, आनन्दसाथ आफ्नो भोजन गर, आनन्दित हृदयले आफ्नो दाखमद्य पिऊ; किनकि परमेश्‍वर अगिदेखि नै तिम्रा कामहरूसँग खुशी हुनुहुन्छ।

8 सधैँ सेता वस्त्र लगाऊ; र सधैँ आफ्नो शिरमा तेल लगाऊ।

9 आफ्नी पत्नीसँग जीवनको आनन्द लेओ, जसलाई तिमी प्रेम गर्छौ, यस अर्थहीन जीवनका सारा दिनहरू, जुन परमेश्‍वरले तिमीलाई सूर्यमुनि दिनुभएको छ—सबै अर्थहीन दिनहरूमा आनन्द भोग गर। किनकि यस जीवनमा र सूर्यमुनि तिमीले गरेको परिश्रमको भाग त्यही हो।

10 तिम्रा हातले जे काम गर्न सक्छ, त्यो आफ्नो पूरा शक्तिले गर; किनकि चिहानमा, जहाँ तिमी जान्छौ, त्यहाँ न कुनै काम, न त केही योजना; न ज्ञान, न त बुद्धि नै हुनेछ।

11 मैले सूर्यमुनि अर्को एउटा कुरा देखेको छु:

12 यसबाहेक कुनै पनि मानिसले आफ्नो समय कहिले आउनेछ भनी जान्दैन;

13 मैले सूर्यमुनि अर्को बुद्धिको उदाहरण पाएँ, जसले ममाथि ठूलो प्रभाव पार्‍यो:

14 थोरै जनसंख्या भएको एउटा सानो सहर थियो; अनि एउटा शक्तिशाली राजाले त्यसलाई आक्रमण गर्न आए। तिनले चारैपट्टिबाट त्यसलाई घेरे, र त्यसका विरुद्धमा चारैतिर घेराबन्दी पर्खाल बनाए।

15 अनि त्यसै सहरमा एक जना गरिब, तर बुद्धिमान् मानिस बास गर्थ्यो; र त्यसले आफ्नो बुद्धिले त्यस सहरलाई बचायो। तर त्यस गरिबलाई कसैले स्मरण गरेनन्।

16 त्यसैले मैले भनेँ, “बुद्धि बलभन्दा असल हो।” तर गरिबको बुद्धिको अवहेलना हुन्छ, त्यसपछि त्यसका कुरामा कसैले ध्यान दिँदैनन्।

17 मूर्ख राजाको उच्‍च सोरभन्दा

18 युद्धका हातहतियारभन्दा बुद्धि उत्तम हो;

Ler em outra tradução

Comparar lado a lado