Eclesiastes 8

NPIONCB

1 बुद्धिमान् मानिसजस्तो को छ र?

2 म भन्दछु, राजाको आज्ञापालन गर; किनकि तिमीले परमेश्‍वरसामु शपथ खाएका छौ।

3 राजाको उपस्थितिबाट गइहाल्न हतार नगर। खराबीको पक्षमा खडा नहोऊ; किनकि तिनले आफूलाई जे गर्न इच्छा लाग्छ, त्यही नै गर्नेछन्।

4 राजाको बोली आधिकारिक हुनाले कसले तिनलाई यसरी भन्‍न सक्ला, “हजुर यो के गर्दै हुनुहुन्छ?”

5 जसले उहाँका आज्ञापालन गर्दछ, त्यसलाई केही हानि हुँदैन;

6 यद्यपि मानिसमाथि धेरै दुःख-कष्‍ट आए तापनि

7 भविष्यको बारेमा कसैले नजानेको हुनाले;

8 जसरी कुनै मानिससित हावालाई थाम्ने शक्ति छैन;

9 सूर्यमुनि गरिने सबै कामलाई विचार गरेर हेर्दा मैले यी सबै देखेँ। यस्तो एक समय हुन्छ, अर्कोमाथि कठोर शासन गर्ने मानिसले आफ्नै हानि गर्छ।

10 मैले दुष्‍ट मानिसहरू आदरपूर्वक गाडिएका पनि देखेँ—जो पवित्रस्थानबाट आउने-जाने गर्दथे, र तिनले खराबी गरेकै सहरमा प्रशंसा पाउँदथे; यो पनि अर्थहीन हो।

11 जब अपराध कार्यको निम्ति तुरुन्तै दण्ड दिइँदैन, तब मानिसको मन दुष्कर्म गर्ने इच्छाले भरिन्छ।

12 यद्यपि एक दुष्‍टले एक सय अपराध गरेर पनि धेरै दिनसम्म बाँचिरहला; तापनि म यो जान्दछु, परमेश्‍वरको भय मान्‍ने र उहाँप्रति श्रद्धा गर्ने मानिसलाई असल नै हुनेछ।

13 तर दुष्‍टले परमेश्‍वरको डर नमान्‍ने भएकोले त्यसलाई असल हुनेछैन; र त्यसको आयु बेलुकीको लामो छायाजस्तो हुनेछैन।

14 यसबाहेक पृथ्वीमा हुने अर्को अर्थहीन कुरा छ: अधर्मीले पाउनुपर्ने दण्ड धर्मीले पाउँदछ, र धर्मीले पाउनुपर्ने पुरस्कार अधर्मीले पाउँदछ; मैले भनेँ, यो पनि अर्थहीन छ।

15 यसैले म जीवनमा आनन्द गर्ने सल्‍लाह दिँदछु, किनकि मानिसलाई सूर्यमुनि खानु, पिउनु र रमाइलो गर्नुभन्दा अरू उत्तम कुरा केही छैन। सूर्यमुनि परमेश्‍वरले जति दिनहरू मानिसलाई दिनुभएको छ, उसको त्यही परिश्रमलाई नै आनन्दले साथ दिनेछ।

16 जब मैले आफ्नो बुद्धि जान्‍नमा र पृथ्वीमाथि दिनरात नसुती गरिने मानिसहरूका परिश्रम हेर्नमा मन लगाएँ,

17 तब मैले परमेश्‍वरका सारा कार्यहरूलाई देखेँ। सूर्यमुनि के-के हुन्छन्, ती कसैले बुझ्न सक्दैन; तिनको खोजी गर्न जति नै प्रयास गरे तापनि मानिसले तिनको अर्थ पत्ता लगाउन सक्दैन। कुनै बुद्धिमान् मानिसले म जान्दछु भनी दाबी गरे तापनि त्यसले वास्तवमा त्यो बुझेकै हुँदैन।

Ler em outra tradução

Comparar lado a lado