Eclesiastes 3

NPIONCB

1 हरेक कुराका लागि समय छ;

2 जन्मने एउटा समय र मर्ने एउटा समय;

3 मार्ने एउटा समय र निको पार्ने एउटा समय;

4 रुने एउटा समय र हाँस्‍ने एउटा समय;

5 ढुङ्गाहरू छरपस्ट पार्ने एउटा समय र ती बटुल्ने एउटा समय;

6 खोज्ने एउटा समय र छोडिदिने एउटा समय;

7 च्यात्ने एउटा समय र टाल्ने एउटा समय;

8 प्रेम गर्ने एउटा समय र घृणा गर्ने एउटा समय;

9 काम गर्नेले मेहनतका साथ आफूले गरेको परिश्रमबाट के लाभ पाउँछ र?

10 मानव जातिहरूमाथि परमेश्‍वरले राखिदिनुभएको बोझ मैले देखेको छु, ताकि तिनीहरू त्यसैमा अल्झिरहून्।

11 सबै कुराहरू उहाँले ठिक समयमा सुन्दर बनाउनुभएको छ। उहाँले मानिसका हृदयमा अनन्तता राखिदिनुभएको छ; तापनि सुरुदेखि अन्त्यसम्म परमेश्‍वरले जे जति काम गर्नुभयो, सो तिनीहरूले बुझ्न सक्दैनन्।

12 म जान्दछु, मानिसको निम्ति तिनीहरू बाँचुन्जेल खुशी रहनु र असल काम गर्नुबाहेक तिनमा अरू कुनै उत्तम कुरा छैन।

13 आफ्ना सारा परिश्रममा खुशी रहनु, खानु र पिउनु नै मानिसलाई परमेश्‍वरको दान हो।

14 म जान्दछु, परमेश्‍वरले जे गर्नुहुन्छ, त्यो सदासर्वदा रहिरहन्छ; त्यसमा केही थप्न वा घटाउन सकिँदैन। मानिसहरूले उहाँको भय मानून् भनेर परमेश्‍वरले यसो गर्नुहुन्छ।

15 जे भइरहेको छ, त्यो अगिबाटै भइसकेको थियो;

16 त्यसबाहेक मैले सूर्यमुनि अरू यस्ता कुरा देखेँ:

17 मैले आफ्नो मनमनै भनेँ,

18 मैले मनमै यो पनि विचार गरेँ, “मानिसलाई चाहिँ परमेश्‍वरले जाँच गर्नुहुन्छ, ताकि तिनीहरू जनावरजस्तै छन् भनी बुझ्न सकून्!

19 मानिसको अन्त्य पनि जनावरको जस्तै हुन्छ; दुवैको एउटै अन्त्य हुन्छ, जसरी एउटा मर्छ, अर्को पनि त्यसरी नै मर्छ। दुवैको सास एउटै हो; मानिसलाई जनावरको भन्दा बढी केही लाभ छैन। सबै कुरा अर्थहीन हुन्।

20 सबै एकै ठाउँमा जान्छन्; सबै धुलोबाट आउँछन्, र धुलोमै फर्किजान्छन्।

21 मानिसको आत्मा उँभोतिर, र पशुको आत्माचाहिँ उँधो पृथ्वीतिर जान्छ भनेर कसले जान्दछ र?”

22 यसरी मैले देखेँ, मानिसलाई आफ्नो काममा आनन्द लिनुभन्दा अरू असल कुरो केही रहेनछ; किनभने त्यही नै उसको भाग हो। उसको मृत्युपछि के हुने हो, त्यो देखाउनलाई कसले उसलाई ल्याउन सक्छ र?

Ler em outra tradução

Comparar lado a lado