1 हे आकाश, सुन र म बोल्नेछु;
2 मेरो शिक्षा वर्षाजस्तै झर्नेछ,
3 म याहवेहको नामको घोषणा गर्नेछु,
4 उहाँ चट्टान हुनुहुन्छ; उहाँका कामहरू सिद्ध छन्,
5 तिनीहरू भ्रष्ट भएका छन् र तिनीहरू उहाँका सन्तान होइनन्;
6 हे मूर्ख र निर्बुद्धि मानिसहरू हो,
7 ती पुराना दिनहरूलाई सम्झ;
8 जब सर्वोच्चले जातिहरूलाई तिनीहरूका उत्तराधिकार दिनुभयो,
9 किनकि याहवेहको भाग उहाँका मानिसहरू नै हुन्;
10 उहाँले तिनलाई उजाडस्थानमा भेट्टाउनुभयो;
11 चीलले आफ्नो गुँडलाई चलाएझैँ,
12 याहवेह आफैँले तिनलाई डोर्याउनुभयो;
13 उहाँले तिनलाई पृथ्वीको अग्लो ठाउँहरूमा सवार गराउनुभयो;
14 बथान र बगालबाटको दही र दूधले,
15 यशूरून मोटो भयो, र त्यसले लात हान्यो;
16 तिनीहरूले उहाँलाई आफ्ना विदेशी देवी-देवताहरूको कारण डाही तुल्याए;
17 तिनीहरूले भूतहरूका निम्ति बलिदान चढाए, जो परमेश्वर होइनन्;
18 तिमीहरूलाई जन्माउने चट्टानलाई तिमीहरूले बिरानो तुल्यायौ;
19 याहवेहले यो कुरा देख्नुभयो; र तिनीहरूलाई त्यागिदिनुभयो।
20 उहाँले भन्नुभयो, “म आफ्नो मुहार तिनीहरूबाट लुकाउनेछु,”
21 जो ईश्वर नै होइन, त्यसैद्वारा तिनीहरूले मलाई डाही तुल्याए
22 किनकि मेरो क्रोधद्वारा आगो सल्केको छ।
23 म तिनीहरूमाथि विपत्तिहरू खडा गरिदिनेछु,
24 म तिनीहरूका विरुद्धमा विनाशकारी अनिकाल,
25 तिनीहरूलाई सडकहरूमा तरवारले निःसन्तान बनाउनेछ;
26 “मैले भनेँ, म तिनीहरूलाई छरपस्ट पार्नेछु;
27 तर म शत्रुको गिल्लादेखि डराएँ;
28 तिनीहरू त विवेक नभएका जाति हुन्।
29 यदि तिनीहरू अलिकति मात्र बुद्धिमानी भए त! यो कुरा बुझिदिएको भए,
30 कसरी एक जना मानिसले एक हजारलाई खेद्न सक्ला र?
31 किनकि हाम्रा शत्रुहरूले सोचेझैँ,
32 तिनीहरूका दाखरस त सदोमको दाखबाट,
33 तिनीहरूका दाखरस सर्पका विष हो,
34 के मैले यो जोगाएर राखेको छैनँ,
35 बदला लिने काम मेरो हो; म बदला लिनेछु,
36 जब याहवेहले आफ्नो जातिको बल घटेको
37 उहाँले भन्नुहुनेछ, “अहिले तिनीहरूका देवी-देवताहरू
38 तिनीहरूका बलिदानका बोसोहरू खाने देवी-देवताहरू
39 “अब हेर, म उही हुँ!
40 म आफ्नो हात स्वर्गतिर उठाउँछु, र शपथ खान्छु:
41 जब म मेरो चम्किलो तरवारमा धार लगाउँछु,
42 म मेरा काँडहरूलाई रगतले मताउनेछु;
43 हे जातिहरू हो, उहाँका मानिसहरूसँग रमाओ!
44 मोशा र नूनका छोरा यहोशू आएर मानिसहरूले सुन्ने गरी यस गीतका सबै वचनहरू सुनाए।
45 जब मोशाले सारा इस्राएलीहरूलाई यी सबै वचनहरू वाचन गरी सुनाए,
46 तब तिनले तिनीहरूलाई भने, “मैले आजको दिन तिमीहरूलाई गम्भीर रूपले घोषणा गरेका यी सबै वचनहरू हृदयमा लिनू; ताकि तिमीहरूले आफ्ना छोराछोरीहरूलाई यस व्यवस्थाका सबै वचन होसियारीसाथ पालन गर्नलाई आज्ञा दिन सक।
47 यी तिमीहरूका निम्ति व्यर्थका वचनहरू होइनन्, तर यी तिमीहरूका जीवन हुन्। यीद्वारा नै तिमीहरूले यर्दन पार गरेर अधिकार गर्नलाई जान लागेको देशमा तिमीहरू धेरै वर्षसम्म जिउनेछौ।”
48 त्यही दिन याहवेहले मोशालाई भन्नुभयो,
49 यरीहोको पारिपट्टि मोआब देशमा भएको अबारीमको नेबो पर्वतमा उक्लेर जा, र मैले इस्राएलीहरूलाई तिनीहरूका आफ्नै अधिकारको रूपमा दिन लागेको कनान देशलाई हेर्।
50 तँ उक्लेको पर्वतमा तँ मर्नेछस्; र त्यहाँ तेरा मानिसहरूसँग तँ मिल्नेछस्, जसरी होर पर्वतमा तेरा दाजु हारून मरे, र आफ्ना मानिसहरूसँग मिलेका थिए।
51 किनभने तिमीहरू दुवैले जीनको उजाडस्थानमा भएको कादेश मेरीबाको पानीमा इस्राएलीहरूको उपस्थितिमा मप्रति विश्वासघात गरेका थियौ; तिमीहरूले इस्राएलीहरूको बीचमा मेरो पवित्रतालाई कायम राखेनौ।
52 यसकारण तैँले टाढैबाट मात्र त्यस देशलाई देख्नेछस्; मैले इस्राएलीहरूलाई दिने देशमा तँ पस्न पाउनेछैनस्।