1 तब मैले मन्दिरबाट सात स्वर्गदूतहरूलाई चर्को सोरले यसो भनिरहेको सुनेँ, “जाओ, र परमेश्वरको क्रोधका सात कचौराहरू पृथ्वीमाथि खन्याइदेओ।”
2 तब पहिलो स्वर्गदूतले गएर आफ्नो कचौरा पृथ्वीमाथि खन्याइदिए; अनि त्यस पशुको छाप लागेका र त्यसको मूर्तिलाई पुज्ने मानिसहरूमा घिनलाग्दा र कष्टदायक घाउखटिरा निस्क्यो।
3 जब दोस्रो स्वर्गदूतले आफ्नो कचौरा समुद्रमा खन्याए, तब त्यो मरेको मानिसको रगतझैँ भइहाल्यो; अनि समुद्रमा भएका प्रत्येक जीवित प्राणीको मृत्यु भयो।
4 अनि तेस्रो स्वर्गदूतले आफ्नो कचौरा नदी र पानीका मूलहरूमा खन्याए; अनि ती रगत भइहाले।
5 अनि पानीका अधिकारी स्वर्गदूतले यसो भनिरहेका मैले सुनेँ:
6 किनकि तिनीहरूले तपाईंका सन्तहरू र अगमवक्ताहरूको रगत बगाएका छन्;
7 अनि वेदीबाट कसैले यसरी उत्तर दिइरहेको मैले सुनेँ:
8 जब चौथो स्वर्गदूतले आफ्नो कचौरा सूर्यमाथि खन्याए; तब सूर्यलाई यसको आगोले मानिसहरूलाई डढाउने अनुमति दिइयो।
9 तिनीहरू प्रचण्ड तापले डढे, र तिनीहरूले यी विपत्तिहरूमाथि अधिकार भएका परमेश्वरलाई सरापे; तर तिनीहरूले पश्चात्ताप गर्न र उहाँलाई महिमा दिन इन्कार गरे।
10 जब पाँचौँ स्वर्गदूतले त्यस पशुको सिंहासनमाथि आफ्नो कचौरा खन्याए, तब त्यसको राज्यमा अन्धकार छायो। मानिसहरूले कष्टमा आ-आफ्ना जिब्राहरू टोके,
11 अनि खटिरा र वेदनाको कारण स्वर्गका परमेश्वरलाई सरापे, तर तिनीहरूले गरेका कामहरूको लागि पश्चात्ताप गरेनन्।
12 जब छैटौँ स्वर्गदूतले आफ्नो कचौरा महानदी यूफ्रेटिसमाथि खन्याए; तब पूर्वका राजाहरूको लागि बाटो तयार होस् भनेर त्यसको पानी सुकिहाल्यो।
13 तब मैले भ्यागुताहरूजस्ता देखिने दुष्ट आत्माहरूलाई त्यस अजिङ्गरको मुखबाट, त्यस पशुको मुखबाट र त्यस झूटा अगमवक्ताको मुखबाट निस्किरहेको देखेँ।
14 तिनीहरू ती अलौकिक चिन्हहरू देखाउने दुष्ट आत्माहरू हुन्, तिनीहरू ती सारा संसारका राजाहरूलाई सर्वशक्तिमान् परमेश्वरको महान् दिनमा लडाइँ गर्न भेला गर्नलाई जान्छन्।
15 “हेर, म चोरजस्तो गरी आउनेछु! त्यो धन्यको हो, जो जागा रहन्छ, र जसले आफ्नो वस्त्रको रक्षा गर्छ, ताकि उसको नग्नताको शर्म नदेखियोस्।”
16 तब ती दुष्ट आत्माहरूले राजाहरूलाई हिब्रू भाषामा आरमागेड्डोन भन्ने ठाउँमा भेला गराए।
17 जब सातौँ स्वर्गदूतले आफ्नो कचौरा हावामा खन्याए; तब मन्दिरको सिंहासनबाट यसो भन्ने चर्को आवाज आयो, “अब सिद्धियो!”
18 अनि त्यहाँ बिजुलीको चमक, गड्याङ-गुडुङ, मेघ गर्जन र ठूलो भुइँचालो गयो। त्यो भुइँचालो यति ठूलो थियो, कि पृथ्वीमा मानव-जाति भएदेखि यता त्यस्तो कहिल्यै गएको थिएन।
19 त्यो महान् सहर तीन भागमा टुक्रियो, र सबै राष्ट्रहरूका सहरहरू ध्वंस भए। परमेश्वरले महान् बेबिलोनलाई सम्झनुभयो, र त्यसलाई आफ्नो भयानक क्रोधको मद्यले भरिएको कचौरा पिउन दिनुभयो।
20 प्रत्येक टापु लोप भएर गए, र पहाडहरू हराएर गए।
21 आकाशबाट पैँतालीस किलो तौल भएका ठूला-ठूला असिना मानिसहरूमाथि खसे; अनि विपत्ति निकै डरलाग्दो भएकाले असिनाको कारण मानिसहरूले परमेश्वरलाई सरापे।