Apocalipse 15

NPIONCB

1 मैले स्वर्गमा अर्को ठूलो र आश्‍चर्यजनक चिन्ह देखेँ: सात वटा अन्तिम विपत्तिहरू लिएका सात स्वर्गदूतहरू थिए। यी अन्तिम विपत्तिहरू हुन्; किनकि यी विपत्तिहरूसँगै परमेश्‍वरको क्रोध पूरा हुनेछ।

2 अनि मैले आगोसित मिसिएको काँचको समुद्रझैँ देखेँ; अनि समुद्रको किनारमा त्यो पशु र त्यसको मूर्ति अनि त्यसको नामको संख्यामाथि विजयी भएकाहरूलाई देखेँ। तिनीहरूले परमेश्‍वरले दिनुभएका वीणाहरू लिएका थिए।

3 तिनीहरूले परमेश्‍वरको सेवक मोशाको र थुमाको गीत गाए:

4 हे प्रभु, तपाईंको डर कसले मान्दैन?

5 त्यसपछि मैले स्वर्गमा मन्दिर उघारिएको देखेँ, जुनचाहिँ गवाहीको पाल हो।

6 त्यस मन्दिरबाट सात स्वर्गदूतहरू सात विपत्तिहरू लिएर बाहिर आए। तिनीहरूले सफा र चम्किलो मलमलको वस्त्र पहिरेका थिए, र छातीमा सुनका पेटी बाँधेका थिए।

7 तब ती चार जीवित प्राणीहरूमध्ये एक जनाले ती सात स्वर्गदूतहरूलाई सदासर्वदा जिउनुहुने परमेश्‍वरको क्रोधले भरिएका सात वटा सुनका कचौराहरू दिए।

8 अनि परमेश्‍वरको महिमा र उहाँको शक्तिबाट आएको धुवाँले मन्दिर भरियो; अनि ती सात स्वर्गदूतहरूका सात विपत्तिहरू पूरा नभएसम्म कोही पनि मन्दिरभित्र पस्‍न सकेन।

Ler em outra tradução

Comparar lado a lado