1 यहूदाका छोराहरू:
2 शोबालको छोरा रायाह, जो यहतका पिता थिए, र यहतचाहिँ अहूमै र लहदका पिता थिए। यिनीहरू नै सोरातीहरूका वंश थिए।
3 एतामका छोराहरू यिनै थिए:
4 पनीएल, गदोरका पिता थिए र एजेर हूशाहका पिता थिए।
5 तकोका पिता अशहूरका हेलाह र नारा नाम गरेका दुई पत्नीहरू थिए।
6 नाराले तिनका निम्ति अहुज्जाम, हेपेर, तेमनी र हाहशतारीलाई जन्माइन्। यिनीहरू नाराका सन्तानहरू थिए।
7 हेलाहका छोराहरू:
8 र कोस, जो अनूब र हज्जोबेबा अनि हारूमका छोरा अहर्हेलका वंशहरूका पिता थिए।
9 याबेस नाम गरेका एक जना मानिस थिए। तिनी आफ्ना दाजुभाइहरूभन्दा प्रतिष्ठित थिए। तिनकी आमाले “मैले यसलाई कष्टमा जन्माएँ,” भनेर तिनको नाम याबेश, राखिन्।
10 याबेसले इस्राएलका परमेश्वरलाई पुकार गरे, “हे प्रभु, तपाईंले मलाई आशिष् दिएर मेरो इलाका बढाइदिनुहोस्! तपाईंको हात ममाथि रहोस्; अनि मलाई हानिबाट बचाउनुहोस्, ताकि म पीडाबाट मुक्त हुन सकूँ।” परमेश्वरले तिनको बिन्ती सुन्नुभयो।
11 शूहहका भाइ कलूब मेहीरका पिता थिए। मेहीरचाहिँ एश्तोनका पिता थिए।
12 एश्तोनचाहिँ बेत-रापा, पसेह र तहिन्नाका पिता थिए। तहिन्नाचाहिँ इर-नहशका पिता थिए। यिनीहरू नै रेकाका सन्तानहरू थिए।
13 कनजका छोराहरू:
14 मनोतै ओप्राका पिता थिए।
15 यपून्नेको छोरा कालेबका छोराहरू:
16 यहललेलका छोराहरू:
17 एज्राहका छोराहरू:
18 यीचाहिँ फारोकी छोरी बित्याहका छोराछोरीहरू थिए। तिनै बित्याहलाई मेरेदले विवाह गरेका थिए।
19 नहमकी बहिनी होदिय्याहकी पत्नीका छोराहरू:
20 शिमोनका छोराहरू:
21 यहूदाका छोरा, शेलहका छोराहरू:
22 योकीम, कोजेबा, योआश र सारापका, मानिसहरू, जसले मोआब र यशूबी लेहेममा शासन गर्थे। (यी विवरणहरू प्राचीन कालदेखिका हुन्।)
23 तिनीहरू नतैम र गदेरामा बस्ने कुमालेहरू थिए। तिनीहरू त्यहाँ बसेर राजाको निम्ति काम गर्थे।
24 शिमियोनका सन्तानहरू:
25 शाउलका छोरा शल्लूम, नाति मिब्साम, र पनाति मिश्मा थिए।
26 मिश्माका सन्तानहरू:
27 शिमीका सोह्र जना छोराहरू र छ जना छोरीहरू थिए। तर तिनका दाजुहरूका धेरै छोराछोरीहरू भएनन्। यसकारण तिनीहरूको सम्पूर्ण वंश यहूदाका मानिसहरूजस्तै संख्यामा धेरै भएनन्।
28 तिनीहरू बेर्शेबा, मोलादाह, हसर-शूआल,
29 बिल्हा, एसेम, तोलाद,
30 बतूएल, होर्मा, सिक्लग,
31 बेथ-मर्काबोत, हसर-शूसीम, बेथ-बिरी र शारैममा बस्थे। दावीदले शासन नगरेसम्म तिनीहरूका नगरहरू यिनै थिए।
32 तिनीहरूका वरिपरिका गाउँहरू एताम, ऐन, रिम्मोन, तोकेन र आशान गरेर—जम्मा पाँच वटा नगरहरू थिए
33 र ती नगरहरू वरिपरिका गाउँहरू बालातसम्मै थिए। तिनीहरूका बस्ने ठाउँहरू यिनै थिए।
34 मशोबाब; यम्लेक;
35 योएल;
36 एल्योएनै; याकोबा; याशोहायाह;
37 अनि शिपीका छोरा जीजा, जो अल्लोनका नाति, यदायाहका पनाति, शिम्रीका खनाति र शमायाहका जनाति थिए।
38 माथि उल्लेख गरिएका नामका मानिसहरू तिनीहरूका वंशहरूका अगुवाहरू थिए।
39 तिनीहरू आफ्ना बगालका निम्ति खर्क खोज्न बेँसीको पूर्वपट्टि गदोरसम्म गए।
40 त्यहाँ तिनीहरूले प्रशस्त घाँस भएको असल खर्क, फराकिलो मैदान, शान्त र सुरक्षित ठाउँ भेट्टाए। तिनीहरूभन्दा पहिल्यै त्यहाँ केही हामवंशीहरू बसेका थिए।
41 माथि नाम उल्लेख गरिएका यी मानिसहरू यहूदाका राजा हिजकियाहको समयमा आएका थिए। तिनीहरूले हामवंशीहरूलाई तिनीहरू बसेकै ठाउँमा आक्रमण गरे। अनि त्यहाँ भएका मोनीहरूलाई पनि आक्रमण गरेर तिनीहरूलाई पूर्ण रूपमा नष्ट गरे। आजसम्म त्यहाँ तिनीहरूको नामनिशानै छैन। तब तिनीहरू उनीहरूका ठाउँमा बसोबास गर्न थाले। किनकि त्यहाँ तिनीहरूका बगालको निम्ति खर्क थियो।
42 अनि यी पाँच सय शिमियोनीहरूले यिशीका छोराहरू पलत्याह, नेरियाह, रपायाह र उज्जीएलको नेतृत्वमा सेइरको पहाडी मुलुकमाथि आक्रमण गरे।
43 तिनीहरूले बाँकी रहेका अमालेकीहरूलाई पनि मारे। तिनीहरू आजको दिनसम्म नै त्यहाँ बसेका छन्।