1 द्वारपालहरूका दलहरू यस प्रकारका थिए:
2 मेशेलेम्याहका छोराहरू:
3 पाँचौँ एलाम, छैटौँ यहोनान
4 ओबेद-एदोमका पनि छोराहरू थिए:
5 छैटौँ अम्मीएल,
6 ओबेद-एदोमका छोरा शमायाहका पनि छोराहरू थिए, जो आफ्ना पिताका परिवारमा अगुवाहरू थिए; किनकि तिनीहरू धेरै योग्यता भएका मानिसहरू थिए।
7 शमायाहका छोराहरू:
8 यी सबै ओबेद-एदोमका सन्तान थिए; तिनीहरू र तिनीहरूका छोराहरू र तिनीहरूका आफन्तहरू शक्तिशाली थिए। ओबेद-एदोमका सन्तानहरू जम्मा 62 जना थिए।
9 मेशेलेम्याहका छोराहरू र आफन्तहरू, जो योग्य मानिसहरू थिए। तिनीहरू जम्मा 18 जना थिए।
10 मरारी होसाका छोराहरू:
11 दोस्रो हिल्कियाह, तेस्रो तबल्याह
12 द्वारपालहरूका दलहरूका यी अगुवाहरूद्वारा याहवेहको भवनमा आफ्ना आफन्तहरूले सेवा गरेझैँ तिनीहरूलाई पनि सेवा गर्न भनी जिम्मेवारी दिइएका थिए।
13 जवान वा वृद्ध, आफ्ना घरानाअनुसार हरेक मूलढोकाका निम्ति चिट्ठा हाले।
14 पूर्वपट्टिको मूलढोकाको चिट्ठा शेलेम्याहलाई पर्यो।
15 दक्षिणपट्टिको मूलढोकाको चिट्ठा ओबेद-एदोमलाई पर्यो, र भण्डारको चिट्ठाचाहिँ ओबेद-एदोमका छोराहरूलाई पर्यो।
16 पश्चिमपट्टिको मूलढोका र माथिल्लो बाटोको शल्लेकेत मूलढोकाको चिट्ठा शुप्पीम र होसालाई पर्यो।
17 पूर्वपट्टि प्रत्येक दिन छ जना लेवीहरू पहरा बस्थे;
18 पश्चिमपट्टि चोकतिरको बाटोमा चार जना र चोकमा चाहिँ दुई जना खटिएका थिए।
19 कोरह र मरारीका सन्तानहरूमा द्वारपालका दलहरू यिनै थिए।
20 तिनीहरूका लेवी दाजुभाइहरू परमेश्वरको भवनको खजाना र अर्पण गरिएका चीजहरूका भण्डारहरूका जिम्मेवार थिए।
21 लादानका सन्तानहरू, जो लादानको वंशद्वारा आएका गेर्शोनीहरू र गेर्शोनी लादानका परिवारहरूका अगुवाहरू थिए। तिनीहरू यहीएली,
22 यहीएलीका छोराहरू, जेताम र तिनका भाइ योएल थिए। तिनीहरू याहवेहको भवनको भण्डारहरूका अधिकारीहरू थिए।
23 अम्रामीहरू, यिसहारीहरू, हेब्रोनीहरू र उज्जीएलीहरूबाट:
24 मोशाका छोरा गेर्शोम, गेर्शोमका छोरा, शूबाएलचाहिँ भण्डारहरूका अधिकारी थिए।
25 एलीएजरबाटका शूबाएलका आफन्तहरू: एलीएजेरका छोरा रहब्याह, रहब्याहका छोरा यसयाह, यसयाहका छोरा योराम, योरामका छोरा जिक्री र जिक्रीका छोरा शलोमीत।
26 शलोमीत र तिनका आफन्तहरू ती सबै भण्डारहरूका जिम्मेवार थिए, जुन भण्डार राजा दावीदले, परिवारहरूका अगुवाहरूले, जो हजार-हजारमाथि र सय-सयमाथिका सेनापतिहरू थिए, र अरू सेनाका कप्तानहरूले अर्पण गरेका थोकहरू थिए।
27 लडाइँमा लुटका केही मालसामानहरू याहवेहको मन्दिरको मरमतको निम्ति तिनीहरूले अर्पण गरेका थिए।
28 दर्शी शमूएलले र कीशका छोरा शाऊलले नेरका छोरा अबनेर; अनि सरूयाहका छोरा योआबले अर्पण गरेका हरेक कुरा, र ती अर्पण गरिएका अरू सबै चीजहरूचाहिँ शलोमीत र तिनका आफन्तहरूका जिम्मामा थिए।
29 यिसहारीहरूका वंशबाट:
30 हेब्रोनीहरूबाट:
31 हेब्रोन वंशीहरूको बारेमा चाहिँ तिनीहरूका परिवारका वंशावलीमा दर्ता भएअनुसार यरियाहचाहिँ अगुवा थिए।
32 यरियाहका सत्ताइस सय आफन्तहरू थिए, जो योग्यका मानिसहरू थिए र परिवारहरूका अगुवाहरू थिए। राजा दावीदले तिनीहरूलाई रूबेनीहरू, गादीहरू र मनश्शेको आधा कुलमाथि परमेश्वर र राजासम्बन्धी हरेक कुराको निम्ति जिम्मा दिए।)