1 परमप्रभुको गुण-गान गर्नु असल कुरा हो।
2 बिहानको बेलामा तपाईंको प्रेम बारे गाउनु असल हो,
3 परमेश्वर, दश तारे बाजाहरू, वीणा र सारङ्गीहरू
4 हे परमप्रभु, तपाईंले आफ्ना सृजनासित हामीलाई साँच्चि नै खुशी बनाउनु भयो।
5 हे परमप्रभु तपाईंले कति महान् कुराहरू गर्नुभयो।
6 हामीसँग तपाईंको तुलना गर्दा मानिस जाति मूर्ख जनावरहरू जस्तै छन्।
7 दुष्ट मानिसहरू झारपातहरू जस्ता जहीं-तहीं उम्रन्छन्।
8 तर हे परमप्रभु, तपाईंलाई सदा आदर गरिनेछ।
9 हे परमप्रभु, तपाईंका सम्पूर्ण शत्रुहरू नाश हुनेछन्।
10 तर तपाईंले मलाई बलियो बनाउनु भयो। म दरिलो सींङहरू भएको साँढे जस्तै हुनेछु।
11 मैले मेरो शत्रुहरू वरिपरि भएको देखें। तिनीहरू मलाई आक्रमण गर्न तयार भएका विशाल साँढेहरू जस्ता छन्।
12 असल मानिसहरू लेबानेनमा
13 परमप्रभुको मन्दिरमा रोप्न लगिएको धर्मी मानिसहरू
14 तिनीहरू बृद्ध भए तापनि
15 तिनीहरू त्यहाँ हुनु नै परमप्रभु असल हुनुहुन्छ, भन्नलाई नै हो।