Salmos 9

NPI2010

1 म सम्पूर्ण हृदयबाट परमप्रभुको प्रशंसा गर्छु।

2 सर्वोच्च परमेश्वर, म तपाईंको नाउँको प्रशंसा गर्छु।

3 मेरा शत्रुहरू तपाईंदेखि भागेर फर्किए

4 तपाईं साँचो न्यायकर्त्ता हुनुहुन्छ, तपाईं आफ्नो सिंहासनमा न्यायकर्त्ता सरह विराजमान हुनुहुन्छ।

5 तपाईंले अन्य मानिसहरूका दोष देखाउनु भयो।

6 शत्रुहरू खत्तम भए! हे परमप्रभु, तपाईंले तिनीहरूका शहरहरू पनि ध्वंश पारिदिनु भयो।

7 तर परमप्रभुले सदा सर्वदा राज्य गर्नुहुन्छ, परमप्रभुले आफ्नो साम्राज्य दरिलो बनाउनु भएको छ।

8 परमप्रभुले यस पृथ्वीका सबैलाई निष्पक्ष न्याय गर्नुहुन्छ।

9 धेरै मानिसहरू संकष्टमा फसेका छन्

10 मानिसहरू ज-जसले तपाईंको नाउँ जान्दछन्

11 तिमीहरू जो सियोनमा बस्द छौ परमप्रभुको प्रशंसा गाऊ।

12 परमप्रभुले ती मानिसहरूलाई सम्झनु भयो

13 मैले परमेश्वरलाई यो प्रार्थना गरें, “हे परमप्रभु, ममाथि कृपा गर्नुहोस्।

14 तब, यरूशलेमको प्रवेशद्वारहरूमा म तपाईंको लागि स्तुति-गान गर्न सक्छु।

15 ती मानिसहरू जो अन्य जातिहरूबाट आएका थिए, तिनीहरूले अरूलाई संकष्टमा पार्न खाडल खने।

16 परमप्रभुले ती दुष्ट मानिसहरूलाई समाउनु हुनेछ,

17 मानिसहरू जसले परमेश्वरलाई बिर्सन्छन्

18 कहिले काहीं यस्तो लाग्छ परमेश्वरले दुःखमा परेका मानिसहरूलाई बिर्सनु भयो।

19 हे परमप्रभु, उठ्नुहोस् र जाति-जातिहरूलाई न्याय गर्नुहोस्।

20 मानिसहरूलाई शिक्षा दिनुहोस्।

Ler em outra tradução

Comparar lado a lado