1 हे परमप्रभु, आफ्ना देश प्रति कृपा राख्नुहोस्।
2 हे परमप्रभु, आफ्ना मानिसहरूलाई,
3 हे परमप्रभु, क्रोधीत हुनदेखि रोकिनु होस्,
4 हाम्रो परमेश्वर अनि रक्षक, हामीमा क्रोधी हुनदेखि रोकिनु होस्,
5 के तपाई हामी संग सधैं क्रोधित हुनुहुन्छ?
6 दया गरी हमीलाई नयाँ जीवन दिनुहोस्!
7 हे परमप्रभु! हामीलाई आपत्तिबाट बचाउँनु होस्।
8 उहाँले के भन्नुहुन्छ भनेर मैले मेरो कानलाई परमप्रभु परमेश्वरतिर लगाए।
9 परमेश्वरले चाँडै आफ्नो चेलाहरूलाई बचाउँनु हुनेछ।
10 परमेश्वरको साँचो प्रेममा उनका सबै भक्तजनहरू भेट हुन्छन्।
11 पृथ्वीमा बस्ने मानिसहरू परमेश्वरमा विश्वासी हुनेछन्।
12 परमेश्वरले हामीहरूलाई धेरै उत्तम थोकहरू दिनु हुनेछ,
13 धार्मिकताचाहिं परमेश्वरको अघि जान्छ,