1 हे इस्राएल का भेंडावाला, दया गरी मेरो कुरा सुन्नुहोस्।
2 इस्राएल का भेडावाला, तपाईंको महानता ती एप्रैम, बिन्यामीन र मनाश्शेलाई देखाउनु होस्।
3 परमेश्वर, हामीलाई फेरि स्वीकार गर्नुहोस्।
4 परमप्रभु परमेश्वर, सर्वशक्तिमान् परमेश्वर तपाईंले हाम्रो प्रार्थना कहिले सुन्नु हुनेछ?
5 तपाईंले आफ्ना मानिसहरूलाई आँसु खुवाउनु भयो।
6 ती छिमेकीहरूसँग लड्नलाई तपाईं केही त गर्नुहोस्
7 हे सर्वशक्तिमान् परमेश्वर,
8 बितेका दिनहरूमा, तपाईंले हामीहरूलाई महत्वपूर्ण विरूवा जस्तो स्याहार्नुर् भयो।
9 तपाईंले “अङ्गुर” रोप्नलाई जमीन तयार गर्नुभयो।
10 यसले पर्वतहरू ढाकेर गयो।
11 यसको अङ्गुरहरू भूमध्य सागर सम्म फैलियो।
12 हे परमेश्वर, किन तपाईंले पर्खालहरू तानेर झार्नु भयो जसले तपाईंको “अङ्गुरको रूखलाई” सुरक्षा दिन्छ?
13 जङ्गली सुङ्गुरहरू आउँदछ र तपाईंको “अङ्गुरको झ्याँङ्गमाथि” हिंड्दछ।
14 हे, सर्वशक्तिमान् परमेश्वर, फर्की आउनुहोस्।
15 हे परमेश्वर, तपाईंको आफ्नै हातहरूले रोप्नु भएको “अङ्गुरको बोटलाई” हेर्नुहोस्।
16 तपाईंको “अङ्गुरका बोटहरू” सुख्खा गोबर जस्तै आगोमा छन्।
17 परमेश्वर, मानिस कहाँ पुग्नु होस जो तपाईंको दाहिने पट्टि उभिनु भएको छ।
18 उहाँले तपाईंलाई फेरि छाड्नु हुन्न,
19 सर्वशक्तिमान् परमप्रभु परमेश्वर, हामी भएकहाँ फर्की आउनु होस्,