Salmos 21

NPI2010

1 हे परमप्रभु, तपाईंको बलले राजालाई खुशी पार्छ।

2 तपाईंले राजालाई ती थोकहरू दिनु भयो जुन उनले चाहेका थिए।

3 हे परमप्रभु, तपाईंले साँच्ची नै राजालाई आशीर्वाद दिनु भयो।

4 हे परमेश्वर, राजाले जीवन-दान तपाईंसित मागे र तपाईंले उनलाई त्यही दिनुभयो।

5 तपाईंले जित्नका लागि राजालाई अगुवाइ गर्नुभयो अनि उनलाई महान् महिमा प्रदान गर्नुभयो।

6 हे परमेश्वर, तपाईंले साँच्ची नै राजालाई सदा सर्वदाको निम्ति आशीर्वाद दिनुभयो।

7 राजाले परमप्रभुमाथि भरोसा राख्छ।

8 हे परमेश्वर, तपाईंले आफ्ना शत्रुहरूलाई तपाईं कतिको शक्तिशाली हुनुहुन्छ देखाउनु हुनेछ।

9 हे परमप्रभु, तपाईं जब राजासँग हुनुहुन्छ,

10 शत्रुहरूका सन्तानहरू समेत नष्ट भए।

11 किनभने ती मानिसहरूले तपाईंको विरूद्ध नराम्रा योजनाहरू तयार गरे, परमप्रभु।

12 हे परमप्रभु, तपाईंले ती मानिसहरूलाई आफ्ना दास बनाउनु भयो।

13 हे परमप्रभु, हामी तपाईंको प्रशंसा गर्छौ!

Ler em outra tradução

Comparar lado a lado