1 शुद्ध जीवन जिउने मानिसहरू खुशी हुन्छन्।
2 परमप्रभुको करार जसले पालन गर्छ ती मानिसहरू सुखी हुन्छन्।
3 ती मानिसहरूले अनुचित कामहरू गर्दैनन्,
4 परमप्रभु, तपाईंले आफ्ना आज्ञाहरू हामीलाई दिनु भयो
5 परमप्रभु, यदि सँधै तपाईंको
6 तब म कहिल्यै पनि लज्जित हुने छैन
7 जस्तो म तपाईंको न्याय र सद्गुणको अध्ययन गर्छु
8 परमप्रभु, म तपाईंका आज्ञाहरू पालन गर्नेछु,
9 तपाईंको विधिहरू अपनाएर
10 म सम्पूर्ण हृदयबाट परमेश्वरको सेवा गर्ने कोशिश गर्दछु।
11 मैले तपाईंको उपदेशहरू होशियारी साथ कण्ठस्थ गरें।
12 हे परमप्रभु, तपाईंको प्रशंसा होस्।
13 म तपाईंको ज्ञानपूर्ण विधिहरूको बारेमा बताउने छु।
14 म अरू केही भन्दा तपाईंको करार नै अध्ययन गर्दा
15 म तपाईंको विधि विषयमा चर्चा गर्नेछु।
16 म तपाईंको नियमहरूमा रमाउने छु
17 मेरो निम्ति राम्रो गर्नुहोस्, ताकि म बाँच्न सकौं
18 हे परमप्रभु, मेरो आँखाहरू उघारी दिनुहोस् ताकि तपाईंका शिक्षाहरू हेर्न सकुँ
19 म यस पृथीवीमा भौतारी हिँड्ने परदेशी जस्तै हुँ।
20 म सारा समय तपाईंको विधिहरू
21 हे परमप्रभु! तपाईंले अहंकारी मानिसहरूलाई निन्दा गर्नुभयो।
22 मलाई लज्जित र व्याकुल हुन नदिनुहोस्।
23 अगुवाहरूले पनि मेरो बिरोधमा कुरा गरे।
24 तपाईंको करार मेरो सल्लाहाकार हो।
25 म चाँडै मर्नेछु। हे परमप्रभु!
26 मैले आफ्नो जीवनको बारेमा तपाईंलाई बताएँ। अनि तपाईंले त्यसको प्रत्युत्तर दिनुभयो।
27 हे परमप्रभु, तपाईंका नियमहरू बुझ्न मलाई साथ दिनुहोस्।
28 म दुःखीत र थकित छु।
29 हे परमप्रभु! मलाई कठिन जीवन बाँच्न नदिनुहोस्।
30 हे परमप्रभु! म तपाईं प्रति उदार भई बसौ भनेर रोजेको छु।
31 म तपाईंको करार-वचनमा अडिग भएर बस्नेछु।
32 म खुशीले तपाईंको आज्ञाहरू पालन गर्नेछु।
33 हे परमप्रभु, मलाई तपाईंका नियमहरू सिकाउनु होस्,
34 मलाई बुझ्न सहायता गर्नु होस्
35 हे परमप्रभु, तपाईंको आज्ञाहरूसँग मलाई बाटो देखाउनु होस्।
36 मलाई धनाढ्य हुनुको सट्टामा
37 परमप्रभु, बेकामे मूर्तिहरूमा मेरो ध्यान पर्न नदिनु होस्।
38 त्यही गर्नुहोस् जुन तपाईंले आफ्नो दासलाई वचन दिनु भएको थियो
39 हे परमप्रभु, जुन हप्कीदेखि म डराउँछु
40 हेर्नुहोस्, म तपाईंको आज्ञाहरू मन पराउँछु।
41 हे परमप्रभु, मलाई तपाईंका स्नेहपूर्ण करूणा तपाईंले देखाउनु होस्,
42 जसले मलाई निन्दा गर्छ, तिनीहरूको निम्ति म जवाफ दिनेछु।
43 म सधैं तपाईंको साँचो उपदेशहरू बोल्न पाऊ। हे परमप्रभु,
44 हे परमप्रभु, म तपाईंको उपदेशहरू सदा-सर्वदा अनुसरण गर्नेछु।
45 यसकारण म स्वतन्त्र हुने छु।
46 म तपाईंको करारको विषयमा राजाहरूसँग चर्चा गर्नेछु,
47 म तपाईंको आज्ञाहरू मनन गर्दा आनन्दित हुन्छु, परमप्रभु।
48 हे परमप्रभु, म तपाईंको आज्ञाहरूलाई प्रशंसा गर्छु। म तिनीहरूलाई मन पराउँछु।
49 हे परमप्रभु, मप्रति गर्नु भएको प्रतिज्ञा याद गर्नुहोस्।
50 म पीडित् थिएँ, र तपाईंले मलाई सान्त्वना दिनुभयो।
51 ती घमण्डीहरूले मलाई लगातार अपमान गरे,
52 हे परमप्रभु, म सधैं तपाईंको बुद्धिमानी निर्णयहरूले
53 जब मैले ती दुष्ट मानिसहरूले तपाईंको उपदेशहरू
54 मेरो प्रवासको घरमा तपाईंका नियमहरू नै
55 हे परमप्रभु, मैले रातमा तपाईंको नाउँ स्मरण गरेको छु।
56 त्यस्तो हुने गर्छ किनभने म सतर्कतासाथ तपाईंको आज्ञाहरू पालन गर्दछु।
57 हे परमप्रभु, मैले मेरो कर्त्तव्य नै तपाईंको आज्ञाहरू पालन गर्नु हो भनेर निर्णय लिएँ।
58 हे परमप्रभु, म सम्पूर्ण रूपले तपाईंमाथिनै आश्रित छु
59 मैले आफ्नो जीवनलाई खुब होशियारिसँग सोचे।
60 कुनै विलम्ब नगरीकन हतारिन्दै
61 केही दुष्ट मानिसहरूका झुण्डले मेरो बारेमा नीच कुराहरू गरे।
62 तपाईंको धार्मिक निर्णयहरूको निम्ति
63 ज-जसले तपाईंलाई पूज्दछन म ती सबै मानिसहरूको साथी हुँ।
64 हे परमप्रभु, पृथ्वी तपाईंको स्नेहपूर्ण करूणाले भरिन्छ।
65 परमप्रभु, तपाईंले आफ्नो दासको लागि असल काम गर्नुभयो।
66 हे परमप्रभु, ज्ञानी निर्णयहरू लिन मलाई बुद्धि दिनुहोस्।
67 म पीडित हुनु भन्दा अगाडि, मैले धेरै नराम्रो कामहरू गरेको थिएँ
68 परमेश्वर तपाईं भलो हुनुहुन्छ, र तपाईंले असल कामहरू गर्नुहुन्छ।
69 मानिसहरू ज-जसले आफूलाई म भन्दा उत्तम ठान्दछ तर तिनीहरूले मेरो बारेमा झूटा कुराहरू गर्छन्।
70 ती मानिसहरू अत्यन्त मूर्ख छन्।
71 मेरो निम्ति वेदना उत्तम थियो।
72 हे परमप्रभु, तपाईंका उपदेशहरू मेरो लागि असल छन्।
73 हे परमप्रभु, तपाईंले मलाई बनाउनु भयो अनि मलाई सघाउनु भयो।
74 हे परमप्रभु! तपाईंका भक्तजनहरूले मलाई हेर्दछन् र आदर गर्दछन्।
75 हे परमप्रभु, म जान्दछु कि तपाईंका निर्णयहरू निष्पक्ष छन्।
76 अब, तपाईंको स्नेहपूर्ण करूणाले मलाई सान्त्वना दिनुहोस्।
77 हे परमप्रभु, मलाई सान्त्वना दिनुहोस र मलाई बाँच्न दिनुहोस्।
78 मानिसहरू ज-जसले तिनीहरू मभन्दा असल हुँ भनेर सोचे, मेरो बारेमा झूटो बोले।
79 भरोसा गर्छु तपाईंको भक्तजनहरू मकहाँ फर्केर आऊन।
80 परमप्रभु, मैले तपाईंको आज्ञाहरू सम्पूर्ण प्रकारले पालन गर्न सकुँ
81 म मर्न आँटेको छु। तपाईंले मलाई बचाउनु हुन्छ भनेर पर्खिरहेछु।
82 मैले तपाईंको प्रतिज्ञा लगातार हेरिरहेकोछु।
83 म धुवाँमाथि झुण्डियाएर राखिएको सुक्खा छालाको थैलो भए तापनि,
84 म कहिले सम्म बाँच्ने छु?
85 कतिपय अंहकारी मानिसहरूले मलाई झूटो कुराहरू जुन तपाईंको
86 हे परमप्रभु, मानिसहरू सबैले तपाईंको आज्ञाहरूमाथि भरोसा गर्न सक्छन्,
87 ती मानिसहरूले प्रायः मलाई ध्वंश गरिसके।
88 हे परमप्रभु, तपाईंको स्नेहपूर्ण करूणा मलाई दर्शाउनु होस्
89 हे परमप्रभु, तपाईंका वचनहरू सदा-सर्वदा रहनेछन्। तपाईंका वचनहरू स्वर्गमा पनि अनन्त रहनेछन्।
90 तपाईं सदा-सर्वदा विश्वासी हुनुहुन्छ।
91 तपाईं कै नियमहरूले गर्दा, यो आज सम्म जीवित रहेको छ
92 यदि तपाईंको शिक्षाहरूमा मैले आनन्द नलिएको भए,
93 हे परमप्रभु, म तपाईंको आज्ञाहरू कहिल्यै भुल्ने छैन
94 हे परमप्रभु, म तपाईंकै हुँ, यसैले मलाई बचाउनु होस्।
95 दुष्ट मानिसहरूले मलाई ध्वंश गर्ने प्रयास गरे।
96 तपाईंको नियमहरू बाहेक
97 हे परमप्रभु! म तपाईंका व्यवस्थालाई माया गर्छु।
98 हे परमप्रभु, तपाईंको आज्ञाहरूले मलाई मेरो शत्रुहरूभन्दा बढता ज्ञानी बनाउँदछ।
99 म आफ्ना शिक्षकहरू भन्दा पनि ज्ञानी छु
100 मेरो समझदार नेताहरूले भन्दा मैले बढता बुझेको छु
101 मेरो प्रत्येक पाठशालाहरू
102 यसैले तपाईं मेरो गुरू हुनुहुन्छ
103 तपाईंका वचनहरू मेरो मुखमा
104 तपाईंका शिक्षाहरूले मलाई ज्ञानी बनाउँदछ,
105 हे परमप्रभु, तपाईंका वचनहरू बत्ती हुन्
106 तपाईंको नियमहरू असल छन्।
107 हे परमप्रभु, म धेरै समयदेखि पीडित रहेको छु।
108 हे परमप्रभु, मेरो प्रशंसा ग्रहण गर्नुहोस्।
109 मेरो प्राण अनवरत विपदमा परेको छ
110 दुष्ट मानिसहरूले मलाई पासोमा फसाउँन कोशिश गरे।
111 हे परमप्रभु, म सधैं तपाईंको करार पत्र पालन गर्नेछु।
112 म मेरो जीवनको अन्त सम्म नै,
113 हे परमप्रभु, म त्यस्ता मानिसहरूलाई घृणा गर्छु, जो तपाईं प्रति पूर्ण रूपले विश्वासी छैनन्।
114 मलाई लुकाउनु होस् र रक्षा गर्नुहोस्।
115 हे परमप्रभु, दुष्ट मानिसहरूलाई मेरो नजीक आउन नदिनुहोस्
116 हे परमप्रभु, तपाईंले वचन दिए जस्तै मलाई सघाउनु होस्, अनि म बाँच्ने छु।
117 मलाई साथ दिनुहोस, परमप्रभु र म जोगिने छु।
118 हे परमप्रभु, तपाईंका विधिहरू भङ्ग गर्नेहरूदेखि तपाईं विमुख भएर जानु हुन्छ।
119 परमप्रभु, पृथ्वीमा तपाईंले दुष्ट मानिसहरूलाई मैला पुछेको जस्तो फ्याँकिदिनु भयो।
120 हे परमप्रभु, म तपाईंबाट भयभीत छु।
121 मैले के सही र के राम्रो त्यही गरेकोछु।
122 मप्रति असल रहने कसम खानुहोस्। म तपाईंको दास हुँ।
123 हे परमप्रभु, तपाईंबाट सहायताको र तपाईंको राम्रो वचनको निम्ति बाटो हेर्दा हेर्दा
124 म तपाईंको दास हुँ। तपाईंको स्नेहपूर्ण करूणा मलाई देखाउनु होस्।
125 म तपाईंको दास हुँ, मलाई बुझ्ने सामर्थ पार्नुहोस
126 हे परमप्रभु, यो तपाईंले केही गर्ने समय हो।
127 हे परमप्रभु, म खाटी सुन भन्दा पनि
128 म खुब होशियारीसँग तपाईंको आज्ञाहरू पालन गर्छु।
129 हे परमप्रभु, तपाईंको करार अद्भूत छ।
130 कुनै ज्योतिले तिनीहरूलाई बाँच्ने ठीक तरिका देखाए झैं मानिसहरूले तपाईंको शब्दहरू बुझ्न शुरू गरे।
131 हे परमप्रभु, म साँचो रूपले तपाईंका आज्ञाहरू मनन गर्न चाहन्छु,
132 हे परमेश्वर, मलाई हेर्नुहोस र म प्रति कृपालु बन्नु होस्।
133 हे परमप्रभु, तपाईंले कसम खाए झैं मलाई डोर्याउनु होस्
134 हे परमप्रभु, मलाई दुःख-कष्ट दिने मानिसहरूबाट बचाउनु होस्
135 हे परमप्रभु, मलाई ग्रहण गर्नुहोस्,
136 म आँसुका बलिन्द्रधारा नदी सरी बहाएर रोएँ
137 हे परमप्रभु, तपाईं धर्मी हुनुहुन्छ।
138 तपाईंले हामीलाई आफ्ना करारमा धार्मिक नियमहरू दिनुभयो।
139 मेरो उत्साहले मलाई ध्वंश पारिरहेछ।
140 हामीले प्रमाण पनि दियौं कि हामी तपाईंकै वचनमा विश्वास गर्छौं, परमप्रभु।
141 म क्षुद्र र तुच्छ छु, अनि मानिसहरूले मेरो आदर गर्दैनन्।
142 परमप्रभु, तपाईंको धार्मिकता चिरस्थायी छ।
143 मसँग संकट र दुःखका दिनहरू छँदै थिए
144 तपाईंको करार अनन्तको लागि असल छ।
145 हे परमप्रभु, म मेरो सम्पूर्ण हृदयले तपाईंलाई डाक्दछु।
146 हे परमप्रभु, म तपाईंलाई डाक्दछु मलाई बचाउनु होस्!
147 तपाईंलाई प्रार्थना गर्न म बिहानै उठ्दछु।
148 तपाईंका वचनहरू मनन गर्न
149 आफ्नो सारा प्रेमले, मलाई बोलाउनु होस्।
150 मानिसहरूले मेरो विरूद्ध दुष्ट योजनाहरू बनाइरहेछन्।
151 परमप्रभु, तपाईं मेरो नजीकै हुनुहुन्छ।
152 धेरै वर्ष अघिदेखि तपाईंको करारबाट सिकें
153 हे परमप्रभु, मेरो पीडाहरू हेर्नुहोस र मलाई बचाउनु होस्।
154 हे परमप्रभु, मेरो लडाइँ मेरो निम्ति लडि दिनु होस् र मलाई बचाउनु होस्।
155 दुष्ट मानिसहरूले जित्ने छैन
156 हे परमप्रभु, तपाईं कृपालु हुनुहुन्छ।
157 मेरो धेरै शत्रुहरू छन् मलाई घात गर्नेहरू धेरै छन्
158 म ती विश्वासघातीहरूलाई देख्छु, तिनीहरूले तपाईंको वचनको पालन गर्दैनन्
159 हेर्नुहोस्, मैले तपाईंको आज्ञाहरू पालन गर्न यथासक्य कोशिश गरें।
160 हे परमप्रभु, आदि कालदेखि नै, सारा तपाईंका वचनहरू भरोसा गर्न सकिन्थ्यो।
161 प्रभावशाली शासकहरूले अकारण मलाई आक्रमण गरे।
162 परमप्रभु, तपाईंको वचनले मलाई आनन्दित तुल्यायो,
163 म झूटाहरूलाई घृणा गर्दछु! म तिनीहरूलाई तिरस्कार गर्दछु!
164 दिनमा सातपल्ट म तपाईंको प्रशंसा गर्छु।
165 मानिसहरू जसले तपाईंको उपदेश मन पराउछन् तिनीहरू साँचो रूपमा शान्तिमा पुग्दछन्।
166 हे परमप्रभु, म तपाईंलाई पर्खिरहेछु।
167 मैले तपाईंको करार-वचनलाई अनुसरण गरें।
168 मैले तपाईंको करार र आज्ञाहरू पालन गरे।
169 हे परमप्रभु, मेरो खुशीका गीतलाई सुन्नुहोस्।
170 परमप्रभु, मेरो प्रार्थना सुनी दिनुहोस्।
171 म प्रशंसाको गीत गाँउछु।
172 तपाईंको वचनहरू जवाफ दिन मलाई सहयोग गर्नुहोस् र मलाई मेरो गीत गाउन दिनुहोस्।
173 मैले तपाईंका आज्ञाहरू पालन गर्न खोजें।
174 हे परमप्रभु, म चाहन्छु, मलाई बचाउनु होस्।
175 मलाई बाँच्न दिनुहोस् र तपाईंको प्रशंसा गर्न दिनुहोस्,
176 म हराएको भेंडा सरह भड्किरहें।