1 परमप्रभुलाई आदर गर किनभने उहाँ परमेश्वर हुनुहुन्छ।
2 इस्राएल ले यसो भन्छ,
3 पूजाहारीहरू यसो भन्छन्,
4 मानिसहरूले परमप्रभुलाई पुज्दै यसो भन्दछन्,
5 म संकटहरूमा फँसेको थिएँ। यसैले सहायताको निम्ति मैले परमप्रभुलाई डाकें।
6 परमप्रभु मसँग हुनुहुन्छ, यसैले म भयभीत छैन।
7 परमप्रभु मेरो सहयोगी हुनुहुन्छ
8 मानिसहरूमा भरोसा राख्नु भन्दा
9 तिमीहरूका नेताहरूमा भरोसा राख्नु भन्दा
10 धेरै शत्रुहरूले मलाई घेरेर राखे
11 शत्रुहरूले मलाई घरि-घरि घेरी रहे।
12 शत्रुहरूले मलाई त्यसरी घेरे जसरी भीर माउरीहरूले घेर्दछ।
13 मेरो शत्रुहरूले ममा आक्रमण गरे अनि लगभग नष्ट गरीसकेका थिए।
14 परमप्रभु मेरो शक्ति र विजयी गीत हुनुहुन्छ।
15 तिमीले विजयी उत्सवहरू शिष्ट मानिसहरूका घरमा मानेको हुन सक्छौ।
16 परमप्रभुको पाखुराहरू विजयी भएर उठे।
17 म बाँच्ने छु मर्ने छैन
18 परमप्रभुले मलाई दण्ड दिनु भयो,
19 असल प्रवेशद्वारहरू, मेरो निम्ति खोलियो
20 तिनीहरू परमप्रभुको प्रवेशद्वारहरू हुन्।
21 परमप्रभुले, मेरो प्रार्थनाको जवाफ दिनु भएकोमा धन्यवाद प्रकट गर्दछु।
22 जुन ढुङ्गा निर्माणकर्ताहरूले लिन चाहेनन्।
23 परमप्रभुले यस्तो बनाउनु भयो।
24 आज त्यो दिन हो जुन परमप्रभुले बनाउनु भयो।
25 मानिसहरूले भने, “परमप्रभुको प्रशंसा गर!
26 परमप्रभुको नाउँ गरेर आउने मानिसहरूलाई स्वागत छ।”
27 परमप्रभुनै परमेश्वर हुनुहुन्छ। अनि उहाँले हामीलाई ग्रहण गर्नु हुन्छ।
28 परमप्रभु, तपाईं मेरो परमेश्वर हुनुहुन्छ। म तपाईंलाई धन्यवाद दिन्छु।
29 परमप्रभुको प्रशंसा गर किनभने उहाँ भलो हुनुहुन्छ।