Salmos 109

NPI2010

1 हे परमेश्वर, म तपाईँको प्रशंसा गर्छु!

2 दुष्ट मानिसहरूले मेरो बारेमा झूटा कुराहरू भनिरहेका छन्।

3 मानिसहरूले मेरो बारेमा उपेक्षामूलक कुराहरू गर्दछन्।

4 मैले तिनीहरूलाई प्रेम गरें तर तिनीहरूले मलाई घृणा गरें।

5 मैले ती मानिसहरूको लागि राम्रो कामहरू गरें ।

6 मेरो शत्रुलाई उसको कुकार्यका लागि दण्ड दिनुहोस्।

7 न्यायकर्त्ताले मेरो शत्रु गल्लीमा छन् भनेर निर्णय दिओस् अनि उसलाई दोषी प्रमाण गरोस्।

8 मेरो शत्रु चाँडै मरोस्।

9 मेरो शत्रुका छोरा-छोरीहरू टुहुरा-टुछुरी होऊन र तिनका पत्नी विधवा होऊन्।

10 तिनीहरूले आफ्ना घरहरू छोड्नु परोस्

11 मानिसहरूले मेरो शत्रुको पैसा-रूपियाँ, जे-जति सम्पत्तिहरू छन सबै लगिदिवोस्।

12 भरोसा गर्छु मेरो शत्रुप्रति कोही पनि कृपालु छैनन्।

13 मेरो शत्रुहरूलाई पूर्णरूपले ध्वंश गर्नोस्।

14 भरोसा छ परमप्रभुले मेरो शत्रुको पिताका पापहरूलाई स्मरण गर्नुहुनेछ।

15 भरोसा छ परमप्रभुले ती पापहरू कहिल्यै बिर्सनु हुनेछैन।

16 किनभने त्यस दुष्ट मानिसले कहिल्यै राम्रो काम गरेन।

17 त्यस दुष्ट मानिसले अरूकोलागि

18 सराप नै उसले लाउने लुगाहरू होस्।

19 सराप नै उसले कम्मरमा बाध्ने पटुका होस्।

20 भरोसा गर्छु कि परमप्रभुले सबै त्यस्ता कुराहरू मेरो शत्रुप्रति गर्नुहुनेछ।

21 हे परमप्रभु, तपाईं मेरो स्वामी हुनुहुन्छ। यसकारण त्यस्तो प्रकारले मलाई सद्ब्यावहार गर्नुहोस् जसबाट तपाईंको नाउँलाई सम्मान पुर्याउने छु।

22 म खाली गरीब, असहाय मानिस हुँ।

23 म यस्तो अनुभव गर्दछु कि मेरो जीवन अब शेष भइसक्यो, दिनको अन्तिम प्रहारको लामो छायाँ जस्तो।

24 मेरो गोडाहरू कमजोर छन् किनभने म भोको छु।

25 दुष्ट मानिसहरूले मलाई अपमान गरे।

26 हे परमप्रभु, मेरो परमेश्वर, मलाई सहयोग गर्नुहोस्!

27 तब ती मानिसहरूले बुझ्नेछन् कि तपाईंले मलाई सहयोग गर्नुभयो।

28 ती दुष्ट मानिसहरूले मलाई सराप्छन् तर तपाईंले मलाई आशीर्वाद दिनुहुन्छ।

29 मेरो शत्रुहरूलाई व्याकुल पार्नु होस्!

30 म परमप्रभुलाई धन्यवाद दिन्छु।

31 परमप्रभु असहाय मानिसहरूको छेउमा बस्नु वा उभिनु हुन्छ,

Ler em outra tradução

Comparar lado a lado