1 “हे पूजाहारीहरू! हे इस्राएलका कुलहरू! तथा राजाका कुल हो! मेरो कुरा ध्यान दिएर सुन, किनभने न्यायको फैसला तिमीहरूको विरूद्धमा छ।
2 शित्तीमका खाल्डाहरू तिनीहरूले खुब गहीरा पारेकाछन्। तर म तिनीहरू सबैलाई दण्ड दिनेछु।
3 म एप्रैमलाई चिन्दछु औ इस्राएल मबाट लुकेको छैन। हे एप्रैम! तैंले व्यभिचार गरिस्। इस्राएल अशुद्ध भएकोछ।
4 तिनीहरूका कामले तिनीहरूलाई आफ्ना परमेश्वर तिर फर्कन दिनेछैन, किनकि व्यभिचारी मन तिनीहरूको बीचमा छ र तिनीहरूले परमप्रभुलाई चिन्दैनन्।
5 इस्राएलको अहंकारले आफ्नै विरूद्धमा सबूत दिन्छ। यसकारण, एप्रैम र यहूदा दुवै आ-आफ्नो दोषसित ठोकिनेछन्।
6 “तिनीहरू आफ्ना ‘भेडा-बाख्रा’ र ‘गाई गोरू’ लिएर परमप्रभुलाई खोज्न आउँछन्, तर तिनीहरूले उहाँलाई पाउनेछैनन्। उहाँ तिनीहरूदेखि हट्नु भएको छ।
7 तिनीहरूले परमप्रभुको विरूद्धमा विश्वासघात गरेकाछन्। किनकि तिनीहरूले बतासे छोरा-छोरीहरू जन्माएका छन्। यसर्थ उसले तिनीहरू र तिनीहरूका जमीनहरू नष्ट पार्नेछ।
8 “गिबामा सींङ फुक।
9 दण्डको दिनमा एप्रैम उजाड हुनेछ।
10 यहूदाका शासकहरू ती मानिसहरू जस्तै हुन जो आफ्नो सीमा रेखा बढाउछन्।
11 एप्रैम कष्टमा परेको छ,
12 अत म एप्रैमलाई नाश पार्ने एउटा कीरा
13 जब एप्रैमले आफ्नो रोग देख्यो र यहूदाले आफ्ना चोट देख्यो तब एप्रैम अश्शूरकहाँ गयो,
14 किनभने म एप्रैमका निम्ति एउटा सिंह
15 जबसम्म तिनीहरूले आफ्ना अपराध स्वीकार गरेर