1 बिलामले भने, “यहाँ सातवटा वेदी बनाऊ। अनि सातवटा साँढे र सातवटा भेडा मेरो निम्ति तयार पार।”
2 बालाकले बिलामको इच्छा पुरा गरिदियो। ती दुइजनाले एक-एकवटा साँढे र भेडा प्रत्येक वेदिमा बलि चढाए।
3 त्यसपछि बिलामले बालाकलाई भने, “तिम्रो होमबलिको पछिल्तिर तिमी उभिनु अनि म कही जान्छु। शायद परमप्रभुले मलाई भेट्नु हुन्छ होला। उहाँले मलाई जे देखाउनु हुन्छ म तिमीलाई भन्नेछु।” यसर्थ तिनी एउटा पर्वतको शिखरमा गए।
4 परमेश्वर बिलामलाई भेट्न आउनुभयो अनि उनले परमेश्वरलाई भने, “मैले सातवटा वेदी बनाएकोछु र एउटा साँढे र एउटा भेडा बलिको निम्ति प्रत्येक वेदीमा चढाइएको छ।”
5 तब परमप्रभुले बिलामलाई उसले के भन्नु पर्ने बताउनु भयो, “बालाककहाँ फर्क र उसलाई यो भन।”
6 यसर्थ बिलाम बालाककहाँ फर्के। त्यहाँ बलाक आफूले चढाएको बलिको नजिकै अन्य मोआबका मुख्य व्यक्तिहरूसित उभिरहेका थिए।
7 तब बिलामले यी कुराहरू भनेः
8 कसरी म केही कुरालाई सराप्नु,
9 म पर्वतबाट ती मानिसहरूलाई देख्छु,
10 याकूबका मानिसहरूलाई कसले गन्न सक्छन्?
11 त्यसपछि बालाकले बिलामलाई भने, “तपाईंले मलाई के गर्नु भयो? मैले तपाईंलाई मेरा शत्रुहरूलाई सराप्न ल्याए तर तपाईंले तिनीहरूलाई आशीर्वाद दिनुभयो।”
12 बिलामले उत्तर दिए, “म परमप्रभुले भन्नु भएको वचन मात्र बोल्नु होशियार रहनु पर्छ।”
13 त्यसपछि बालाकले उसलाई भने, “तपाईं मसंग यता अर्को ठाँउमा आउनु, जहाँबाट ती मानिसहरूलाई अझ वेशी संख्यामा देख्न सक्नु हुन्छ। तपाईंले तिनीहरू सबैलाई देख्न सक्नुहुन्न खाली एक भाग मात्र देख्न सक्नुहुन्छ। त्यहाँबाट तपाईंले मेरो पक्षमा सराप्नु होस्।”
14 तब बालाकले बिलामलाई पिसगा पर्वतको चोटीमा भएको सोफीमको खेतमा लगे अनि त्यहाँ बालाकले सातवटा वेदी बनाई एउटा साँढे र एउटा भेडा प्रत्येक वेदीमा बलि दिए।
15 तब बिलामले बालाकलाई भने, “यो वेदी नजिक तिमी बस। म परमेश्वरलाई भेट्न त्यस ठाँउमा जान्छु।”
16 यसर्थ बिलामलाई परमप्रभुले भेट्नु भयो अनि बिलामले के भन्नु पर्ने बताई दिनुभयो। परमप्रभुले भन्नुभयो, बालाककहाँ जाऊ अनि यसो भन।
17 यसकारण बिलाम बालाकभए कहाँ गए। बालाक होमबलि को छेऊमा उभिरहेको थियो उसले अन्य मोआबका बूढा-प्रधानहरूसित बलि चढाए बालाकले सोधे, “परमप्रभुले के भन्नुभयो?”
18 बिलामले आगमवाणी दिएः
19 परमेश्वर मानिस हुनुहुन्न,
20 परमप्रभुले मलाई भन्नुभयो, ती मानिसहरूलाई आशीर्वाद देऊ,
21 परमेश्वरले याकूबका मानिसहरूमा कुनै त्रुटी पाउनु भएन,
22 परमेश्वरले ती मानिसहरूलाई मिश्रबाट बाहिर ल्याउनु भयो,
23 याकूबका मानिसहरूलाई परास्त गर्ने अर्को कुनै शक्ति छैन।
24 ती मानिसहरू सिंह झैं बलिया छन् सिंह झैं लड्छन्।
25 बालाकले बिलामलाई भने, “आज देखि, तिमी मानिसहरूलाई आशिष अथवा सराप दिनु हुदैन्।”
26 बिलामले उत्तर दिए, “मैले तिमीलाई अघि नै भने कि परमप्रभुले जे भन्न लगाउनु हुन्छ म त्यो मात्र भन्छु।”
27 तब बालाकले बिलामलाई भने, “अब मसंग आउनु होस् अर्को ठाँउमा। हुन सक्छ परमेश्वर खुशी भएर ती मानिसहरूलाई सराप्न अनुमति दिनुहुन्छ।”
28 यसर्थ बिलामलाई बालाकले पोर पर्वतको चुचुरामा लगे। यहाँबाट मरूभूमि देखिन्थ्यो।
29 बिलामले भने, “सातवटा वेदी बनाऊ। त्यसपछि वेदीमा बलिको निम्ति सातवटा साँढे र सातवटा भेडाहरू तयार पार।”
30 बालाकले ठीक पारे अनि वेदीहरूमा ती साँढे र भेडाहरू बलि चढाए।