Números 20

NPI2010 vs ACF

Sair da comparação
ACF Almeida Corrigida Fiel
1 पहिलो महीनामा इस्राएलका मानिसहरू जीन मरूभूमिमा आइपुगे। मानिसहरू कादेशमा बसे अनि त्यही मरियम मरिन् र त्यही ठाउँमा गाडे।
1 Chegando os filhos de Israel, toda a congregação, ao deserto de Zim, no mês primeiro, o povo ficou em Cades; e Miriã morreu ali, e ali foi sepultada.
2 त्यस ठाँउमा समुदायको निम्ति पानी थिएन यसकारण मानिसहरू मोशा र हारूनलाई आरोप लगाउन भेला भए।
2 E não havia água para a congregação; então se reuniram contra Moisés e contra Arão.
3 मानिसहरूले मोशासित झगडा गरेर भने, “जब परमप्रभुको अगाडी हाम्रा दाज्यू-भाईहरू मरे, त्यही समय हामी पनि मर्नु पर्थ्यो।
3 E o povo contendeu com Moisés, dizendo: Quem dera tivéssemos perecido quando pereceram nossos irmãos perante o Senhor!
4 तिमीहरूले किन परमप्रभुको मानिसहरूलाई यस मरूभूमिमा ल्यायौ? के हामी र हाम्रो पशुहरूलाई मार्न चहान्छौ?
4 E por que trouxestes a congregação do Senhor a este deserto, para que morramos aqui, nós e os nossos animais?
5 अनि किन यस्तो खराब ठाँउमा ल्याउन हामीलाई मिश्र देशदेखि अगुवाई गर्यो? यस ठाँउमा अन्न हुँदैन, नेभारा, दाख अनि अनारहरू पनि हुँदैन। अनि यहाँ पिउनको निम्ति पानी पनि छैन।”
5 E por que nos fizestes subir do Egito, para nos trazer a este lugar mau? lugar onde não há semente, nem de figos, nem de vides, nem de romãs, nem tem água para beber.
6 यसर्थ मोशा र हारून मानिसहरूको समुदायबाट भेट हुने पालको प्रवेशद्वारमा गए। तिनीहरूले तिनीहरूको शिर भूँईमा निहुरयाए अनि परमप्रभुको महिमा तिनीहरू सामुन्ने देखा पर्यो।
6 Então Moisés e Arão se foram de diante do povo à porta da tenda da congregação, e se lançaram sobre os seus rostos; e a glória do Senhor lhes apareceu.
7 परमप्रभुले मोशालाई भन्नुभयो,
7 E o Senhor falou a Moisés dizendo:
8 “तिमी र तिम्रा दाज्यू हारूनले त्यो लौरो लेऊ र मानिसहरूलाई भेला गर अनि तिनीहरूको सामुन्नेको चट्टानसित बोल। तब चट्टानले तिमीहरूलाई पानी दिनेछ। यसरी मानिसहरू र तिनीहरूको पशुहरूको निम्ति तिमीहरूले चट्टानबाट पानी दिन सक्छौ।”
8 Toma a vara, e ajunta a congregação, tu e Arão, teu irmão, e falai à rocha, perante os seus olhos, e dará a sua água; assim lhes tirarás água da rocha, e darás a beber à congregação e aos seus animais.
9 यसकारण परमप्रभुले उसलाई आज्ञा दिनु भए बमोजिम मोशाले परमप्रभुको अघिबाट लौरो लिए।
9 Então Moisés tomou a vara de diante do Senhor, como lhe tinha ordenado.
10 त्यसपछि मोशा र हारूनले मानिसहरूलाई चट्टानको सामुन्ने भेला गराए। तब मोशाले तिनीहरूलाई भने, “तिमीहरू विद्रोही हो। सुन, के हामीले तिमीहरूको निम्ति यो चट्टानबाट पानी ल्याउनु?”
10 E Moisés e Arão reuniram a congregação diante da rocha, e Moisés disse-lhes: Ouvi agora, rebeldes, porventura tiraremos água desta rocha para vós?
11 तब मोशाले हात उठाएर त्यस चट्टान माथि दुइ पल्ट आफ्नौ लौरोले हिर्काए अनि प्रशस्त पानी बाहिर निस्कयो। मानिसहरू र पशुहरूले पानी पिए।
11 Então Moisés levantou a sua mão, e feriu a rocha duas vezes com a sua vara, e saiu muita água; e bebeu a congregação e os seus animais.
12 त्यसपछि परमप्रभुले मोशा र हारूनलाई भन्नुभयो, “इस्राएलका सबै मानिसहरू यहाँ भेला भएका थिए तर तिमीहरूले म प्रति सम्मान देखाएनौ। तिमीहरूले इस्राएलका मानिसहरूलाई त्यो पानी निक्लने शक्तिको श्रोत म हुँ भन्ने देखाएनौ। तिमीहरूले उनीहरूलाई यो देखाएनौ की तिमीहरूले म माथि भरोसा गर्यौ। यसकारण यी समुदायलाई मैले दिन्छु भनेको भूमिमा लैजान अगुवाई गर्न पाउने छैनौ।”
12 E o Senhor disse a Moisés e a Arão: Porquanto não crestes em mim, para me santificardes diante dos filhos de Israel, por isso não introduzireis esta congregação na terra que lhes tenho dado.
13 यही ठाँउलाई मरीबाको पानी भनिन्छ जहाँ इस्राएलका मानिसहरूले परमप्रभु अघि विद्रोह गरेका थिए अनि परमप्रभुले यहाँ नै इस्राएली मानिसहरूको बीचमा आफू पवित्र हुँ भन्ने देखाउनु भएको थियो।
13 Estas são as águas de Meribá, porque os filhos de Israel contenderam com o Senhor; e se santificou neles.
14 मोशाले कादेशबाट एदोमको राजाकहाँ यो समाचार पुर्याउन दूतहरू पठाए। तपाईंको भाई इस्राएलले यसो भन्छ,
14 Depois Moisés, de Cades, mandou mensageiros ao rei de Edom, dizendo: Assim diz teu irmão Israel: Sabes todo o trabalho que nos sobreveio,
15 धेरै वर्ष अघि हाम्रा पुर्खाहरू मिश्र देश गएका थिए अनि हामी त्यहाँ धेरै समय सम्म बस्यौं। मिश्र देशका मानिसहरू हामी प्रति निष्ठुर थिए।
15 Como nossos pais desceram ao Egito, e nós no Egito habitamos muitos dias; e como os egípcios nos maltrataram, a nós e a nossos pais;
16 तर हामीले परमप्रभुलाई सहायता माग्यौं। परमप्रभुले हाम्रो बिन्ति सुन्नु भयो र एउटा स्वर्गदूत हामीकहाँ पठाउनु भयो, परमप्रभुले हामीलाई मिश्र देशबाट बाहिर ल्याउनु भएको छ।
16 E clamamos ao Senhor, e ele ouviu a nossa voz, e mandou um anjo, e nos tirou do Egito; e eis que estamos em Cades, cidade na extremidade dos teus termos.
17 दया गरी हामीलाई तपाईंको भूमि भएर यात्रा गर्न दिनुहोस्। हामी खेत तथा दाखबारी भएर जानेछैनौं, त्यस ठाँउको कुवाहरूबाट पानी पिउँने छैनौं, हामी केवल राजमार्गमा हिड्नेछौं, कतै दायाँ बाया जाने छैनौं। जब सम्म तपाईंको देशमा यात्रा गर्छौ हामी बाटोमा नै रहनेछौं।”
17 Deixa-nos, pois, passar pela tua terra; não passaremos pelo campo, nem pelas vinhas, nem beberemos a água dos poços; iremos pela estrada real; não nos desviaremos para a direita nem para a esquerda, até que passemos pelos teus termos.
18 तर एदोमका राजाले उत्तर दिए, “हाम्रो देश भएर तिमीहरू यात्रा गर्न पाउँदैनौ। यदि हिड्ने चेष्टा गरे हामी तरबार लिएर तिमीहरूसित लडन आउनेछौं।”
18 Porém Edom lhe disse: Não passarás por mim, para que eu não saia com a espada ao teu encontro.
19 इस्राएलीहरूले उत्तर दिए, “हामी खाली मूलबाटै भएर मात्र जानेछौं। अनि यदि हाम्रा पशुहरूले कुनै पानी पिए त्यसको मोल तिर्नेछौ। हामी खाली तपाईंको देशको बाटोमा हिड्न चाहान्छौं, हाम्रो निम्ति अरू केही चाहिंदैन।”
19 Então os filhos de Israel lhe disseram: Subiremos pelo caminho aplanado, e se eu e o meu gado bebermos das tuas águas, darei o preço delas; não desejo alguma outra coisa, senão passar a pé.
20 तर फेरि एदोमले उत्तर दिए, “हाम्रो देशमा तिमीहरूलाई आउन दिंदैनौं।”
20 Porém ele disse: Não passarás. E saiu-lhe Edom ao encontro com muita gente, e com mão forte.
21 एदोमले इस्राएलका मानिसहरूलाई आफ्नो भूमिको बाटोबाट यात्रा गर्न दिएनन् तिनीहरू अर्कै बाटो भएर गए।
21 Assim recusou Edom deixar passar a Israel pelo seu termo; por isso Israel se desviou dele.
22 इस्राएलका सबै मानिसहरूले कादेशबाट होर पर्वत सम्म यात्रा गरे।
22 Então partiram de Cades; e os filhos de Israel, toda a congregação, chegaram ao monte Hor.
23 होर पर्वत एदोमको सिमाना नजिक थियो। परमप्रभुले मोशालाई भन्नुभयो,
23 E falou o Senhor a Moisés e a Arão no monte Hor, nos termos da terra de Edom, dizendo:
24 “अब हारून उसको पुर्खाहरूसित मिल्नेछ। तिमी र हारूनले मरीबाको पानीमा मैले दिएको आज्ञा पालन नगरेकोले मैले इस्राएलका मानिसहरूलाई दिन्छु भनेको भूमिमा तिमीहरू पस्न पाउने छैनौ।
24 Arão será recolhido a seu povo, porque não entrará na terra que tenho dado aos filhos de Israel, porquanto rebeldes fostes à minha ordem, nas águas de Meribá.
25 “अब हारून र तिनका छोरो एलाजारलाई होर पर्वतमा लिएर आऊ।
25 Toma a Arão e a Eleazar, seu filho, e faze-os subir ao monte Hor.
26 हारूनको लुगा खोलेर उसको छोरो एलाजारलाई लगाई देऊ। हारून त्यहाँ पर्वतमा मर्छ र आफ्नो पिता-पुर्खाहरूसित मिल्न जान्छ।”
26 E despe a Arão as suas vestes, e veste-as em Eleazar, seu filho, porque Arão será recolhido, e morrerá ali.
27 मोशाले परमप्रभुको आज्ञा पालन गरे। मोशा, हारून र एलाजार होर पर्वतमा गए। सबै इस्राएली मानिसहरूले तिनीहरू गएको देखे।
27 Fez, pois, Moisés como o Senhor lhe ordenara; e subiram ao monte Hor perante os olhos de toda a congregação.
28 मोशाले हारूनको खास लुगाहरू फुकाइदिएर एलाजारलाई लगाई दिए। त्यसपछि हारून त्यहीं पर्वतमा मरे अनि मोशा र एलाजार पर्वतबाट तल झरे।
28 E Moisés despiu a Arão de suas vestes, e as vestiu em Eleazar, seu filho; e morreu Arão ali sobre o cume do monte; e desceram Moisés e Eleazar do monte.
29 हारून मरेको इस्राएलका सबै मानिसहरूले चाल पाए अनि तीस दिनसम्म शोक पालन गरे।
29 Vendo, pois, toda a congregação que Arão era morto, choraram a Arão trinta dias, toda a casa de Israel.

Ler em outra tradução

Comparar com outra