Números 15
NPI2010 vs ARIB
1 परमप्रभुले मोशालाई भन्नुभयो,
1 Depois disse o Senhor a Moisés:
2 “इस्राएलका मानिसहरूलाई भन जब तिमीहरू मैले दिन्छु भनेको भूमिमा पस्छौ,
2 Fala aos filhos de Israel e díze-lhes: Quando entrardes na terra da vossa habitação, que eu vos hei de dar,
3 तिमीहरूले परमप्रभुलाई आगोद्वारा विशेष बलिदान चढाउनु पर्छ। त्यो विशेष बलिदानको सुगन्धले परमप्रभुलाई आनन्द दिनेछ। तिमीहरूले होमबलि अथवा कुनै पनि बाख्रा, भाकल बलिदानको बलि, विशेष बलि, मेलबलि राजीखुशीको बलि अथवा कुनै चाडको निम्ति विशेष बलिमा गाई-वस्तु र भेडा अथवा बाख्राहरू चढाउनेछौ।
3 e ao Senhor fizerdes, do gado eu do rebanho, oferta queimada, holocausto ou sacrifício, para cumprir um voto, ou como oferta voluntária, para fazer nas vossos festas fixas um cheiro suave ao Senhor,
4 “एकजना व्यक्तिले उपहार ल्याउँदा उसले परमप्रभुलाई अन्नबलि पनि दिनुपर्छ। बलि चढाउँदा अन्नबलिमा एक चौथाई हीन भद्राक्षको तेल हालेर आठ कप मसिनो पीठो ल्याउनु पर्छ।
4 Então aquele que fizer a sua oferta, fará ao Senhor uma oferta de cereais de um décimo de efa de flor de farinha, misturada com a quarta parte de um him de azeite;
5 जब तिमी होमबलि साथमा अर्घबलिको निम्ति थुमा चढाउँछौ एक चौथाई हीन दाखरस पनि चढाउनु पर्छ।
5 e de vinho para a oferta de libação prepararás a quarta parte de um him para o holocausto, ou para o sacrifício, para cada cordeiro;
6 “यदि तिमी भेडा बलि चढाउँछौ भने तिमीले अन्नबलि पनि तयार पार्नु पर्छ। अन्नबलिमा एपाको दश खण्डको दुइ खण्ड मसिनो पीठोमा हीनको तीन खण्डको एक खण्ड भद्राक्षको तेल मिसाउनु पर्छ।
6 e para cada carneiro prepararás como oferta de cereais, dois décimos de efa de flor de farinha, misturada com a terça parte de um him de azeite;
7 अनि अर्घबलिको निम्ति हीनको तीन खण्डको एक खण्ड दाखरस राख्नु पर्छ र यसले परमप्रभुलाई मीठो वास्ना दिनेछ।
7 e de vinho para a oferta de libação oferecerás a terça parte de um him em cheiro suave ao Senhor.
8 “तिमीले यदि आफ्नो होमबलि, वा बलिदान, मेलबलि अथवा कुनै विशेष भाकलको निम्ति एउटा जवान साँढे तयार पार्न सक्छौ।
8 Também, quando preparares novilho para holocausto ou sacrifício, para cumprir um voto, ou um sacrifício de ofertas pacíficas ao Senhor,
9 त्यस समयमा जवान साँढेसित तिमीले अन्न बलि पनि ल्याउनु पर्छ। अन्न बलि आधा हीन भद्राक्षको तेल मिसाएको एपाको दश खण्डको तीन खण्डको मसिनो पीठो हुनु पर्छ।
9 com o novilho oferecerás uma oferta de cereais de três décimos de efa, de flor de farinha, misturada com a metade de um him de azeite;
10 अर्घबलिको निम्ति आधा हीन दाखरस पनि ल्याउनु पर्छ। यो बलि आगोद्वारा चढाइन्छ र यसको सुगन्धले परमप्रभुलाई प्रसन्न पार्छ।
10 e de vinho para a oferta de libação oferecerás a metade de um him como oferta queimada em cheiro suave ao Senhor.
11 प्रत्येक साँढे अथवा भेडा अथवा थुमा अथवा बाख्राको पाठो परमप्रभुलाई बलि स्वरूप चढाउँदा यसरी तयार पार्नु पर्छ।
11 Assim se fará com cada novilho, ou carneiro, ou com cada um dos cordeiros ou dos cabritos.
12 यी कुनै आवश्यक छैन कति पशुहरू तिमीहरूले तयार गर्छौ, तर तिमीले यो प्रत्येक को निम्ति गर्नु पर्छ।
12 Segundo o número que oferecerdes, assim fareis com cada um deles.
13 “इस्राएलका प्रत्येक नागरिकले परमप्रभुलाई प्रसन्न गराउन बलि चढाउँदा यही तरिकाले अगोद्वार चढाउनु पर्छ।
13 Todo natural assim fará estas coisas, ao oferecer oferta queimada em cheiro suave ao Senhor.
14 यदि तिनीहरू बीचमा बस्ने विदेशीहरूले आगोद्वारा बलि चढाएर परमेश्वरलाई खुशी पार्न चाहन्छ भने, तिमीहरूले तिनीहरूले जस्तै बलि चढाउनु पर्छ।
14 Também se peregrinar convosco algum estrangeiro, ou quem quer que estiver entre vos nas vossas gerações, e ele oferecer uma oferta queimada de cheiro suave ao Senhor, como vós fizerdes, assim fará ele.
15 यही नियमहरू इस्राएलका मानिसहरू र तिनीहरूसित यो देशमा बसो बास गर्ने विदेशीहरू प्रत्येकको निम्ति लागू हुनेछ। यही कानून सदा सर्वदा लागू रहनेछ। तिमी र तिमीहरूसित बसो-बासो गर्ने विदेशीहरू परमप्रभुको उपस्थितीमा एकै हुन्।
15 Quanto à assembléia, haverá um mesmo estatuto para vós e para o estrangeiro que peregrinar convosco, estatuto perpétuo nas vossas gerações; como vós, assim será o peregrino perante o Senhor.
16 त्यही नियम र विधि तिमीहरूको निम्ति र विदेशीहरूको निम्ति लगाइन्छ जो तिमीहरूसित बसो-बास गर्छन्।”
16 Uma mesma lei e uma mesma ordenança haverá para vós e para o estrangeiro que peregrinar convosco.
17 परमप्रभुले मोशालाई भन्नुभयो,
17 Disse mais o Senhor a Moisés:
18 “इस्राएलका मानिसहरूलाई भनः जब तिमीहरू मैले लैजाँदै गरेको भूमिमा पुग्छौ,
18 Fala aos filhos de Israel, e dize-lhes: Depois de terdes entrado na terra em que vos hei de introduzir,
19 अनि त्यस भूमिमा उब्जेको खाद्य जब तिमीहरू खान्छौ, तिमीहरूले परमप्रभुलाई बलि चढाउनै पर्छ।
19 será que, ao comerdes do pão da terra, oferecereis ao Senhor uma oferta alçada.
20 तिमीहरूको पहिलो हलोबाट तिमीहरूले एउटा रोटी बलि झैं चढाउनु पर्छ। यो तिमीहरूले यस्तै प्रकारले चढाउनु पर्छ जस्तो तिमीहरूको खलाबाट बलिहरू चढाइरहेछौ।
20 Das primícias da vossa massa oferecereis um bolo em oferta alçada; como a oferta alçada da eira, assim o oferecereis.
21 यो नियम सदा-सर्वदाको निम्ति लागू रहनेछ र त्यो डल्लाबाट परमप्रभुको निम्ति प्रथम बलि तिमीहरूले चढाउँनु पर्छ।
21 Das primícias das vossas massas dareis ao Senhor oferta alçada durante as vossas gerações.
22 “अब परमप्रभुले मोशालाई दिनु भएको आज्ञाहरूमा यदि तिमीहरूले कुनै एक आज्ञा पालन गर्न भूल भयो अथवा बिर्स्यौ भने के गर्नुपर्छ?
22 Igualmente, quando vierdes a errar, e não observardes todos esses mandamentos, que o Senhor tem falado a Moisés,
23 मोशा मार्फत परमप्रभुले यी आज्ञाहरू तिमीहरूलाई दिनुभयो। परमप्रभुले यी आज्ञाहरू तिमीहरूलाई दिनु भएकै दिनदेखि यिनीहरू लागू छन्। अनि यी आज्ञाहरू निरन्तर चलिरहनेछन्।
23 sim, tudo quanto o Senhor vos tem ordenado por intermédio do Moisés, desde o dia em que o Senhor começou a dar os seus mandamentos, e daí em diante pelas vossas gerações,
24 यसर्थ यदि तिमीहरूले यी आज्ञाहरू मध्ये कुनै एउटा पालन गर्न भूल्यौ अथवा बिर्स्यौ भने के गर्छौ? यदि यी आज्ञाहरू मध्ये कुनै एउटा आज्ञा इस्राएलका सारा निवासीहरूले पालन गर्नु भूले अथवा बिर्से तब इस्राएलका सारा मानिसहरूले परमप्रभुलाई एउटा जवान साँढे होमबलि चढाउनु पर्छ। अन्नबलि र अर्घबलि पनि चढाउनु बिर्सनु हुँदैन। यो बलिको सुगन्धले परमप्रभुलाई सन्तुष्ट तुल्याउँछ। तिमीहरूले पापबलिको निम्ति एउटा पाठो पनि चढाउनु पर्छ।
24 será que, quando se fizer alguma coisa sem querer, e isso for encoberto aos olhos da congregação, toda a congregação oferecerá um novilho para holocausto em cheiro suave ao Senhor, juntamente com a oferta de cereais do mesmo e a sua oferta de libação, segundo a ordenança, e um bode como sacrifício pelo pecado.
25 “यस प्रकार पूजाहारीले इस्राएलका समस्त मानिसहरूको समुदायलाई प्रायाश्चित बनाउँछ त्यसकारण तिनीहरूलाई क्षमा दिनेछ। किनभने तिनीहरूको पाप इच्छाकृत थिएन। यसकारण यसको लागि तिनीहरूले आफ्नो होमबलि र पापबलि चढाए ता कि परमप्रभुले तिनीहरूलाई क्षमा गरून्।
25 E o sacerdote fará expiação por toda a congregação dos filhos de Israel, e eles serão perdoados; porquanto foi erro, e trouxeram a sua oferta, oferta queimada ao Senhor, e o seu sacrifício pelo pecado perante o Senhor, por causa do seu erro.
26 त्यहाँ बस्ने सबै इस्राएलीहरू र विदेशीहरूलाई क्षमा गरिन्छ किनभने तिनीहरू सबैले भूल गरेका थिए।
26 Será, pois, perdoada toda a congregação dos filhos de Israel, bem como o estrangeiro que peregrinar entre eles; porquanto sem querer errou o povo todo.
27 “तर यदि एउटाले अञ्जानमा पाप गर्छ भने, एक वर्षको पाठी, पापबलिको बलि झैं चढाउनु पर्छ।
27 E, se uma só pessoa pecar sem querer, oferecerá uma cabra de um ano como sacrifício pelo pecado.
28 यस्तो प्रकारले पूजाहारीले उसको निम्ति प्रायश्चित गराउने छ जसले अञ्जानमा भूल गर्छ क्षमा गरिन्छ। ताकि त्यो व्यक्तिलाई परमप्रभुबाट क्षमा गरिन्छ।
28 E o sacerdote fará perante o Senhor expiação pela alma que peca, quando pecar sem querer; e, feita a expiação por ela, será perdoada.
29 इस्राएलीहरूको बीचमा मानिसहरू चाहे इस्राएली नागरिकहरू हो अथवा विदेशी जो भए तापनि नियम सबैको निम्ति एउटा हुन्छ जसले अञ्जानमा भूल गर्छ।
29 Haverá uma mesma lei para aquele que pecar sem querer, tanto para o natural entre os filhos de Israel, como para o estrangeiro que peregrinar entre eles.
30 “तर यदि कुनै एकजना व्यक्तिले जानी-जानी पाप गर्छ भने ऊ चाहे स्वदेशमा अथवा विदेशमा जन्मेको होस् उसले परमप्रभुलाई अपमान गर्छ र त्यस व्यक्तिलाई उसका मानिसहरूबाट बहिष्कृत गराउनु पर्छ।
30 Mas a pessoa que fizer alguma coisa temerariamente, quer seja natural, quer estrangeira, blasfema ao Senhor; tal pessoa será extirpada do meio do seu povo,
31 किनभने त्यो मानिसले देखाउँछ कि उसले उहाँको आज्ञालाई तोडे र परमप्रभुलाई घृणा गरे। अनि त्यो व्यक्ति उसको परिवारबाट बहिष्कार हुनै पर्छ। ऊ पापको दोषी छ र दण्डित हुनै पर्छ।”
31 por haver desprezado a palavra do Senhor, e quebrado o seu mandamento; essa alma certamente será extirpada, e sobre ela recairá a sua iniqüidade.
32 जब इस्राएलका मानिसहरू मरूभूमिमा थिए, तिनीहरूले विश्रामको दिनमा एकजना मानिसले दाउरा बटुल्दै गरेको देखे।
32 Estando, pois, os filhos de Israel no deserto, acharam um homem apanhando lenha no dia de sábado.
33 ती मानिसहरू ज-जसले उसलाई दाउरा बटुल्दै गरेको भेट्टाएका थिए तिनीहरूले उसलाई मोशा, हारून र अरू सबै मानिसहरू भएको ठाँउमा ल्याए।
33 E os que o acharam apanhando lenha trouxeram-no a Moisés e a Arão, e a toda a congregação.
34 तिनीहरूले त्यस व्यक्तिलाई त्यहाँ राखे कारण उसलाई के दण्ड दिनु पर्ने जानेका थिएनन्।
34 E o meteram em prisão, porquanto ainda não estava declarado o que se lhe devia fazer.
35 तब परमप्रभुले मोशालाई भन्नुभयो, “त्यो मानिस मर्नु पर्छ। सबै मानिसहरूले उसलाई छाउनी बाहिर ढुङ्गाले हिर्काउनु पर्छ।”
35 Então disse o Senhor a Moisés: certamente será morto o homem; toda a congregação o apedrejará fora do arraial.
36 यसकारण ती मानिसहरूले उसलाई छाउनी बाहिर ल्याए अनि ढुङ्गाले हिर्काएर मारे। परमप्रभुले मोशालाई आज्ञा दिनुभए अनुसार तिनीहरूले गरे।
36 Levaram-no, pois, para fora do arraial, e o apedrejaram, de modo que ele morreu; como o Senhor ordenara a Moisés.
37 परमप्रभुले मोशालाई भन्नुभयो,
37 Disse mais o Senhor a Moisés:
38 “इस्राएलका मानिसहरूसित कुरा गर। तिनीहरूलाई यी कुराहरू भन् आउने पुस्ताहरू भरि तिमीहरूले फुर्काहरू बनाउनु पर्छ अनि तिनीहरूलाई तिमीहरूको लुगाको कुनामा टाँस्नु पर्छ। त्यस पछि तिमीहरूको लुगाको प्रत्येक कुनाको फुर्काहरूमा निलो धागो बाँध।
38 Fala aos filhos de Israel, e dize-lhes que façam para si franjas nas bordas das suas vestes, pelas suas gerações; e que ponham nas franjas das bordas um cordão azul.
39 यसकारण जब तिमीहरूले फुर्का देख्छौ, तिमीहरूले परमप्रभुको आज्ञा सम्झने छौ र तिनीहरूलाई पच्छ्याउनेछौ अनि तिमीहरू भूल बाटोमा जाने छैनौ, तिमीहरूको आँखा अनि हृदयको लालस पच्छ्यायो, जसले तिनीहरूलाई अविश्वासी बनाउँछ।
39 Tê-lo-eis nas franjas, para que o vejais, e vos lembreis de todos os mandamentos do Senhor, e os observeis; e para que não vos deixeis arrastar à infidelidade pelo vosso coração ou pela vossa vista, como antes o fazíeis;
40 तब तिमीहरू परमेश्वरको विशेष ब्यक्तिहरू हुनेछौ कारण तिमीहरूलाई आज्ञाहरू पालन गर्न याद आइरहन्छ।
40 para que vos lembreis de todos os meus mandamentos, e os observeis, e sejais santos para com o vosso Deus.
41 म परमप्रभु तिमीहरूको परमेश्वर हुँ। म नै एक हुँ जसले तिमीहरूलाई मिश्र देशबाट बाहिर निकालेर ल्याँए। तिमीहरूको परमेश्वर हुनुलाई मैले यसो गरें। म परमप्रभु तिमीहरूका परमेश्वर हुँ।”
41 Eu sou o senhor vosso Deus, que vos tirei da terra do Egito para ser o vosso Deus. Eu sou o Senhor vosso Deus.
Atalhos do teclado
- Capítulo anterior←
- Próximo capítulo→
- Versículo anteriork
- Próximo versículoj
- Limpar seleçãoEsc
- Esta ajuda?