Jeremias 52

NPI2010

1 सिदकियाह यहूदाका राजा हुँदा उनी 12 वर्ष मात्रका थिए। सिदकियाहले यरूशलेममा एघार वर्ष राज्य गरे। उनकी आमाको नाउँ हमूतल हो तिनी यर्मियाकी छोरी थिइन्। हमतूलका परिवार लिब्ना शहरका थिए।

2 यहोयाकीमले गरे जस्तै सिदकियाहले परमप्रभुको दृष्टिमा नै अनिष्ट कार्य गरे।

3 डरलाग्दा घटनाहरू यरूशलेम र यहूदामा भयो किनभने परमप्रभु तिनीहरूसित रिसाउनु भएको थियो। अन्तमा, परमप्रभुले आफ्नो दृष्टिबाट यरूशलेम र यहूदाका मानिसहरूलाई फ्याँकिदिनु भयो।

4 यसर्थ सिदकियाहको शासनकालको नवौ वर्षको दशौं महीनाको दशौं दिन बाबेलका राजा नबूकदनेस्सर आफ्ना सम्पूर्ण सेना लिएर यरूशलेम विरूद्ध अघि बढे। बाबेलका सेनाले यरूशलेम बाहिर शिबिर बनाएका थिए। तिनीहरूले शहरको वरिपरि घेरा पर्खालहरू बनाए।

5 शहर घेराव सिदकियाहको राज्यकालको एघारौं वर्षसम्म रह्यो।

6 चौथो महीनाको नवौं दिनमा शहरमा महा अनिकाल पर्यो। त्यस देशमा मानिसहरूका निम्ति भोजन थिएन।

7 शहरको पर्खालमा प्वाल बनाएको थियो। यरूशलेमका सेना भागे। तिनीहरूले शहर राता-रात त्यागे। राजाको बगैंचाको दुइ पर्खालहरूको माझको प्रवेशद्वारबाट तिनीहरू गए। अहिले बाबेलीहरूले शहरलाई घेरेका थिए। तिनीहरू आराबातिर भागे।

8 तर राजा सिदकियाहलाई बाबेलका सेनाले खेदे। तिनीहरूले यरीहोको मैदानमा तिनलाई समाते। सिदकियाहका सबै सिपाहीहरू भागे।

9 बाबेलका सेनाले राजा सिदिकयाहलाई पक्रे अनि तिनीहरूले उसलाई हमातको देश रिब्लामा बाबेलका राजाकहाँ ल्याए। रिब्लामा बाबेलका राजाले राजा सिदकियाहमाथि आफ्नो निर्णय सुनाए।

10 रिब्लामा बाबेलका राजाले सिदकियाहको छोरोहरू तिनको उपस्थितिमा मारिदिए। सिदकियाहलाई उनका छोराहरू उपस्थितिमा मारिएको हेर्न वाध्य पारि्यो। तिनीहरूले यहूदाका सारा हाकिमहरूलाई पनि मारिदिए।

11 त्यसपछि बाबेलका राजाले सिदकियाहलाई अन्धा बनाए। उसले सिदकियाहलाई साङ्गलाले बाँधे अनि तिनलाई बाबेलमा लगेर तिनको मृत्यु सम्म कैदमा राखे।

12 राजा नबूकदनेस्सरको राज्यकालको उन्नाईसौं वर्षको पाँचौ महीनाको दशौं दिनमा बाबेलका राजाका विशेष रक्षकहरूको कप्तान नबूजरदान यरूशलेममा आए।

13 नबूजरदानले परमप्रभुको मन्दिरमा आगो लगाइदियो। उनले राजाको महल, सबै साधरण र महत्वपूर्ण घरहरूमा आगो लगाइदियो।

14 बाबेलका सम्पूर्ण सेना जो तिनीहरूका कप्तानसित थिए, तिनीहरूले यरूशलेमको वरिपरिको पर्खालहरू तोडिदिए।

15 कप्तान नबूजरदानले केही गरीब मानिसहरू अनि शहरमा बाँकी रहेका मानिसहरूलाई कैद गरे अनि बाबेलका राजासित समर्पण भइसकेकाहरूलाई बाबेल लगे। उनले कुशल कारीगरहरूलाई पनि कैद गरेर लगे।

16 तर नबूजरदानले कतिपय गरीब मानिसहरूलाई खेती र दाखबारीमा काम गर्नलाई छोडी दिए।

17 बाबेलीहरूले परमप्रभुको मन्दिरको काँसाको खम्बाहरू त्यसको घेडेरीहरू, काँसाको ट्याँकी तोडे अनि काँसा बाबेलमा लगे।

18 बाबेलका सेनाले मन्दिरबाट भाँडाहरू, बेलचाहरू, सलेदो काट्नेहरू, धुपौरोहरू, ठूलो बाटाहरू, कचौराहरू, अनि सारा काँसाका भाँडाहरू जो मन्दिरको काममा चलाइन्थ्यो सबै लगे।

19 राजाका कप्तानका विशेष प्रहरीहरूले साना-साना धूपदानीहरू, अभिषेक गर्ने बोलहरू, भाँडाहरू सामदानहरू, चम्चाहरू जुन सुन र चाँदीबाट बनाइएका थिए अनि अर्घ बलिहरूको लागि प्रयोग गरिन्थ्यो सबै लगे।

20 ती दुइ खम्बाहरू, एउटा ठूलो काँसाको खड्कुँलो, बाह्रवटा काँसाको गोरूहरू अनि सार्नै नसकने आधारहरू जो राजा सुलेमानले परमप्रभुको मन्दिरको लागि बनाएका थिए। ती सबै काँसाले बनाएका चीजहरू तौल गरी नसक्नुको थियो।

21 प्रत्येक काँसाका स्तम्भहरू 18 हात उँचाई, 12 हात गोलाई र 4 अंगुल मोटाई अनि बीचमा खोक्रो भएको थियो।

22 प्रत्येक स्तम्भको शिरहरू काँसाले बनिएका अनि 5 हात अग्ला थिए। यो काँसाले सजिएको जाली र काँसाले दारीमदाना बुट्टाहरूले वरिपरि सजिएको थियो। अन्य स्तम्भ पनि दारीमदाना जस्तै बुट्टाले सजिएका थिए।

23 त्यस्का छेव-छैवमा 96 वटा दारिमहरू थिए। त्यहाँ जालीको घेरा वरिपरि जम्मा 100 वटा दारिमहरू थिए।

24 राजाको खास रक्षकहरूको अधिकारीले सरायाह र सपन्याहलाई कैदी बनाएर लगे। सरायाह मुख्य पूजाहारी र सपन्याह दोस्रो पूजाहारी थिए। त्यस बाहेक तीनजना ढोकेहरूलाई पनि कैदीहरू बनाएर लगे।

25 तिनले यरूशलेममा भेटिएका राजाका सेनाहरूका अफिसर अनि राजाका सातजना सल्लाहकारहरूलाई पनि लगे। तिनले अधिकारीहरूका सचिव जसले मानिसहरूको नाउँ सेनामा लेखाँउथे तिनलाई, त्यस ठाउँमा भेटिएका मानिसहरू र शहरमा भेटिएका साठी जना पुरूषहरूलाई पनि लगे।

28 नबूकदनेस्सरले यसरी मानिसहरूलाई कैद बनाएर लगे अनि तिनीहरूको संख्या यही होः

29 नबूकदनेस्सरको राज्यकालको अठारौं वर्षमा 832 यहूदीहरूलाई यरूशलेमको बाहिर लगियो।

30 नबूकदनेस्सरको राज्यकालको तेईसौं वर्षमा प्रहारीहरूका कप्तान नबूजरदानले 745 यहूदीहरूलाई निर्वासनमा लग्यो।

31 यहूदाका राजा यहोयाकीनले बाबेलमा सैतीस वर्ष कैदी जीवन बिताए। यहोयाकीनको कैदीकालको सैंतीस वर्षमा बाबेलका राजा एवील-मरोदकले अति दया साथ यहोयाकीनलाई कैदबाट मुक्त गराए। यो त्यही वर्ष थियो जब एवील-मरोदकका राजा भएका थिए।

32 एवील-मरोदकले यहोयाकीनसँग प्रेमपर्वक बात गरे। अनि उनले यहोयाकीनलाई बाबेलमा उनीसंग रहेका अन्य राजाहरूलाई भन्दा उच्च स्थानको सम्मान दिए।

33 यसकारण यहोयाकीनले आफ्ना कैदी पोषाक खोलेर उतारे। त्यसपछि उसले भोजन पनि राजाकै टेबलमा खाए।

34 प्रत्येक दिन बाबेलका राजाले यहोयाकीनलाई भत्ता दिन थाले। यो यहोयाकीनको मृत्यु पर्यन्त लगातार चलिरह्यो।

Ler em outra tradução

Comparar lado a lado