1 तब अय्यूबले जवाफ दिएः
2 “यदि मेरो पीडाहरू ओजन गर्न सक्ने भएता
3 मेरो दुःख म यता समुद्रहरूमा भएका बालुवाभन्दा गह्रुँङ्ग हुनेथ्यो।
4 सर्वशक्तिमान परमेश्वरको काँडहरू ममाथि छन्।
5 जब कुनै दुर्घटना घटेको छैन। तिम्रो शब्दहरू भन्नलाई सजिलो छ।
6 नुन विनाको भोजनको स्वाद असल हुँदैन
7 यस प्रकारको खाद्य खान अस्वीकार गर्छु। यस्ता भोजनले मलाई अस्वास्थ पार्छ।
8 “हाय! मैले जे मागें त्यो पाउँन सकूँ।
9 म कामना गर्छु परमेश्वरले मलाई श्राप दिउन,
10 अनि यदि उहाँले मलाई मार्नुहुन्न भने म एउटा कुरामा आश्वासित हुनेछु।
11 “मेरो बल गयो यसैले मसित बाँच्ने आशा पनि छैन्।
12 म चट्टान जस्तो बलियो छैन।
13 म सँग स्वयंलाई सहयोग गर्ने क्षमता पनि अब छैन।
14 “कुनै मानिस यदि संकटहरूमा छ भने उसको साथी उसको निम्ति कृपालु हुनपर्छ।
15 तर तिमी, मेरो दाज्यू-भाइहरू, उद्धार भएनौ।
16 जब तिनीहरू बरफले जम्छन् अनि जहाँ हिउँ लुकाएर राखिएको हुन्छ।
17 अनि जब ऋतु गर्मी र सूक्खा हुन्छ,
18 व्यापारीहरू बाङ्गो टेडो मोडहरू पछ्याउँदै जंङ्गलमा हराउँदछ।
19 तेमाका व्यापारीहरू पानी खोज्न आउँछन्।
20 तिनीहरू पानी पाइन्छ भनेर आशा गर्छन
21 अहिले तिमीहरू त्यस्ता खोलाहरू जस्ता हौ।
22 के मैले तिमीहरूलाई सहायता मागे? होइन।
23 के मैले तिमीहरूलाई भने, ‘शत्रुहरूबाट मलाई जोगाऊ?
24 “यसैले अब, मलाई शिक्षा देऊ अनि म चूपचाप रहनेछु।
25 ईमान्दार वचनहरू शक्तिशाली हुन्छन।
26 जब एकजना निराशापूर्ण मानिसको शब्दहरू बतास झैं हुन्छन् भने
27 तिमीहरूले च्याँखेसम्म थापेर ती चीजहरू जित्न खोज्दैछौ
28 तर अब, दया गरेर मेरो अनुहारलाई ध्यान देऊ।
29 यसैले अब, आफ्ना विचारहरू परिवर्तन गर बेईमानी नगर सोचाइ परिवर्तन गर।
30 म झूटो बोलिरहेको छैन।