Isaías 56

NPI2010

1 परमप्रभुले यी कुराहरू भन्नुभयो, “सबै मानिसहरूसित न्यायपूर्वक व्यवहार गर। ठीक कुराहरू मात्र गर। किन? किनभने मेरो मुक्ति तिमीहरूमा हुनेछ। मेरो धार्मिकता संसारभरि चाँडै प्रकट हुनेछ।

2 त्यस मानिस जसले परमप्रभुको विश्राम दिन बारे नियमहरू मान्छ उसमा परमप्रभुको कृपा रहन्छ। अनि त्यस मानिस जसले कुनै पाप कर्म गर्दैन उ खुशी हुनेछ।”

3 केही मानिसहरू जो यहूदी होइनन् आफै परमप्रभुसँग मिल्नेछन्। तिनीहरूले भन्नु पर्दैन, “परमप्रभुले आफ्ना मानिसहरूसित मलाई ग्रहण गर्नेछैनन्।” नपुंसकले यसो भन्नुपर्दैन, “म सुख्खा काठको एउटा टुक्रा हुँ, म कुनै नानी जन्माउन सक्दिनँ।”

4 ती नपुंसकहरूले त्यस्ता कुराहरू भन्नु पर्दैन किनभने परमप्रभुले भन्नुहुन्छ, “नपुंसक मध्ये केहीले विश्राम दिनको नियम अनुसरण गर्छन्। कार्यहरू त्यही गर्छन जो म इच्छा गर्छु अनि मेरो करार साँचो हृदयले अनुशरण गर्छन्।

5 यसैले म तिनीहरूकोलागि स्मारक ढुङ्गा मेरो मन्दिरमा राखिदिनेछु। तिनीहरूका नाउँ मेरो शहरमा सम्झना गरिनेछ। हो, म ती नपुसंकहरूलाई केही चीज दिनेछु जुन नानीहरू भन्दा राम्रो हुन्छ। म तिनीहरूलाई नाउँ दिनेछु जुन सधैं रहनेछ। तिनीहरू मेरा मानिसहरूबाट अलग हुने छैनन्।”

6 “कतिपय मानिसहरू जो यहूदीहरू होइनन उनीहरू परमप्रभुकहाँ आएर मिल्नेछन्। तिनीहरूले त्यसो गर्नेछन यसैले तिनीहरूले उहाँलाई सेवा गर्न सक्छन र परमप्रभुको नाउँलाई प्रेम गर्नेछन्। तिनीहरू उहाँका दासहरू हुनलाई आपसमा स्वयं मिल्नेछन्। तिनीहरूले शबथ विश्राम दिनलाई खास उपासनाको दिन भनेर राख्नेछन अनि लगातार मेरो कुरारलाई गहन प्रकारले अनुसरण गर्नेछन्।

7 परमप्रभु भन्नुहुन्छ, ‘म ती मानिसहरूलाई मेरो पवित्र पर्वतमा ल्याउनेछु। म तिनीहरूलाई मेरो प्रार्थनाको घरमा खुशी पार्नेछु। तिनीहरूले चढाएका होमबलि र बलिदानहरूले मलाई खुशी पार्नेछ। किन? किनभने मेरो मन्दिर सबै जातिहरूका निम्ति प्रार्थनाको घर हुनेछ।’”

8 परमप्रभु मेरो मालिकले ती कुराहरू इस्राएलका मानिसहरूलाई भन्नुभयो।

9 जङ्गलमा भएका जङ्गली जानवरहरू,

10 पहरादारहरू सबै अन्धा छन्।

11 तिनीहरू भोको कुकुरहरू जस्ता छन्।

12 तिनीहरू भन्नेछन्,

Ler em outra tradução

Comparar lado a lado