Isaías 38

NPI2010

1 त्यसबेला, हिजकियाह बिमार भए अनि मृत्युको मुख सम्म पुगे। आमोसको छोरो अगमवक्ता यशैया उनलाई हेर्न गए।यशैयाले राजालाई भने, “तिमीलाई यी कुराहरू भन्नु परमप्रभुले मलाई भन्नुभयो ‘तिमी चाँडै मर्नेछौ। यसैले तिमीले तिम्रो सन्तानहरूलाई तिमी मरे पछि के गर्नु पर्ने बताउनु पर्छ। तिमी निको हुने छैनौ।’”

2 हिजकियाह भित्तातिर फर्किए जुन मन्दिर सम्मुख पर्दथ्यो र प्रार्थना गर्न थाले। उनले भने

3 “हे परमप्रभु! याद गर्नुहोस कि मैले तपाईंलाई आफ्नो साँचो हृदयबाट पूर्ण रूपले सेवा गरेकोछु। मैले ती कुराहरू गरे जुन तपाईंले असल हुन भन्नुभयो।” तब हिजकियाह धुरू-धुरू रोए।

4 यशैयाले यो वचन परमप्रभुबाट प्राप्त गरे,

5 “हिजकियाकहाँ जाऊ अनि भन कि उसलाई परमप्रभु, तिम्रो पिता-पुर्खा दाऊदका परमेश्वरले भन्नुहुन्छ, ‘मैले तिम्रो प्रार्थना सुनें अनि मैले तिम्रो आँशुहरू देखें। म तिम्रो आयु पन्ध्रह र्बष बढाईदिनेछु।

6 म तिमी र तिम्रो यस शहरलाई अश्शूरका राजाबाट बचाउने छु। म यस शहरको रक्षा गर्नेछु।’”

7 यो परमप्रभुबाट संकत हो जसले देखाउँदछ कि उहाँले भन्नु भएका कुराहरू नै गर्नु हुनेछ।

8 “हेर, दश पाइला पछि हट्नुलाई म छाँया बनाउँदैछु जुन अहाजको पाइलाहरूमाथि छ। जब घाम ती सिडीहरूमा चम्कन्थ्यो त्यो छाँयाले दिनको समय बताउँथ्यो।”

9 यो हिजकियाहबाट पठाईएको चिट्ठी हो जुन उनी आफ्नो बिमारी अवस्थाबाट निको भए पछि लेखेका हुन:

10 मैले स्वयंलाई भनें, “म बूढो भई बाँच्ने छु।

11 यसकारण मैले भने, “म परमप्रभु याहलाई यस संसारमा फेरि बाँचिरहेको देख्ने छैन,

12 मेरो घर, मेरो गोठालाको तम्बु, भत्काई रहेछन्

13 सारा रात सिंह गर्जे जस्तै म साह्रो रोएँ,

14 म ढुकुर जस्तै रोएँ,

15 के म भन्न सक्छु?

16 हे मेरो मालिक, मेरो आत्मा बलियो पार्नलाई यी दु:खका दिनहरू देखाउनुहोस।

17 हेर! मेरा कष्टहरू गए।

18 मृत मानिसहरूले तपाईंको स्तुति-गान गाउन सक्तैन्।

19 मानिसहरू जो जीउँदा छन् म जस्तै के आज ती मानिसहरूले तपाईंको गुण गाउनेछन्।

20 यसैले म भन्दछु, “परमप्रभुले मलाई बचाउनु भएको छ।

21 तब यशैयाले हिजकियाहलाई भने, “तिमीले नेभारा पिँधेर धूलो पार अनि त्यो आफ्नो घाउमा लगाऊ, तब तिमी निको हुनेछौ।”

22 तर हिजकियाहले यशैयालाई सोधे, “त्यस्तो के संकेत छ परमप्रभुबाट ता कि म निको हुनेछु? त्यस्तो के संकेत छ जसले म परमप्रभुको मन्दिर जाने समर्थताको प्रमाण गर्दछ?”

Ler em outra tradução

Comparar lado a lado