1 राजा हिजकियाहले ती कुराहरू ध्यानपूर्वक सुने। त्यसपछि उनले आफ्ना लुगाहरू च्याते अनि आफ्नो शोक प्रकट गरे। त्यसपछि उनले शोक वस्त्रहरू लगाए, अनि परमप्रभुको मन्दिर गए।
2 हिजकियाहले राज-दरबारका व्यवस्थापक एल्याकीम राजकीय सचिव शेब्ना अनि पूजाहारीहरूका बूढा-प्रधानहरूलाई आमोसको छोरा अगमवक्ता यशैयाकहाँ पठाए। तिनीहरूले यस्ता लुगाहरू लगाएका थिए जसले तिनीहरूको शोक र खिन्नता प्रकट गर्दथ्यो।
3 ती मानिसहरूले यशैयालाई भने, “राजा हिजकियाहले आदेश गरे कि आजको दिन दु:ख र शोकको विशेष दिन हो। यो अत्यन्तै शोकमय दिन हुनेछ। यो यस्तो दिनु हुनेछ जब एउटा बालक जन्मनेवाला छ। तर शक्तिको अभावमा जन्म लिन सक्तैन्।
4 सेनापतिको मालिक, अश्शूरका राजाले उसलाई जीवित परमेश्वरको बारेमा अनिष्ट कुराहरू भन्नलाई पठाए। हुन सक्छ परमप्रभु तपाईंका परमेश्वरले ती कुराहरू सुन्नु भएकोछ। शायद परमप्रभुले शत्रुको गल्ती छ भनेर प्रमाण गर्नु हुनेछ। यसकारण छाडिएका ती मानिसहरूका लागि प्रार्थना गर जो अझ जीवित छन्।”
5 राजा हिजकियाहका अधिकारीहरू यशैयाकहाँ गए।
6 यशैयाले तिनीहरूलाई भने, “यो सन्देश तिमीहरूका मालिक हिजकियाहलाई देऊ। परमप्रभु भन्नुहुन्छ, ‘कप्तानहरूका कुराहरू सुनेर तिमीहरू नडराऊ! अश्शूर राजा बाट मेरो बारेमा आएका ती “केटाहरूले” जुन अनिष्ट चीजहरू भने त्यो विश्वास नगर।
7 हेर, म अश्शूरको विरूद्ध एउटा आत्मा पठाउने छु। अश्शूरका राजाले चेताउनी स्वरूप उसको देश कष्टमा पर्नेछ। यसकारण उ आफ्नो देशमा फर्केर जानेछ। त्यसबेला, म उसलाई उसको आफ्नो देशको तरवारले मार्नेछु।’”
8 अश्शूरका राजाले एक विवरण प्राप्त गरे। विवरणमा भनिएको थियो, “तिर्हाकाह, कूशका राजा, तिमीहरूसँग लडाई गर्न आइरहेछ।” यसर्थ, अश्शूरका राजाले लाकीश त्यागेर लिब्नामा गए।
9 कप्तानले त्यस्तो सुने, अनि उ लिब्ना शहरमा गए जहाँ अश्शूरका राजा युद्ध गरिरहेका थिए।
10 उनले भने, “तिमीले यहूदाका राजा हिजकियाहलाई यी कुराहरू भन्नै पर्छ:
11 अश्शूरका राजाहरूले अन्य सारा देशहरूलाई के गरे भनेर सुनेकाछौ। तिनीहरूले तिनीहरूलाई पूर्ण रूपले ध्वंश पारी दिए। के तिमीहरू सुरक्षित हुनेछौ होइन!
12 के ती मानिसहरूका देवताहरूले तिनीहरूलाई बचाउनु भयो? होइन! मेरा पुर्खाहरूले तिनीहरू सबैलाई ध्वंश पारिदिए। तिनीहरूले गोजान, हारान, रेसेपमा बस्ने मानिसहरू अनि तलस्सारमा बस्ने एदेन वंशीहरूलाई ध्वंश पारे।
13 हमातका राजा कहाँ छन्? अर्पादका राजाकहाँ छन्? सपर्वेमका राजा कहाँ छन्? हेना र इब्बाका राजाहरू कहाँ छन्? तिनीहरू सबैलाई ध्वंश पारियो।’”
14 हिजकियाहले दूतहरूका हातबाट चिट्ठी लिए अनि पढे। त्यसपछि हिजकियाह परमप्रभुको मन्दिरमा गए। हिजकियाहले चिट्ठी खोले र परमप्रभुको समक्ष राखिदिए।
15 हिजकियाहले परमप्रभुसित प्रार्थना गर्दै भने,
16 “हे सेनाहरूका परमप्रभु, इस्राएलका परमेश्वर, तपाईं राजा सरह करूब दूतहरूमाथि बस्नु हुन्छ। तपाईं, अनि तपाईं मात्र, परमेश्वर हुनुहुन्छ जसले पृथ्वीमा भएका सारा राज्यहरूमाथि शासन गर्नु हुन्छ। तपाईंले स्वर्गहरू र पृथ्वी बनाउनु भयो।
17 हे परमप्रभु, दया गरेर मेरो कुरा ध्यान दिएर सुन्नु होस्। परमप्रभु, आफ्ना आखाँहरू खोल्नु होस् यस सन्देशमा हेर्नुहोस। हे जीवित परमेश्वर! सनहेरीबबाट तपाईंलाई निन्दा गर्न पठाएका शब्दहरू सुन्नुहोस्।
18 हे परमप्रभु! यो सत्य हो, अश्शूरका राजाहरूले जम्मै जातिहरू नाश गरे।
19 अश्शूरका राजाहरूले ती जातिहरूका सबै देवताहरू जलाई दिए। तर तिनीहरू वास्तविक रूपमा देवताहरू थिएनन्। तिनीहरू खाली मानिसहरूले बनाएका काठ र ढुङ्गाहरूका मूर्तिहरू थिए। यसैकारण अश्शूरका राजाहरूले तिनीहरूलाई नाश गर्न सके।
20 तर तपाईं परमप्रभु हाम्रो परमेश्वर हुनुहुन्छ। यसैले कृपा गरेर हामीलाई अश्शूरका राजाबाट बचाउनु होस्। तब सारा जातिहरूले जान्ने छन् कि तपाईं हाम्रो परमप्रभु हुनुहुन्छ, अनि तपाईं मात्र परमेश्वर हुनुहुन्छ।”
21 तब आमोसका छोरो यशैयाले हिजकियालाई यो समाचार पठाए। यशैयाले भने, “परमप्रभु, इस्राएलका परमेश्वर भन्नुहुन्छ, ‘तिमीहरूले त्यो समाचार जुन सन्देश अश्शूरका राजा सनहेरीबबाट आएको थियो। त्यस बारेमा मलाई प्रार्थना गर्यौ।’
22 “सनहेरीबको बारेमा यो परमप्रभुको सन्देश हो:
23 तिमीले कसलाई अपमान गर्यौ र हाँसोको पात्र बनायौ?
24 तिमीहरूले आफ्ना अधिकारीहरू परमप्रभु,
25 मैले इनारहरू खनें र नयाँ ठाउँहरूबाट पानी पिएँ।
26 ‘त्यही त तिमीले भनेको हो तर तिमीले मैले के भनें सुनेनौ।
27 त्यस शहरहरूमा शक्ति थिएन
28 म तिम्रा सारा युद्धहरूका विषयमा जान्दछु।
29 हो, तिमी मसित खिन्न थियौ।
30 त्यसपछि परमप्रभुले हिजकियाहलाई भन्नुभयो, “म तिमीलाई यी शब्दहरू सत्य हुन भनी देखाउने एउटा यस्तो संकेत दिने छु। तिमी बिऊ छर्न अयोग्य थियौ। यसैले यो वर्ष तिमी बिऊ नछरी उम्रिएको नै खानेछौ। तर तीन वर्षमा तिमी आफैले रोपेको अन्न खानेछौ। तिमीहरू ती अन्नहरू उमार्नेछौ अनि तिमीसित खानलाई प्रचूर अन्न हुनेछ। तिमी अङ्गुरका विरूवा रोप्नेछौ अनि त्यसको फल खानेछौ।
31 “यहूदाका कुलबाट आएका सन्तानहरू जो भागेको थिए र जीउँदै छाडिएका थिए ती बढन थाल्नेछन्। ती मानिसहरू पालुवाहरू जस्ता हुन जसले आफ्ना जराहरू गहिरो प्रकारले भूईंमा गाडिएका छन् र भूईंमाथि फल फलाउँदछन्।
32 केही मानिसहरू मात्र जिउँदो रहनेछन् अनि यरूशलेम बाहिर जानेछन्। केही बाँचेकाहरू सियोन पर्वतबाट आउनेछन्।” यस्तो सेनाहरूका परमप्रभुको जोश प्रेम कै कारण हुनेछ।
33 यसकारण परमप्रभुले अश्शूरका राजाको बारेमा भन्नुहुन्छ:
34 उनी जुन बाटो आएका थिए,
35 म यस शहरको सुरक्षा गर्नेछु र बचाउनेछु,
36 त्यस रात, परमप्रभुका दूत गएर अश्शूरहरूको छाउनी एक लाख पचासी हजार मानिसहरूलाई मारे। जब बाँचेका मानिसहरू बिहान ब्यूँझे तिनीहरूले आफ्ना वरिपरी मृत शरीरहरू देखे।
37 यसैले अश्शूरका राजा, सनहेरीब, निनवेमा गए अनि त्यहाँ बसे।
38 एकदिन सनहेरीब आफ्नो देवता निस्रोकको मन्दिरमा उसको पूजा गरिरहेका थिए। त्यस बेला उनका दुइजना छोरा अद्रमेलेक र शरेसेरले तिनलाई तरवारले मारे। त्यसपछि छोराहरू अरातर तिर भागे। यसैले सनहेरीबको छोरो एसर्हददोन अश्शूरका नयाँ राजा भए।