Números 32
GL_NEPALI vs ARC
1 रूबेन र गाद वंशका मानिसहरूको धेरै धेरै गाई-वस्तुहरू थिए। यसर्थ जब तिनीहरूले याजेर र गिलादको भूमि देखे तिनीहरूले ती ठाँउहरू पशुपालनको निम्ति उपयुक्त सम्झे।
1 E os filhos de Rúben e os filhos de Gade tinham muito gado em grande multidão; e viram a terra de Jazer e a terra de Gileade, e eis que o lugar era lugar de gado.
2 यसर्थ रूबेन र गाद कुलका मानिसहरू मोशा, पूजाहारी एलाजार तथा इज्राएली मानिसहरूको प्रधानहरूकहाँ गई भने,
2 Vieram, pois, os filhos de Gade e os filhos de Rúben e falaram a Moisés e a Eleazar, o sacerdote, e aos maiorais da congregação, dizendo:
3 “अतारोत, दीबोन, याजेर, निम्रा, हेसबोन, एलाले, सबाम, नबो अनि बओन
3 Atarote, e Dibom, e Jazer, e Ninra, e Hesbom, e Eleale, e Sebã, e Nebo, e Beom,
4 जुन भूमि परमप्रभुले इस्राएली मानिसहरूको निम्ति जित्नु भएको थियो, ती भूमिहरू पशु पालनको निम्ति उचित रहेकोले र हामी तपाईंको सेवकहरूकहाँ गाई-वस्तु धेरै भएकोले।
4 a terra que o Senhor feriu diante da congregação de Israel é terra de gado; e os teus servos têm gado.
5 यदि तपाईं हामीसित खुशी हुनुहुन्छ भने ती भूमिहरू हामीलाई दिइयोस्। हामी यर्दन नदी पारी जानु नपरोस्।”
5 Disseram mais: Se achamos graça aos teus olhos, dê-se esta terra aos teus servos em possessão, e não nos faças passar o Jordão.
6 मोशाले रूबेनका मानिसहरू र गादका कुल समूहलाई भने, “तिमीहरूका दज्यू-भाइहरू युद्धमा जानु पर्छ। जब तिमीहरू यहाँ सदा सर्वदा बस्दा?”
6 Porém Moisés disse aos filhos de Gade e aos filhos de Rúben: Irão vossos irmãos à peleja, e ficareis vós aqui?
7 यर्दन नदी पारी परमप्रभुले तिनीहरूलाई दिन चहानु भएको भूमिमा जानलाई किन तिमीहरू इस्राएली मानिसहरूलाई निरूत्साहित पार्न चेष्टा गरिरहेकाछौ?
7 Por que, pois, descorajais o coração dos filhos de Israel, para que não passem à terra que o Senhor lhes tem dado?
8 तिमीहरूका बाबुहरूले पनि त्यसै गरेका थिए जति बेला मैले तिनीहरूलाई कादेश-बर्नेबाट त्यो भूमिको जाँच गर्न पठाएको थिएँ।
8 Assim fizeram vossos pais, quando os mandei de Cades-Barneia a ver esta terra.
9 तिनीहरू एश्कोल बेंसी सम्म पुगे अनि त्यो भूमिको निरीक्षण पनि गरे तर तिनीहरूले इस्राएलका मानिसहरूलाई परमप्रभुले दिनु भएको भूमिमा जान हतोत्साहित बनाए।
9 Chegando eles até ao vale de Escol e vendo esta terra, descorajaram o coração dos filhos de Israel, para que não viessem à terra que o Senhor lhes tinha dado.
10 यसर्थ ती मानिसहरूसित परमप्रभु रिसाउनु भयो र शपथ गर्नु भयो कि,
10 Então, a ira do Senhor se acendeu naquele mesmo dia, e jurou, dizendo:
11 ‘बीस अनि बीस भन्दा वेशी उमेर पुगेका मानिसहरू जो मिश्रबाट आएका छन् तिनीहरूलाई मैले अब्राहाम, इसहाक र याकूबलाई दिन्छु भनी शपथ गरेको भूमि देख्न पाउने छैनन्।
11 De certo os varões, que subiram do Egito, de vinte anos para cima, não verão a terra que jurei a Abraão, a Isaque e a Jacó, porquanto não perseveraram em seguir-me,
12 किनभने कनज्जी, यपून्नेका छोरो कालेब र नूनको छोरो यहोशू बाहेक तिनीहरू कसैले पनि मलाई पूर्ण रूपले विश्वास गरेनन्। यपून्नेका छोरो कालेब र नूनको छोरो यहोशूले मात्र मलाई विशवास गरे।’
12 exceto Calebe, filho de Jefoné, o quenezeu, e Josué, filho de Num, porquanto perseveraram em seguir ao Senhor .
13 “इस्राएली मानिसहरूसित परमप्रभु क्रोधित हुनुभयो र उहाँको नजरमा ती मानिसहरू जसले दुष्टता देखाएका थिए सबै नष्ट नहोउञ्जेल चालीस वर्ष सम्म उहाँले तिनीहरूलाई मरूभूमिमा यता उता डुलाउनु भयो।
13 Assim, se acendeu a ira do Senhor contra Israel, e fê-los andar errantes até que se consumiu toda aquela geração, que fizera mal aos olhos do Senhor .
14 हे पापिष्टका सन्तानहरू हो। तिमीहरू इस्राएली मानिसहरूमाथि परमप्रभुको क्रोध पार्न तिमीहरूले आफ्ना पुर्खाहरूको जग्गा ओगटेका छौ।
14 E eis que vós, uma multidão de homens pecadores, vos levantastes em lugar de vossos pais para ainda mais acrescentar o ardor da ira do Senhor contra Israel.
15 यदि तिमीहरूले उहाँलाई पछ्याउन छाडे इस्राएली मानिसहरूलाई उहाँले यही मरूभूमिमा नै त्याग्नु हुनेछ र तिमीहरूले सबै मानिसहरूलाई ध्वंश पार्नेछौ।”
15 Se vós vos virardes de segui-lo, também ele os deixará de novo no deserto, e destruireis a todo este povo.
16 तर रूबेन र गाद कुलका मानिसहरू मोशाकहाँ गएर भने, “हामी यहाँ आफ्नो गाई वस्तुहरूको निम्ति गोठ तथा जहान बाल-बच्चाहरूको निम्ति शहर तयार पार्छौ।
16 Então, chegaram-se a ele e disseram: Edificaremos currais aqui para o nosso gado e cidades para as nossas crianças;
17 तब यहाँ भएका मानिसहरूबाट हाम्रा नानीहरूको बचाऊ हुन्छ। तर हामी अन्य इस्राएली मानिसहरूलाई सर्हषसाथ उनीहरूको भूमिमा पुर्याउन सहायता गर्छौ।
17 porém nós nos armaremos, apressando-nos diante dos de Israel, até que os levemos ao seu lugar; e ficarão as nossas crianças nas cidades fortes por causa dos moradores da terra.
18 जबसम्म ती मानिसहरूले आफ्नो-आफ्नो हिस्साको भूमि पूरै दखलमा गर्दैनन तबसम्म हामी आफ्नो घर फर्केर आउने छैनौं।
18 Não voltaremos para nossas casas até que os filhos de Israel estejam de posse, cada um, da sua herança.
19 यर्दन नदी पारिको जमीन हामी लिने छैनौ कारण हाम्रा जमीन यर्दन नदी वारि पूर्व पट्टि नै हुनेछ।”
19 Porque não herdaremos com eles dalém do Jordão, nem mais adiante; porquanto nós já teremos a nossa herança daquém do Jordão ao oriente.
20 तब मोशाले तिनीहरूलाई भने, “यदि तिमीहरू यी सब कामहरू गर्छौ भने यो भूमि तिमीहरूकै हुन्छ। तर तिमीहरूका सेनाहरू परमप्रभु सम्मुख युद्धमा जानै पर्छ।
20 Então, Moisés lhes disse: Se isto fizerdes assim, se vos armardes para a guerra perante o Senhor ,
21 तिमीहरूका सेनाहरूले यर्दन नदी पार गरी शत्रुहरूलाई बलपूर्वक त्यो भूमिबाट निकाल्नु नै पर्छ।
21 e cada um de vós armado passar o Jordão perante o Senhor , até que haja lançado fora os seus inimigos de diante dele,
22 तिमीहरू त्यति बेला आफ्नो घर फर्कनु सक्छौ जब परमप्रभुले हामीलाई पूरा भूमि लिन सहायता गर्नु हुन्छ। तब परमप्रभु र इस्राएलका मानिसहरूले तिमीहरूलाई दोषी ठराउदैनन्। परमप्रभुले तिमीहरूलाई तिमीहरूको भूमि ग्रहण गर्न दिनु हुन्छ।
22 e a terra esteja subjugada perante o Senhor , então, voltareis depois e ficareis desculpados perante o Senhor e perante Israel; e esta terra vos será por possessão perante o Senhor ;
23 तर यदि तिमीहरूले यी कामहर गरेनौ भने तिमीहरू परमप्रभुको इच्छा विरूद्ध पाप गर्नेछौ र तिमीहरू निश्चय जान्दछौ कि तिमीहरूले त्यो पापको निम्ति दण्ड पाउनेछौ।
23 e, se não fizerdes assim, eis que pecastes contra o Senhor ; porém sentireis o vosso pecado, quando vos achar.
24 गाई-वस्तुहरूको निम्ति गोठ र बाल-बच्चाहरूको निम्ति शहरहरू बनाऊ, तर याद गर कि तिमीहरूले आफ्नो प्रतिज्ञा पूरा गर्नुपर्छ।”
24 Edificai vós cidades para as vossas crianças e currais para as vossas ovelhas e fazei o que saiu da vossa boca.
25 त्यसपछि रूबेन गाद कुलका मानिसहरूले मोशालाई भने, “हामी तपाईंका सेवक हौं, हजूर हाम्रा मालिक हुनुहुन्छ र हजूरले भन्नु भएको काम हामी निश्चय गर्नेछौं।
25 Então, falaram os filhos de Gade e os filhos de Rúben a Moisés, dizendo: Como ordena meu senhor, assim farão teus servos.
26 हाम्रा जहान बाल-बच्चाहरू र गाई-वस्तुहरू यही गिलाद शहरमा रहनेछ।
26 As nossas crianças, as nossas mulheres, a nossa fazenda e todos os nossos animais estarão aí nas cidades de Gileade.
27 तर हामी हजूरका दासहरू, जस्तो मालिकको हुकुम हुन्छ परमप्रभुको अघिबाट यर्दन नदी पार गरी युद्धमा जानेछौं।”
27 Mas os teus servos passarão, cada um armado para pelejar para a guerra, perante o Senhor , como tem dito meu senhor.
28 तब मोशा, पूजाहारी एलाजारले आज्ञा दिए, नूनको छोरो यहोशू अनि इस्राएली मानिसहरूका प्रधानहरूले तिनीहरूलाई आदर गर्नेछ।
28 Então, Moisés deu ordem acerca deles a Eleazar, o sacerdote, e a Josué, filho de Num, e aos cabeças das casas dos pais das tribos dos filhos de Israel;
29 मोशाले तिनीहरूलाई भने, “गाद र रूबेनका मानिसहरू यर्दन नदी पार गरी परमप्रभुको अघिबाट हिंड्दै युद्धमा जानेछन् र तिमीहरूलाई भूमि दखल गर्नु सहायता गर्नेछन्। अनि तिमीहरूले तिनीहरूलाई गिलादको भूमि तिनीहरूकै भाग पार्न दिनेछौ।
29 e disse-lhes Moisés: Se os filhos de Gade e os filhos de Rúben passarem convosco o Jordão, armado cada um para a guerra perante o Senhor , e a terra estiver subjugada diante de vós, em possessão lhes dareis a terra de Gileade;
30 तर यदि तिनीहरू तिमीहरूसित युद्धमा गएनन् भने, तिनीहरूले कनान भूमिमा तिमीहरूसित उत्तराधिकार भाग मात्र पाउने छन्।”
30 porém, se não passarem armados convosco, então, se porão por possuidores no meio de vós na terra de Canaã.
31 गाद र रूबेनका मानिसहरूले उत्तर दिए, “परमप्रभुबाट जो आज्ञा हुन्छ त्यो पूरा गर्न हामी प्रतिज्ञा गर्छौ।
31 E responderam os filhos de Gade e os filhos de Rúben, dizendo: O que o Senhor falou a teus servos, isso faremos.
32 हामी यर्दन नदी पार गरी परमप्रभुको अघिबाट हुँदै कनानको भूमिमा जानेछौ। अनि हाम्रो भूभाग यर्दन नदीको पूर्व भाग हुनेछ।”
32 Nós passaremos, armados, perante o Senhor à terra de Canaã e teremos a possessão de nossa herança daquém do Jordão.
33 यसकारण मोशाले त्यो भूमि गादका मानिसहरू रूबेनका मानिसरू अनि मनश्शेका आधा कुल समूहहरूलाई दिए। (मनश्शे यूसुफका छोरा थिए।) त्यो भूमि एमोरीहरूको राज्य सीहोन र ओगका राज्य, बशानका राजा सम्मिलित हुन्छ। त्यो भूमिमा वरिपरिका सबै शहरहरू सम्मिलित भए।
33 Assim, deu-lhes Moisés, aos filhos de Gade, e aos filhos de Rúben, e à meia tribo de Manassés, filho de José, o reino de Seom, rei dos amorreus, e o reino de Ogue, rei de Basã: a terra com as suas cidades nos seus termos, as cidades do seu contorno.
34 गादका मानिसहरूले दीबोन, अतारोत, अरोएर शहरहरू बनाए।
34 E os filhos de Gade edificaram a Dibom, e Atarote, e Aroer;
35 अतारोत-शोपान, याजेर, योगबहा,
35 e Atarote-Sofã, e Jazer, e Jogbeá;
36 बेत-निम्रा, अनि बेथारान जुन चाहि सुरक्षित शहरहरू थिए अनि तिनीहरूको झुण्डको निम्ति भेडाको खोरहरू निर्माण गरेका थिए।
36 e Bete-Ninra, e Bete-Harã, cidades fortes, e currais de ovelhas.
37 रूबेनका कुलले हेशबोन, एलाले, किर्यातैम,
37 E os filhos de Rúben edificaram a Hesbom, e Eleale, e Quiriataim;
38 नबो, बालमोन र सिब्मा यसलाई नयाँ बनाए। तिनीहरूले नेबो र बालमोन नाम परिवर्त्तन गरिदिए अनि तिमीहरूले शहरहरूलाई आफ्नै नाम दिए जुन तिनीहरूले निमार्ण गरेका थिए।
38 e Nebo, e Baal-Meom, mudando-lhes o nome, e Sibma; e os nomes das cidades que edificaram chamaram por outros nomes.
39 मनश्शेका छोरो माकीरको वंशका मानिसहरू गिलाद गए। तिनीहरूले एमोरीहरूका शहरहरु जिते र त्यही बसे।
39 E os filhos de Maquir, filho de Manassés, foram-se para Gileade e a tomaram; e daquela possessão lançaram os amorreus, que estavam nela.
40 यसकारण मनश्शेका छोरो माकीरलाई मोशाले गिलाद दिए अनि तिनीहरू त्यही स्थायी भई बसे।
40 Assim, Moisés deu Gileade a Maquir, filho de Manassés, o qual habitou nela.
41 मनश्शे कुलका याईर गई त्यहाँका साना साना शहरहरू जिते। तब तिनीहरूले ती शहरहरूको नाम ‘याईरका शहरहरू’स-साना राखे।
41 E foi-se Jair, filho de Manassés, e tomou as suas aldeias e chamou-lhes Havote-Jair.
42 नोबहले केनात र यसका स-साना शहरहरू पराजित गरे उसलाई सबै ठाउँहरूलाई उसको आफ्नै नाम नोबह दिए।
42 E foi-se Noba e tomou a Quenate com as suas aldeias; e chamou-lhe Noba, segundo o seu nome.
Atalhos do teclado
- Capítulo anterior←
- Próximo capítulo→
- Versículo anteriork
- Próximo versículoj
- Limpar seleçãoEsc
- Esta ajuda?