Zacarias 13

NPIONCB

1 “त्यस दिन दावीदको घराना र यरूशलेमका बासिन्दाहरूलाई पाप र अशुद्धताबाट शुद्ध गर्नलाई तिनीहरूका निम्ति एउटा पानीको मूल फुटेर निस्कनेछ।

2 “त्यस दिन म देशबाट मूर्तिहरूका नामनिशानै मेटिदिनेछु, अनि कहिल्यै पनि तिनीहरूको सम्झना गरिनेछैन,” सेनाहरूका याहवेह घोषणा गर्नुहुन्छ। “म देशबाट अगमवक्ताहरू र अशुद्धताको आत्मा दुवैलाई हटाइदिनेछु।

3 यदि कसैले अझै अगमवाणी गर्छ भने त्यसलाई यो भनिनेछ, ‘तँ बाँच्नेछैनस्; किनकि तैँले याहवेहको नाममा झूट बोलेको छस्।’ जसले अगमवाणी गर्छ, त्यसका आफ्नै आमाबुबाले त्यसलाई छुरीले रोपिदिनेछन्।

4 “त्यस दिन हरेक अगमवक्ता तिनीहरूका अगमवाणीको दर्शनको कारण शर्ममा पर्नेछन्। तिनीहरूले धोका दिनलाई अगमवक्ताको रौँको वस्त्र लाउनेछैनन्।

5 हरेकले भन्‍नेछ, ‘म अगमवक्ता होइनँ। म एक किसान मात्र हुँ; किनकि युवाअवस्थादेखि नै मेरो जीविका जमिनबाट चलेको छ।’

6 यदि कसैले तिनीहरूलाई सोध्यो भने, ‘तिम्रो शरीरमा भएका यी चोटहरू के हुन्?’ तिनीहरूले जवाफ दिनेछन्, ‘यी मेरो मित्रहरूको घरमा मलाई दिइएका चोटहरू हुन्।’

7 “हे तरवार, मेरो गोठालाको विरुद्धमा उठ्;

8 याहवेह घोषणा गर्नुहुन्छ,

9 यस एक तिहाइलाई म आगोमा हालिदिनेछु;

Ler em outra tradução

Comparar lado a lado