1 हे परमेश्वर, हामीले आफ्नै कानले सुनेका छौँ;
2 तपाईंले आफ्नै हातले जाति-जातिहरूलाई धपाइदिनुभयो,
3 तिनीहरूले आफ्नै तरवारद्वारा देश जितेका होइनन्,
4 तपाईं मेरा राजा र मेरा परमेश्वर हुनुहुन्छ;
5 तपाईंद्वारा नै हाम्रा शत्रुहरूलाई पछाडि धपाउँछौँ;
6 म आफ्नो धनुमा भरोसा गर्दिनँ,
7 तर तपाईंले हामीलाई हाम्रा शत्रुहरूमाथि विजय दिनुहुन्छ;
8 दिनभरि नै हामी आफ्ना परमेश्वरमा गर्व गर्छौँ,
9 तर अहिले तपाईंले हामीलाई त्याग्नुभएको छ, र लज्जित तुल्याउनुभएको छ;
10 तपाईंले हामीलाई शत्रुहरूको सामुबाट पछि हट्ने तुल्याउनुभएको छ;
11 तपाईंले हामीलाई भेडाहरूजस्तै अरूको आहारा हुनलाई त्यागिदिनुभएको छ;
12 तपाईंले आफ्नो प्रजाहरूलाई सस्तोमा दास हुनलाई बेचिदिनुभएको छ;
13 हाम्रा वरिपरिका मानिसहरूका बीचमा हामीलाई तिरस्कार
14 तपाईंले हामीलाई जाति-जातिहरूका बीचमा हाँसोको पात्र हुन दिनुभएको छ;
15 मेरो गिल्ला गर्ने र खिसी गर्नेहरूका बोलीहरूले,
16 मैले आफ्नो अपमान दिनभरि सहनुपर्छ,
17 यी सबै कुरा हामीमाथि परिआएका छन्;
18 हाम्रा हृदय तपाईंबाट पछाडि फर्केका छैनन्;
19 तर तपाईंले हामीलाई चकनाचुर पारेर स्यालहरू बस्ने ठाउँ बनाउनुभयो,
20 यदि हाम्रा परमेश्वरको नाम हामीले बिर्सिएका छौँ भने,
21 के परमेश्वरले त्यो कुरा जान्नुहुने थिएन र?
22 तरै पनि तपाईंको खातिर हामी दिनभरि मृत्युको सामना गर्छौँ;
23 हे प्रभु, उठ्नुहोस्! तपाईं किन सुत्नुहुन्छ?
24 किन तपाईं आफ्नो मुहार लुकाउनुहुन्छ
25 हामी धुलोसम्मै झारिएका छौँ;
26 उठ्नुहोस् र हामीलाई सहायता गर्नुहोस्;