1 याहवेहले तपाईंको सङ्कष्टको दिनमा तपाईंलाई उत्तर देऊन्;
2 उहाँको वासस्थानबाट तपाईंलाई मदत पठाऊन्,
3 उहाँले तपाईंका सारा बलिदानहरू स्मरण गरून्,
4 उहाँले तपाईंको मनको इच्छा पूरा गरून्,
5 तपाईंको विजयमा हामी आनन्दले कराउनेछौँ,
6 अब मलाई थाहा भयो:
7 कोही रथहरूमा र कोही घोडाहरूमाथि भरोसा गर्दछन्,
8 तिनीहरू निहुरेर भुइँमा घुँडा टेक्नेछन्,
9 हे याहवेह, राजालाई विजय गराउनुहोस्!